खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले
खोटाङ, कात्तिक १९ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनकालागि खोटाङमा चुनावीसभा सुरु भएको छ । लोकतान्त्रीक बाम गठबन्धनले शुक्रबारबाट सभा सुरु गरेको छ । नेकपा एमालेले आइतबारबाट सभा सुरु गर्दैछ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने घरदैलोमा व्यस्त छन् ।
सिट भागबन्डामा असन्तुष्टि जनाउदै खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार उठाएको छ । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेद्वार उठाएका कांग्रेसका नेताहरु वर्तमान अवस्थामा गठबन्धनमा खुल्न थालेका छन् । मनोनयन दर्ताको समयमा पुर्व मन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेलले प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिनुभयो थियो । तर सर्वधन र सुबासले उम्मेद्वारी फिर्ता लिनुभयो भने धर्मराजको उम्मेद्वारी कायम छ । सुरुवाती चरणमा धर्मराज जिताउनु पर्छ भन्दै होमिएका ने...







