‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन
खोटाङ, भदौ १० । नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम खोटाङमा आजबाट औपचारिकरुपमा सुरु भएको छ । कांग्रेसको जिल्ला कार्य समिति खोटाङले पार्टी कार्यालयमा बैठक राखेर कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।
पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम लिएर केन्द्रिय प्रतिनिधिहरु प्रत्येक जिल्लामा पुगेका छन् । खोटाङमा केन्द्रबाट प्रतिनिधिकोरुपमा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री तारामान गुरुङ आउनुभएको छ । प्रदेशबाट प्रदेश सभा ‘क’ मा कमला गुरुङ र प्रदेश सभा ‘ख’ मा सबिता राई आउनुभएको छ ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको जिल्ला प्रतिनिधि एवं केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । स्थानीय तह निर्वाचनमा कांग्रेस देशमा पहिलो पार्टी बने जस्तै मंसिर ४ गते देशैभर एकैसाथ हुने प्र...









