प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक हुन्छ : माओवादी संयोजक पाण्डे
खोटाङ, असोज २३ । माओवादी केन्द्र खोटाङ जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डेले प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक भएर जाने बताएका छन् । नेपाली कांग्रेसले छुट्टै स्वातन्त्र उम्मेद्वार दर्ता गराएपनि २६ गते भित्रमा फिर्ता लिनेगरी छलफल भइरहेको पाण्डेले बताएका हुन् ।
पाण्डेले भने, ‘हाम्रो दुश्मन भनेको एउटै हो, त्यसैले हामीले एक भएर हिड्नुको बिकल्प छैन् । सिटको भागबन्डा माथीबाटै भएको हो, गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वार दिएपनि हामी छलफल गरिरहेका छौँ । हाम्रो छलफल ७५ प्रतिशित सकारात्मक भएको छ, बाकी रहेका असन्तुष्टहरु चाडै समाधान हुनेछ, उम्मेद्वारी फिर्ता हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ एउटै आवाज लिएर एउटै मञ्चबाट जनताको घरमा गठबन्धन पुग्ने संयोजक पाण्डेको भनाइ छ ।
सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, ...









