हलेसी तुवाचुङ : नयाँ आर्थीक वर्षको बजेट पारित, बेसहारा बालबालिका संरक्षण देखि भत्ता वडामा वितरण गर्ने सम्मका कार्यक्रम
खोटाङ, असार ९ । हलेसी तुवाचुङ नगरपालिकाले आगामि आर्थीक वर्ष २०७९/८० का लागि ६४ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । आज सम्पन्न नगरपालिकाको ११ औँ नगरसभामा उप–प्रमुख रमेश कुमार राउतले पेस गर्नुभएको आगामि अर्थाीक वर्षको बजेट बहुमतले पारित भएको हो ।
नगरपालिकाले नयाँ आर्थीक वर्षकालागि बजेट पारितसँगै उत्कृष्ट युवा व्यावसायि, उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको छ । नगरपालिकाले नयाँ बजेटमा पुराना अधुरा कार्यक्रम र लोकपृय बनेका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । आज सम्पन्न नगर सभाले नगरपालिकाको विनियोजन ऐन–२०७९ र आर्थिाक ऐन– २०७९ पनि बहुमतले पारित गरेको छ । केही नयाँ कार्यक्रम समेत ल्याएको छ । नगरपालिकाले ल्याएका केही कार्यक्रमहरुलाई यहाँ उल्लेख गरिएको छ ।
कृषि तथा पशुपालन
अगार्निक व्यावसायिक कृषि प्रणालीमा जोड दिदै जैविक कृषि उत्पादन र पशुपन्छी जन्य उत्पादन बढाइ व्यावसायिक र औद्यो...









