कर्मचारी बिरामी हुँदा जिल्ला अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउन बन्द
खोटाङ, भदौ २६ । जिल्ला अस्पताल दिक्तेलमा शल्यक्रियामार्फत डेलिभरी गराउने सेवा बन्द भएको छ । कर्मचारी बिरामी भएर विदामा बसेकाले शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार अनिश्चित समयकाकालागि बन्द गरिएको अस्पतालले सूचना प्रकाशान गरेर जनाएको छ ।
कार्यालयमा कार्यरत एनेस्थेसिया (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई विदामा बसेको कारणले उक्त सेवा नै बन्द भएको अस्पतालको सूचनामा उल्लेख छ । जिल्ला अस्पतालमा डेलिभरीका बिरामीहरु दैनिकजसो आउने गरेका छन् । कतिपय गर्भवती महिलाहरुमा विभिन्न समस्याले डेलिभरि गर्दा शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपनि उपचार सेवा नै बन्द हुँदा नागरिक मारमा पर्ने देखिन्छ ।
अस्पतालमा एनेस्थेसियाका कर्मचारी एक जना मात्र हुँदा समस्या भएको प्रमुख डक्टर नितु लामाले बताउनुभयो । ‘कर्मचारी एक जना मात्र हुनुहुन्छ, उहाँ बिरामी हुँदा करीब २० दिनदेखि एनेस्थेसियाका कर्म...








