Tuesday, April 21News That Matters

Author: रुपाकोट खबर

खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

खोटाङमा कांङग्रेसले खोल्यो खाता : याम्खामा केशव खत्रीको प्यानल विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङमा नेपाली काङग्रेसले खाता खोलेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा–१ याम्खामा कांङग्रेसका उम्मेद्वार विजयी भएसँगै खाता खोलेको हो । याम्खामा कांङग्रेसका केशव खत्रीले ३९२ मत प्राप्त गरेर प्यानलसहित विजयी हुनुभएको छ । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गर्नुभएको छ । तीन राजनीतिक दलको कडा प्रतिस्पर्धा भएको याम्खामा कांङग्रेसका खत्रीले माओवादीका राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको छ । यस्तै एमाले र माओवादीले पनि जिल्लामा खाता खोलिसकेका छन् । जन्तेढुंगा गाउँपालिका–१ मा माओवादी र बराहपोखरी गाउँपालिका– ५ मा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन् ।...
बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

बराहपोखरी–५ पौवासेरामा एमालेका फौदराज राई पुनः वडाध्यक्षमा विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख ३१ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा एमालेका फौदराज राई विजयी हुनुभएको छ । राईले ४६४ मत प्राप्त गरेर विजयी हुनुभएका हो । राई २०७४ सालमा भएको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेसका देबेन्द्र राईले ३०७, एकीकृत समाजवादीका हरीबहादुर मगरले १२२ र माओवादीका धुर्बजीत राईले ५५ मत पाउनु भएको छ । वडा सदस्यामा एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने अन्य एमालेबाटै हुनुहुन्छ । गाउँपालिका अध्यक्ष र उपाध्याक्षमा चार दलीय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेद्वारले अग्रता कायमै राखेका छन् ।...
जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

जन्तेढुंगा गाउँपालिका–१ : गठबन्धनबाट माओवादीका केदारमान विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, ३१ बैसाख । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा गठबन्धनले जीत हात पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी गरी चार दलीय गठबन्धनबाट उठ्नु भएका माओवादी केन्द्रका केदारमान राई विजयी हुनु भएको छ । उहाँले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । एमालेका बलराम राईले ४५१ मत प्राप्त गर्नुभएको छ । एमालेका बलरामलाई ९ मतले हराएर गठबन्धनका राई केदारमान निर्वाचित हुनुभएको हो । वडा सदस्यमा एमालेबाट १ जना र अन्य गठबन्धनबाटै निर्वाचित हुनुभएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार अगाडि छन् ।...
रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

रावाबेसीमा २ सय मत गणना हुँदा गठबन्धन अगाडि

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, वैशाख ३१ । खोटाङको रावाबेसी गाउँपालिकामा राती १ः३० बजेबाट मत गणनाा सुरु भएको छ । वडा नम्बर १ कुभिण्डे बाट सुरु गरिको मत गणनामा हाल सम्म २ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृत लाल बहादुर कार्कीले जानकारी दिनुभयो । सुरुवाती प्ररम्भिक परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन अगाडि रहेको छ । गठबन्धनबाट अध्यक्षका उम्मेद्वार फट्टिक कुमार श्रेष्ठले ९७ मत ल्याउदै अग्रता लिनुभएको छ भने एमालेबाट अध्यक्षका उम्मेद्वार हरी पोखरेलले ६८ र जसपाकाका मोहन गुरुङले १० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका लिलानारायण श्रेष्ठले ९५ मत पाउदा एमालेका उपाध्यक्षका उम्मेद्वार गुरुङले ७० मत पाउनु भएको छ । वडामा कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेद्वारले ८५, एमालेका उम्मेद्वारले ५१, माआवादीका उम्मेद्वारले ५५ र जसपाका उम्मेद्वार २ मत प्राप्त गरेका छन् ।...
खोटाङमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक

खोटाङमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २७ । खोटाङमा मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक लगाइएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नका लागि मंगलबारबाट मादक पदार्थ विक्री वितरण र सेवन गर्न रोक लगाइएको हो । विक्री वितरण र सेवनसँगै ओसारपसारमा पनि रोक लाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले सोमबार सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्था अनुसार २७ वैशाख राती ११ः५९ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्य नगर्नु÷नगराउनु आग्रह गर्नुभएको हो । मतदान हुने दिन ३० बैशाख बिहान ४ बजेदेखि सोही दिन राती १० बजेसम्म जिल्लाभित्र सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विधुत सेवा, अस्...
रावाबेँसीमा एमालेको प्रतिबद्धता – एक वडा : एक उत्पादन, आधारभूत शिक्षा अंग्रेजी माध्यममा

रावाबेँसीमा एमालेको प्रतिबद्धता – एक वडा : एक उत्पादन, आधारभूत शिक्षा अंग्रेजी माध्यममा

राजनीति
खोटाङ, वैशाख २५ । संघीयता कार्यान्यवनपछिको दोस्रो स्थानीय तहको निर्वाचन, २०७९ यही वैशाख ३० गते हुँदैछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरू आफ्ना घोषणा र प्रतिबद्धता लिएर नागरिकका घरआँगन पुगिरहेका छन् । खोटाङको रावाबेँसी गाउँपालिकामा हरि पोख्रेल नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार छन् । ४२ वर्ष कम्युनिस्ट पार्टीमा जीवन बिताएका पोखेरल आफू निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने पारिश्रमिक नलिने घोषणासहित चुनावी मैदानमा छन् । यी हुन् हरि पोख्रेलका प्रतिबद्धता : –पालिका अध्यक्षमा विजय भइसकेपछि सरकारबाट प्राप्त पारिश्रमिक गरिब तथा विपन्न परिवारको शिक्षामा कोष स्थापना गरी जनताको कर जनताको पक्षमा लगानी गर्ने –पालिकाको केन्द्र हरमटारलाई व्यवस्थित बजारीकरण गरी नमुना गाउँपालिका केन्द्र बनाउने –युवा स्वरोजार कोष स्थापना गरी युवालाई कृषि तथा पशुपालनसँग जोड्ने र कृषकले उत्पादन गरेका उपभोग्य वस्तुको ब...
विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, वैशाख २४ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएमा विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने र युवालाई रोजगार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले १२ बुधे आफ्नो प्रतिबद्धता जारी गर्दै यस्तो बताएको हो । जेष्ठ नागरिकसँगै एकल महिला/पुरुष र शारीरिक अशक्तको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै कपासको इतिहास बोकेको यस नगरपालिकामा पुनः कपास खेतीलाई पहिलो प्रथामिकतामा राख्दै उत्पादनमुखी कृषीमा जोड दिने, चिस्यान केन्द्र, र संकलन केन्द्र स्थापना गरेर बजारिकरणको सुनिश्चितता पनि नगरपालिकाले गर्ने पत्रमा उल्लेख छ । नगरपालिकामा यस अघिनै सुरु गरेर लोकपृय भएको कार्यक्रम महिला कृषी सहकारी र बालिका बचत कार्यक्रमलाई थप बृहत बनाउने, प्राविधिक÷प्रयोगात्मक शिक्षामा जोड दिने, पर्यटनलाई कृषिसँग जोडेर काम गर्ने, नग...
खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, वैशाख २४ । खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् । आकांक्षा देखाएका तर पार्टीबाट टिकट नपाएकाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गरेका छन् । जिल्लाको जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा यथास्थानका लागि, वराहपोखरी र केपिलासगढी गाउँपालिकामा प्रमुखमा मात्र यथास्थानका लागि, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकामा उपप्रमुखमा मात्र यथास्थानका लागि, खोटेहाङ गाउँपालिका, वराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उ...
हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

हलेसी मन्दिरको भेटी १९ दिनमा ११ लाख २६ हजार

Banner News 3, अर्थ, धर्म संस्कृति
खोटाङ, २४ वैशाख । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको पवित्र सङ्गमस्थल हलेसी मन्दिरबाट १९ दिनमा ११ लाख बढी भेटी सङ्कलन भएको छ । २०७९ वैशाख १ गतेदेखि १९ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकले ११ लाख २६ हजार ९६ रुपैयाँ भेटी चढाएका हुन् । हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईकाअनुसार हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ७ लाख ७३ हजार ५ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६९ हजार ६ सय, रुद्री, पुराण, लाखबत्ती र अन्य सहयोगबाट २ लाख ८२ हजार ९ सय ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । भेटीबापतको आम्दानीबाट विद्युत, पानी, रुद्री, पुराण, लाखबत्तीको रसिद कटाएबापतको खर्च, दूध, दही, खाजा, भेटी गणना, अतिथि सत्कार र अन्य गरी १ लाख ४० हजार ६ सय ३४ रुपैयाँ खर्च गरिएको छ । खर्च कटाएर बाँकी रहेको रकम ९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ माछापुच्छ्रे बैङ्क, हलेसी शाखामा...
ऐसेलुखर्कमा गठबन्धनको प्रतिबद्धता : गाउँ गाउँमा फ्रि वाइफाइ ( अरु के–के गर्नेछन् हेर्नुहोस पुर्णपाठ)

ऐसेलुखर्कमा गठबन्धनको प्रतिबद्धता : गाउँ गाउँमा फ्रि वाइफाइ ( अरु के–के गर्नेछन् हेर्नुहोस पुर्णपाठ)

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख २१ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनले गाउँ गाउँमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेद्वार विजयी भएमा गाउँपालिकाका हरेक गाउँमा फ्रि वाइफाइको व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै बृद्ध, बालाबलिका, विद्यार्थी र फरक क्षमता भएका ब्यक्तिलाई यातायात शुल्कमा ३० प्रतिशत छुट मिलाइने गठबन्धनले जनाएको छ । माध्यामिक तहमा आबस्यकता अनुसार प्राबिधिक धार अन्तरगत कृषि तथा भेटनरी, सिभिल ईन्जिनियरिङ वा अन्य प्राबिधिक शिक्षा संचालन गर्ने, गाँउपालिकाको प्रशासनिक भबनको बिवादलाई समाधान गरी गुणस्तरिय मापदण्ड अनुसारको भवन यथाशिघ्र निर्माण सम्पन्न गर्ने, बाकी वडाका कार्यलय भवनहरु निर्माण गर्ने, ऐशेलुखर्क अस्पताललाई उच्चतम प्रबिधिमैत्री प्रबिधिक श्रोतसाधन, दक्ष स्वास्थ्यकर्मी सहित नियमित स्वास्थ्य सेवा संचालन गर्ने, प्रत्येक युवालाई खेलकुद प्रशिक्ष...