Saturday, April 18News That Matters

Author: रुपाकोट खबर

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज
२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनु भएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा हेलिकप्टर मार्फत लगिएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।...
खोटाङमा गोरुले हान्दा गम्भीर घाइते राईको मृत्यु

खोटाङमा गोरुले हान्दा गम्भीर घाइते राईको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २६ । खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिनुभयो । गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको थियो । राईले मलका लागि आफन्तबाट ल्याएर उक्त गोरु पाल्न थालेको केही दिन मात्र भएको बताइएको छ । उनलाई बुधबार बिहान गोरुले हानेको थियो । गम्भीर घाइते भएका उनको फेमिली केयर अस्पताल दिक्तेलमा उपचार हुँदै गर्दा गएराति निधन भएको ढकालको भनाइ छ । मृतक राई शारीरिक रुपमा अपांग समेत रहेका थिए ।...
हलेसी तुवाचुङका बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक देखाइने

हलेसी तुवाचुङका बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक देखाइने

ताजा अपडेट, मनोरञ्जन, स्थानीय
खोटाङ, फागुन २५ । हलेसी तुवाचुङ नगरपालिकाका बिभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटक देखाइने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोग तथा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक फागुन २६ गते बिहिबारबाट बिभिन्न ठाउँमा देखाइने भएको हो । लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने असर, घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असरसँगै समाजमा पर्ने असर सम्बन्धि चेतना सडक नाटकमा देखाइने आयोजकले जनाएको छ । २६ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय अर्खौलेमा बिहान १० बजे र सोही दिन दिउँसो २ बजे दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा नाटक प्रस्तुत हुनेछ । यस्तै २७ गते शुक्रबार बिहान १० बजे च्यास्मिटार मावि च्यास्मिटारमा  र दिउँसो २ बजे महेन्द्रद्धोय मावि हलेसीमा प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ । सडक नाटकमा पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाट...
खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २५ । खोटाङमा ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई ३२ किलो ४ सय ८५ ग्राम गाँजासहित पक्राउ परेका हुन् । सोमबार दिउँसो १ बजे लागुऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बतासेघाटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बतासेघाट नजिक रहेको सुइटेखोला बगर किनारमा निलो प्लाष्टिकको त्रिपाल ओछ्याई सो त्रिपालमाथि बोराका पोकाहरू राखेर बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिनुभयो । उनीहरूविरुद्ध पक्राउ परेकै दिन ...
वराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण

वराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २५ । खोटाङको वराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण गरेको छ । गाउँपालिकाभरिका करिब २६ सय किसानलाई उन्नत जातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिनुभयो । लेकाली क्षेत्रका किसानलाई मनकामना–३ र बेँसी क्षेत्रका किसानलाई बायोसिड हाइब्रिड जातको मकैको ४५ सय केजी बिउ वितरण गरिएको हो । खेती गर्ने जमिनको परिमाण हेरेर बढी खेती गर्नेलाई २ केजी र कम खेती गर्नेलाई १ केजीका दरले बिउ वितरण गरिएको रेग्मीले बताउनुभयो । बिउ वितरण कार्यमा संघीय सरकारको सशर्त अनुदान र गाउँपालिका आफैँले छुट्याएको बजेट गरी ११ लाख रकम खर्च गरिएको छ । रेग्मीका अनुसार गाउँपालिकाको वडा नं. १ वराहपोखरीका केही किस...
खोटाङका स्थानीय तहका लागि संघबाट विनियोजित ७३ प्रतिशत बजेट निकासा

खोटाङका स्थानीय तहका लागि संघबाट विनियोजित ७३ प्रतिशत बजेट निकासा

Banner News 3, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङका स्थानीय तहका लागि संघीय सरकारबाट विनियोजित बजेटमध्ये ७३.७६ प्रतिशत निकासा भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले जिल्लाका दश स्थानीय तहका लागि ३ अर्ब ६१ करोड ४८ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । त्यसमध्ये तेस्रो त्रैमास (साउनदेखि फागुन) सम्म २ अर्ब ६६ करोड ६४ लाख ९९ हजार ३ सय ७५ रुपैयाँ निकासा भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले जनाएको छ । संघीय सरकारबाट विनियोजित समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानबापतको कुल बजेट मध्येबाट ७३.७६ प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको कार्यालयका सह–लेखापाल उत्तम आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार यस अवधिमा प्रतिशत र बजेट दुवैको आधारमा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ७५.०५ प्रतिशत अर्थात् कुल बजेट ६६ करोड २२ लाख ४८ हजारमध्ये ४९ करोड ७० ल...
रावा बेसीका महिला जनप्रतिनिधिलाई भाषण कला तालिम

रावा बेसीका महिला जनप्रतिनिधिलाई भाषण कला तालिम

Banner News 3, ताजा अपडेट, स्थानीय
युवराज भट्टराई खोटाङ, फागुन २३ । रावा बेसी गाउँपालिकाले महिला जनप्रतिनिधिलाई भाषण कला तालिम प्रदान गरेको छ । गाउँपालिकाको कार्यालय हरमटारमा प्रदान गरिएको महिला जनप्रतिनिधिका लागि ७ दिने भाषण कला सम्बन्धि तालिम तथा अभ्यास कार्यक्रम आज सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा रावाबेसी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण घनश्याम ढकालले गर्नु भएको हो । कार्यक्रममा समय र स्थान अनुसार भाषण कसरी गर्न सकिन्छ लगायतका विषयको सहजिकरण भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले व्यत्तिगत क्षमता अभिवृद्धिका लागि सबै वर्ग समुदायका मानिसलाई सोही किसिमको तालिम प्रदान गर्दै आएको र आगामी दिनमा पनि प्रदान गर्ने बताउनुभयो ।...
कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, हलेसी तुवाचुङ दोस्रो

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, हलेसी तुवाचुङ दोस्रो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन २२ । खोटाङका स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा सर्वाधिक ७५.१८ अंक ल्याएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ६३.०७ अंक ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ । यस्तै ६२.२० अंकसहित वराहपोखरी तेस्रो, ५८.३८ अंकसहित खोटेहाङ चौथो, ५७.०२ अंकसहित साकेला पाँचौँ, ५६.३६ अंकसहित रावाबेँसी छैटौँ, ५१.३४ अंकसहित जन्तेढुंगा सातौँ, ५१.२७ अंकसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अंकसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अंकसहित केपिलासगढी गाउँपालिका दशौँ स्थानमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक फागुन १८ ...
खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

Banner News 1, ताजा अपडेट, समाचार
खोटाङ, फागुुन १९ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावलीमा भएको त्रुटि सच्याउने प्रयोजनका लागि निवेदन माग गरेको छ । मतदाता नामावलीमा नाम दर्ता भई विवरणमा त्रुटि भएका मतदाताले निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन निवेदन आह्वान गरिएको हो । नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन फागुन २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिने कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली फागुन २० गते सम्बन्धित पालिकाको वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिनेछ । त्रुटि सच्याउन निवेदन दिँदा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर वा जिल्ला निर्वाचनको इमेल deodikt...
सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

अर्थ, ताजा अपडेट, समाज
खोटाङ, फागुन १९ । हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारस्थित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडका सस्यहरूलाई पशुपालन व्यवस्थापन तथा उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । सहकारीको आयोजना र साना किसान लघुवित्त वित्तयि संस्था लिमिटेड, सुनसरीको आर्थिक सहयोगमा सहकारीका ५० जना सदस्यहरूलाई दुई दिने तालिम दिइएको हो । बुधबार र बिहिबार सञ्चालन भएको तालिमका सहभागीहरूलाई व्यावसायिक पशुपालन गर्दा ध्यान दिनुपर्ने कुरा, पशुहरूमा लाग्ने रोग र त्यसको उपचारलगायत विषयमा जानकारी प्रदान गरिएको सहकारीका प्रबन्धक खम्बराज कार्कीले जानकारी दिनुभयो ।  ...