राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने
खोटाङ, कात्तिक १ । यहि कात्तिक ७ गते हलेसी मन्दिरको प्रांगणमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा स्थानीय कलाकारसँगै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल खोटाङका राजेश राईको विशेष प्रस्तुति रहनेछ ।
इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताऔँ अभियान अन्तरगत हलेसीमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईल...







