‘सरकारी सुविधा लिन्न, वराहपोखरी–१ लाई नमुना वडा बनाउँछु’
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका, वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट ढकबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ । लामो समय शिक्षण पेशामा आबद्ध कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनबाट राजनीतिमा आउनुभएको हो । साविकको वडा नं. ५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएका कार्कीसँग २७ वर्ष लामो समय शिक्षण पेशाको अनुभव छ । गत निर्वाचनमा नेकपा एमालेका टंककुमार मगरसँग वडाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएका कार्की सरकारी सुविधा नलिने घोषणासहित यसपटक फेरि वडाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ । उनै कार्कीसँग रुपकोटखबरका पवन खड्काले गरेको कुराकानी :
वडाध्यक्षमा तपाइँको उम्मेदवारी किन ?
संक्षिप्तमा भन्ने हो भने सेवा क्षेत्र भनिएको राजनीतिलाई कमाइ गरी खाने भाँडो बनाइँदै लग...









