Saturday, April 25News That Matters

Author: रुपाकोट खबर

हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २५। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो संस्करणको अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको ३ नम्बर वडा च्यास्मिटारको खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक÷एक र छात्राछात्र कबड्डीमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ ल...
मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

मन्त्री र सचिवको घर छेउको विद्यालय ०२७ सालदेखि एउटै भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २५ । खोटाङको रावा बेसी गाउँपालिका–२ खार्पा हुलाकीस्थित कालिका आधारभुत विद्यलाय वि.स. २०२७ सालमा स्थापना भएदेखि अहिलेसम्म एउटै भवनमा सिमित छ । विद्यालय छेउका घरका ब्यक्तिहरु मन्त्री भए सचिव भए तर विद्यालयमा कसैको नजर गएन । विद्यालय स्थापना कालमा जन्मिएका मानिसहरु बृद्ध अवस्थामा पुगिसके । तर विद्यालयको भवनले भने अहिले पनि युवा नै हुनु परेको छ । ०२७ सालदेखि उक्त भवन भित्र बसेर विद्यार्थीहरुले आफ्नो भविष्य निर्माण गरिरहेका छन् । विद्यालय छेउका मानिसहरु नेपाल सरकारको शिक्षा मन्त्री र सचिवसम्म भएका छन् । तर विद्यालयको भवनले त्यनै ब्यक्तिहरुलाई कुरीकुरी गरिरहेको छ । नेकपा माओवादीका नेता तथा नेपाल सरकारका पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल, गृह सचिव पदम पोखरेल र सरकारका सचिव देवराज पोखरेलको घर कालिका आधारभुत विद्यालय नजिकै छ । गृह सचिव भइसक्नु भएका पोखरेलले अध्...

हिसान बागमती प्रदेशको उपाध्यक्षमा खोटाङका राजकुमार आचार्य निवार्चित

ताजा अपडेट, समाचार, समाज
खोटाङ, माघ २३ । निजि क्याम्पसहरुको छाता संगठन हिसानको बागमती प्रदेश समिति उपाध्यक्षमा खोटाङका राजकुमार आचार्य निवार्चित हुनुभएको छ । शनिबार काठमाडौँमा सम्पन्न बागमती प्रदेशको प्रथम अधिवेशनबाट आचार्य सर्वसम्मत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भइ हाल काठमाडौं बस्दै आउनु भएका आचार्य भिएस इन्टरनेस्नल क्याप्पसको प्रिन्सीपल हुनुहुन्छ । यस अघि काठमाडौं जिल्लाको कोषाध्यक्ष रहनुभएका आचार्य प्रदेश संरचना निर्माण पश्चात भएको हिसानको पहिलो अधिवेशनमा बागमती प्रदेशको उपाध्यक्ष हुनुभएको हो । २१ जनाको प्रदेश कार्यसमितिको अध्यक्षमा भवानी प्रसाद पौडेल, सचिवमा आनन्द कुमार यादव, सहसचिवमा सन्दिप श्रेष्ठ र कोषाध्यक्षमा रितल राणा निर्वाचित हुनुभएको छ ।...

खोटाङमा चरनमा छाडिएका हल गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिए

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २३ । खोटाङमा चरनमा छाडिएको हल गोरुको खुट्टा काटिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित खोटाङ र उदयपुरको सिमनामा पर्ने फोक्सीन्टारको पक्की पुल नजिक चरनमा छाडिएका गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिएका हुन् । हिउँदको समयमा उक्त स्थानका मानिसहरुले प्राय गाईबस्तु चरनका लागि खुला छाड्ने गरेका छन् । आइतबार चरनका लागि छाडिएका सुर्य माझीको हल गोरुको पछाडिको खुट्टाको विभिन्न भागमा काटिएको उदयपुर घर भइ हाल सोही ठाउँ बस्दै आउनुभएका कर्णशेर राईले जानकारी दिनुभयो । राईका अनुसार खुकुरीको प्रयोग गरेर गोरुको खुट्टामा काटिएको छ । गोरु खुट्टा काटेर हिड्न नसक्ने अवस्थामा भेटिएको उहाँको भनाइ छ । गोरुको खुट्टा काटिएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । स्थानीयले लगाएको तरकारी बाली खाएपछि गोरुको खुट्टा का...
दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका केन्द्र र बैंक टाढा हुँदा नागरिकलाई सास्ती भएको छ । करीब एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक रहदा सास्ती खेप्नु परेको नागरिकले गुनासो गरेका छन् । सामान्य कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा पुरै एक दिन लाग्ने गरेको नागरिकहरुले गुनासो गरेका हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित याङसोलाटारमा रहेको छ । पालिका भित्र रहेको एक मात्र बैंक सानिमा बैंकको कार्यालय वडा नम्बर २ स्थित ओख्रेमा छ । पैदल हिडेर पालिका कार्यालयबाट बैंकसम्म पुग्न करीब एक घण्टा लाग्छ । सवारी साधन हुनेलाई धेरै समस्या नभएपनि नहुनेले सास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोसन रोक्काले बताउनुभयो । ‘खास भन्ने हो भने यो उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ । वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंकमा गयो । कहिलेकाहीँ का...
भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

भीमकन्या प्राविको कन्त विजोग : डेढ वर्षदेखि कार्यालय सहयोगी मात्र, भवन पनि जीर्ण

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, माघ २२ । खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । २०७८ भदौ १२ गते उक्त विद्यालयमा रहनु भएका एक जना शिक्षक सरुवा भएर गएपछि विद्यालयको पुरै जिम्मा कार्यालय सहयोगी हिरा थापा मगरको काँधमा आएको हो । कक्षा १–३ सम्म सञ्चालन भइरहेको उक्त विद्यालयमा अहिले १४ जना विद्यार्थी अध्ययनरत छन् । ३ वटै कक्षाका विद्यार्थीलाई डेढ वर्षदेखि कार्यालय सहयोगी मगरले अध्यापन गराइरहनु भएको छ । विद्यालयमा अन्य शिक्षक नभएपछि विरामी हुँदासमेत विद्यालय जानु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालय बन्द गर्न मिलेन, त्यसैले विरामी हुँदा पनि जानु पर्ने समस्या छ । ओढ्ने ओछ्याउने कपडा लिएर जान्छु विद्यालय र आराम गर्दै विद्य...
प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आइतबार आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा दुई पूर्व अध्यक्षलाई सम्मान गरेको छ । चौतारीको खोटाङ शाखाका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरीबोल आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । पत्रकारिता छाडेर राजनीतिमा लाग्नु भएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित अर्का पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकको सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाल संगठनलाई जिल्लामा स्थापीत गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ । बिहान जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामीला...
बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

बिरामीलाई फलफुल दिएर मनाइयो प्रेस चौतारी खोटाङको स्थापना दिवस

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आफ्नो स्थापना दिवस जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफुल दिएर मनाएको छ । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रेस चौतारीले आइतबार २५ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत ८ जना बिरामीलाई केरा, अंगुर, स्याउ लगायतका फलफुल प्रदान गरिएको प्रेस चौतारी नेपाल खोटाङका सचिव दिवस रिजालले बताउनुभयो । फलफुल वितरणमा प्रेस चौतारीमा आवद्ध तथा अन्य संगठनमा आवद्ध पत्रकारहरु, चौतारी खोटाङका संस्थापक अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, उपप्रमुख शुरेस तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश साह, एमाले खोटाङका सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । साथै आजै दिउँसो प्रेस चौतारी नेपाल खोटाङका सस्ंथापक अध्यक्ष पौड...
ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो । पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका न...
बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेको वडा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा दाजु बहिनीले हाँकिरहेका छन् । उक्त वडाको वडाध्यक्ष हेमन राई र वडा सचिव नमी राई दाजु बहिनी हुन् । बहिनी नमी यस अघि भोजपुरको टेम्केमैयुङ गाउँपालिका कार्यरत हुँदा यता वर्तमान वडाध्यक्ष दाई हेमन वडा सदस्य थिए । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडा सदस्य जितेका राई ०७९ मा भएको स्थानीय तहको दोस्रो चुनावमा वडाध्यक्ष भए । केही समय पछि बहिनी नमी राईको सरुवा साकेला गाउँपालिकामा भयो । बाँझेच्यानडाँडा अर्थात दाई हेमन वडाध्यक्ष भएकै वडाको सचिवको जिम्मा नमीको काँधमा आयो । अहिले दाई वडाध्यक्ष र बहिनी वडा सचिव भएर वडा कार्यालय हाँकिरहेका छन् । ३ छोरा र ४ छोरी रहेको परिवारमा वडाध्यक्ष हेमन जेठा छोरा हुन् । वडा सचिवकोरुपमा कार्यरत नमी माइली छोरी हुन् । ठुला छैनन् सपना तर महत्वपुर्ण छन् सदस्यबाट वडाध्यक्षमा अपग्रेड भएका राई ठुला सपना न...