चखेवा भञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्न माग गर्दै स्थानीयको ज्ञापनपत्र
खोटाङ, पुस १७ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड् स्थानीयले माग गरेका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम गर्ने छाँट्काट नदेखाएकाले तत्काल ठेक्का तोड्न माग गर्दै ३०३ जना स्थानीयले हस्ताक्षर गरेर आइतबार प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइँमार्फत मध्य पहाडी लोकमार्ग पूर्वी खण्ड कार्यालय धुलिखेलका आयोजना प्रमुखलाई ज्ञापन पत्र पठाएका हुन् ।
भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्...







