Friday, April 24News That Matters

Author: रुपाकोट खबर

११ दिन पछि खुल्यो वडाकार्यालय

११ दिन पछि खुल्यो वडाकार्यालय

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय ११ दिन पछि खुलेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले भदौ २५ गते शुक्रबार अनिश्चितकालकालागि काम रोक्दै वडा कार्यालयमा ताला लगाएका थिए । लामो समय बन्द रहेको वडा कार्यालय नगरपालिका र वडाका जनप्रतिनिधि बिच सहमति भएपछि मंगलबारबाट खुलेको छ । विभिन्न मागसहित भदौ २५ मा वडा कार्यालय बन्द गरिएपनि नगरले कुनै वास्ता नगरेहको भन्दै भदौ ३१ गते वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई वडाको चाबी बुझाउनु भएको थियो । मंगलबार नगरपालिकाको कार्यालयमा नगर प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विसन राई र वडाका पाँचै जना जनप्रतिनिधि बिच भएको छलफल पश्चात वडाध्यक्ष चौहानलाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले चाबी बुझाउनु भएको छ । चाबी बुझेसँगै...
दिक्तेल नगरको अभियान : डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्दै

दिक्तेल नगरको अभियान : डेंगुबाट बच्न लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्दै

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालसमेतको सहकार्यमा स्वास्थ्य शाखाले मंगलबार दिक्तेल बजारमा लार्भा खोज्दै नष्ट गर्ने कार्य गरेको छ । नगर प्रमुख तिर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डाक्टर नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाइ लगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा बजार भित्र लार्भा खोज्दै नष्ट गर्ने र डेंगुबाट बच्ने चेतना नागरिकलाई दिदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो । ‘दिक्तेल बजारका हरेक घरमा पुगेर आज हामीले डेंगुका लार्भा खोज्दै नष्ट गर्ने काम गर्यौ । साथै डेंगुबाट कसरी बच्न सकिन्छ भनेर नगरिकहरुलाई भन्यौँ । बिशेषगरी पानी जम्न नदिन भन्यौँ ।’ आचार्याले भन्नुभयो...
गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ४ । खोटाङमा जन्मनुभएकी गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्दा गायिका राईको नाम पनि समावेश भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । विभूषित हुने व्यक्तित्वमा गायिका राईसहित अन्य कलाकारहरुसमेत छन् । राष्ट्रपतिबाट विभूषण हुनुभएकी गायिका राई खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पा लेवामा जन्मनुभएको हो । इन्टरनेटैमा, आइडिकार्डैले, तिमि मसँग नबोल्ने अरे, खोटाङ हलेसी, ढडिया थापिदेउ साईला लगायतका गीतहरु गयिका राईको चर्चित छन् । विभूषित हुने कला...
संविधान दिवसको अवसरमा खोटाङका ५ जना कैदी–बन्दी रिहा

संविधान दिवसको अवसरमा खोटाङका ५ जना कैदी–बन्दी रिहा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ३ । संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट ५ कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा ५ पुरुषको कैद मिनाहा भएको निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुुभयो । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका भक्तबहादुर राई र रत्नबहादुर थापा रहेका छन् । यस्तै, ज्यान मार्ने उद्योगका धनबहादुर राई, हातहतिया मुद्दाका मनकाजी राई र सवारी ज्यान मुुद्दाका भविन बस्नेत रहेका आचार्यले बताउनुभयो । संविधान दिवसको अवसरमा खोटाङका ५ सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा र २१ जनाको सजाय माफी गर्नुभएको हो ।...
विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिदै

विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिदै

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २ । विद्युत महसुल नबुझाउने खोटाङका ग्राहकको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले सूचना जारी गर्दै महसुल नतिर्ने ग्राहकको लाइन असोज ४ देखि ७ गतेसम्म धमाधम काटिने जनाएको छ । ‘नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन विनियमावलीमा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत महसुल नबुझाएमा विना सूचना जुनसुकै समयमा लाइन काटिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम समयमै महसुल नबुझाउने ग्राहकको लाइन धमाधम काटिने छ ।’ सूचनामा लेखिएको छ । मिटर रिडिङ भएको ७ दिन भित्र महसुल बुझाउनेलाई २ प्रतिशत छुट समेत रहेको प्राधिकरणले जनाएको छ । महसुल अनलाइनबाट पनि बुझाउन मिल्ने व्यवस्था नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले गरेको छ ।...
तीन वर्षमा खोटाङका १८३ जनाले आत्महत्या गरे, कसरी रोक्न सकिन्छ आत्महत्या ?

तीन वर्षमा खोटाङका १८३ जनाले आत्महत्या गरे, कसरी रोक्न सकिन्छ आत्महत्या ?

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २ । तीन वर्ष भित्रमा खोटाङमा १ सय ८३ जनाले आत्महत्या गरेका छन् । आर्थीक वर्ष २०७६/७७ देखि ०७८/७९ भित्रमा जिल्लाका १ सय ८३ जनाले विभिन्न कारणले आत्महत्या गरेर ज्यान गुमाएका छन् । चालु आर्थीक वर्ष ०७९/८० को दुई महिनामै ९ जनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम बालक रायले आत्महत्या सम्बन्धी तथ्याङक प्रस्तुत गर्दै जिल्लाको तीन वर्षको अवस्था बताउनुभएको हो । रायका अनुसार तीन वर्षमा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र आत्महत्या भएको छ । यस नगरपालिकामा ४१ जनाले आत्महत्या गर्दा सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा ८ जनाले आत्महत्या गरेका छन् । जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकामा ११/११ जनाले आत्महत्या गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २३, दिप...
लट्टेबारीका स्थानीयले गरे करीब ६ किलोमिट गोरेटो बाटो सरसफाइ

लट्टेबारीका स्थानीयले गरे करीब ६ किलोमिट गोरेटो बाटो सरसफाइ

Banner News 1, ताजा अपडेट, समाचार, समाज
ओखलढुंगा, असोज १ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ का स्थानीयले करीब ६ किलोमिटर गोरेटो बाटो सरसफाइ गरेका छन् । लट्टेबारी विकास युवा क्लब र लट्टेबारी आमा समुहको अगुवाइमा गोरेटो बाटो सरसफाइ तथा पुनर्निर्माण गरिएको बताइएको छ । पछिल्लो समय गाउँ घरमा सडकबाटो विस्तार भएसँगै गोरेटो बाटाहरु प्रयोगमा आउन छाडेका छन् । कतिपय बाटाहरु झाडीमा परिणतसमेत भइसकेका छन् । गोरेटो बाटोको अस्तित्व जोगाउन र गाउँघरको सुन्दरता थप्न सरसफाइ गरिएको क्लबका अध्यक्ष गोबिन्द कुमार खत्री (राहुल)को भनाइ छ । लागातार ४ शनिबार करीब २५ जनाको उपस्थितिमा खिजिदेम्बा गाउँपालिका–६ लट्टेबारी देखि चम्पादेवि गाउँपालिका–९ भोटेचौरसम्मको करीब ६ किलोमिटर बाटो सरसफाइ तथा पुनर्निर्माण गरिएको खत्रीले बताउनुभयो ।...
देगेलिङ गुम्बा पुर्ननिर्माणका लागि हङकङमा चार लाख आर्थीक संकलन

देगेलिङ गुम्बा पुर्ननिर्माणका लागि हङकङमा चार लाख आर्थीक संकलन

ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
ओखलढुंगा, असोज २ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ चुप्लुभञ्ज्याङस्थित देगेलिङ गुम्बा पुनर्निर्माणकालागि हङकङमा ४ लाख आर्थीक संकलन भएको छ । युवा समाजसेवी छिरिङ शेर्पाको नेतृत्वमा भइरहेको आर्थीक संकलनमा अहिलेसम्म ४ लाख संकलन भएको र अझै संकलन कार्य जारी रहेको शेर्पाले बताउनुभयो । हाल हङकङमा बस्दै आउनु भएको शेर्पाको घर गुम्बा नजिर्क रहेको छ । हालसम्म गुम्बा पुनर्निर्माणका लागि विभिन्न व्यक्तिबाट ४५ लाख बढी सहयोग संकलन भएको आर्थीक संकलन समितिले जनाएको छ । २०७२ सालको भूकम्पबाट ध्वस्त भएको गुम्बाको भित्रको सामाग्रीको संरक्षण तथा पुनर्निर्माणलागि कुनैपनि निकायले चासो नदेखाएपछि स्थानीयले आर्थीक सहयोग अभियान सञ्चालन गरेको बताइएको छ । आर्थीक संकलन पश्चात गुम्बा पुनर्निर्माणको कार्य आगामि मङ्सिरबाट सुरु गरिने अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । गुम्बा पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ भन्दा माथि ...
समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबलाई

समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबलाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १ । खोटाङको दिक्तेलमा सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबले जीतेको छ । शनिबार सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधिसँगै बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानकालागि शुक्रबार भएको खेलमा हलेसीले युवा जागरण क्लबलाई २–१ गोल अन्तरले पराजीत गरेको थियो । खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा खोटाङका ५३ वटा विद्यालय छनोट : कुन–कुन परे हेर्नुहोस्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा खोटाङका ५३ वटा विद्यालय छनोट : कुन–कुन परे हेर्नुहोस्

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलायको भदौ २९ गते बुधबारको निर्णय अनुसार मन्त्री स्तरबाट छनोट भएका विद्यालय मध्ये जिल्लाका ५३ विद्यालय परेका छन् । ऐसेलुखर्क गाउँपालिकाका ६ वटा विद्यालय छनोट भएका छन् । २ वटा ४ कोठे भवन, २ वटा २ कोठे भवन र २ वटा आइसिटिकोलागि छनोट भएका हुन् । रावा बेसी गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा ४ कोठे १, २ कोठे ३ र आइसिटि २ गरी ६ वटा विद्यालय परेका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा भवन परेका छन् । जन्तेढुंगा गाउँपालिकामा ४ कोठे १, २ कोठे १ र आइसिटि २ गरी ४ वटा भवन छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा ४ कोठे १, २ कोठे २ र आइसिटि ३ गरी ६ वटा विद्यालय छनोट हुँदा केपि...