Tuesday, June 23News That Matters

Author: रुपाकोट खबर

सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

अर्थ, ताजा अपडेट, समाज
खोटाङ, फागुन १९ । हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारस्थित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडका सस्यहरूलाई पशुपालन व्यवस्थापन तथा उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । सहकारीको आयोजना र साना किसान लघुवित्त वित्तयि संस्था लिमिटेड, सुनसरीको आर्थिक सहयोगमा सहकारीका ५० जना सदस्यहरूलाई दुई दिने तालिम दिइएको हो । बुधबार र बिहिबार सञ्चालन भएको तालिमका सहभागीहरूलाई व्यावसायिक पशुपालन गर्दा ध्यान दिनुपर्ने कुरा, पशुहरूमा लाग्ने रोग र त्यसको उपचारलगायत विषयमा जानकारी प्रदान गरिएको सहकारीका प्रबन्धक खम्बराज कार्कीले जानकारी दिनुभयो ।  ...
हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम प्रदान गर्न थालेको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप’ भन्ने नारासहित बिहिबारदेखि तीन दिने मेलमिलापकर्ता पुनर्ताजगी तालिम सुरु भएको हो । नगरपालिकाको आयोजना र मेडिएसन नेपालको सहजीकरणमा शुक्रबार र आइतबारसमेत सञ्चालन हुने तालिमको नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक विमला राईले उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा उत्पन्न हुने सानातिना विवाद निरुपणमा मेलमिलापकर्ताको सहजताका लागि तालिमको आयोजना गरिएको नगरपालिकाको प्रशासन शाखाका कम्प्युटर अपरेटर सयन्द्र राईले जानकारी दिनुभयो । वडाहरूमा स्थापना गरिएका मेलमिलाप केन्द्रमा आउने उजुरी सकभर त्यहीँबाट समझदारी गराई निरुपण गर्न मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिम महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । तालिममा नगरपालिकाको ११ वटै वडाका मे...
धितुङका २८ जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान

धितुङका २८ जना जेष्ठ नागरिकलाई कांग्रेसले गर्यो सम्मान

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, फागुन १९ । नेपाली कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रममो आयोजना गरेर धितुङका २८ जना जेष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको वडा सभापति टेकराज राईले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राई रहनु भयो थियो । सम्मान कार्यक्रममा अघिल्लो स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवार समेत रहनु भएका नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर बुढाथोकी लगायत १२ जना अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुको भएको वडा सभापति राईले बताउनुभयो । नवप्रवेशी ब्यक्तिहरुलाई जिल्ला सभापति राई, पुर्व सभापति नरेशकुमार श्रेष्ठ, उपसभापति इवन राई, हलेसी तुवाचुङ नगर सभापति चक्र राई लगायतका नेताले स्वागत गर्नुभएको छ ।...
खोटाङमा लगातार तेस्रो दिन कोरोना संक्रमण शून्य, सक्रिय संक्रमितको संख्या २४ मा झर्यो

खोटाङमा लगातार तेस्रो दिन कोरोना संक्रमण शून्य, सक्रिय संक्रमितको संख्या २४ मा झर्यो

Banner News 1, ताजा अपडेट, समाज
खोटाङ, फागुन १८ । खोटाङमा पछिल्ला दिन कोरोना भाइरसको संक्रमण शून्यमा झर्दै गएको छ । जिल्लामा अस्ति, हिजो र आज संक्रमण शून्यमा झरेको हो । अस्ति र हिजो १५/१५ र आज १० जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । अस्ति र हिजो संक्रमणसँगै निको हुनेको संख्या पनि शून्य रहेकामा आज भने ४ जना निकोसमेत भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।...
एमाले खोटाङ : जिल्ला कमिटीको जिम्मेवारी बाँडफाँड, पालिका इन्चार्ज र सह–इन्चार्ज पनि तोकिए

एमाले खोटाङ : जिल्ला कमिटीको जिम्मेवारी बाँडफाँड, पालिका इन्चार्ज र सह–इन्चार्ज पनि तोकिए

Banner News 2, ताजा अपडेट, राजनीति
खोटाङ, फागुन १७ । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनपछि आज पहिलो सचिवालय बैठक बसेको छ । गत पुस २३ र २४ गते सम्पन्न अधिवेशनबाट चयन भएको पार्टीको जिल्ला कमिटीको सचिवालय बैठक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बसेको हो । पार्टीका पोलिटब्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यता, केन्द्रीय कमिटी सदस्य जिल्ला सह–इन्चार्ज उषाकला राईको विशेष आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालको अध्यक्षतामा बसेको बैठकले १०९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरेको छ । यस्तै बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । नगरपालिकातर्फ दिक्तेल रुपाकोट मझुवागढी इन्चार्जमा वीणादेवी राई र सह–इन्चार्जमा दिनेश साम्पाङ र अनिशा खनाल, हलेसी तुवाचुङ इन्चार्जमा रमेश तिवारी र सह–इन्चार्जमा किशोर श्रेष्ठ र कुम...
हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ४३.४९ प्रतिशत

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ४३.४९ प्रतिशत

Banner News 3, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १६ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको अवधिमा ४३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकामा विनियोजित कुल बजेट ५८ करोड १६ लाख २८ हजार ४ सय ५० मध्ये अहिलेसम्म २५ करोड २९ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको हो । दुर्छिमस्थित होलेसुङ रिसोर्टमा सम्पन्न १० औं हिउँदे नगर सभामार्फत उक्त विषयको जानकारी दिइएको हो । नगरसभाबाट २० वटा योजनाहरू संशोधन गर्दै रकमान्तर गरिएको छ । चार ऐन पारित यस्तै नगर सभाले चार वटा ऐन पारित गरेको छ । नगर सभामा पेश भएको वन व्यवस्था ऐन–२०७८, संस्था ऐन–२०७८, हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्माचारीहरूको समायोजन गर्न बनेको ऐन–२०७८ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन–२०७८ पारित भएको हो । सबै प्रस्ताव पारित नगरपालिकाभित्रका स्वास्थ्य स्वयंसेविकाहरूले तलब भत्ता वृद्...
चुनावी घोषणा पत्रका लागि कांग्रेस खोटाङले तयार पार्यो समिति

चुनावी घोषणा पत्रका लागि कांग्रेस खोटाङले तयार पार्यो समिति

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, फागुन १६ । नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र तयार गर्न ११ जनालाई जिम्मेवारी दिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणा पत्र तयार गर्न कांग्रेस खोटाङका नेता डा. राजकुमार राईको संयोजकत्वमा ११ जनालाई जिम्मेवारी दिएको हो । गत फागुन ७ गते बसेको नेपाली कांग्रेस खोटाङको बैठकले उहाँहरुलाई जिम्मेवारी दिएको कांग्रेसका जिल्ला सभापति बिष्णु कुमार राईले जानकारी दिनुभयो । समितिमाको सदस्यहरुमा पार्टीका सुभेच्छुक संगठनका जिल्ला अध्यक्ष एवं प्रतिनिधि रहेका छन् । समितिको संयोजकमा नेता डा. राईसँगै सदस्यहरुमा जर्ण चाम्लिङ (उपमहासचिव नेपाल शिक्षक संघ प्रदेश नम्बर १), मेजर राई (अध्यक्ष नेपाल शिक्षक संघ खोटाङ), उत्तम चौलागाई (नेपाल प्रेस युनियन खोटाङ), प्रकाश घिमिरे (अधयक्ष नेपाल निजामती कर्मचारी संघ खोटाङ), जयन्ती राई (नेपाल शिक्षक महासंघ उप...
अन्ततः एमसिसी पास

अन्ततः एमसिसी पास

Banner News 1, अर्थ, ताजा अपडेट, राजनीति
खोटाङ, फागुन १५ । लामो समयको अन्यौलतापछि अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता पारित भएको छ । आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो ।एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पारित पनि पारित गरेको छ । पछिल्लो समय नेपाली राजनीतिको ‘हटकेक’ बनेको एमसिसी लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षपछि पारित भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन । एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी हुनुभएको थियो । उहाँले रोष्ट्रममै गएर आफ्नो धारणा राख्नुभएको थियो । रावलले एमसिसी पारित गर्नु नह...
धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङले स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरेको छ । वडा कार्यालयले वडाका ८ वटा महिला आमा समूहलाई प्रति समूह १/१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति परिवार १/१ वटा फिल्टर प्रदान गरेको हो । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको उपस्थितिमा मिल र फिल्टर वितरण गरिएको धितुङका वडाध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो । वडाले विनियोजन गरेको ४ लाख बजेटबाट मिल र २ लाख ५० हजार बजेटबाट फिल्टर खरिद गरी वितरण गरिएको हो । महिलाहरूको दैनिक घरायसी काममा कार्यबोझ घटाउन मिल र अति विपन्न वर्गका दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...
बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय

बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १४ । खोटाङको हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालयका कर्मचारीलाई १५ हजार तलब दिने निर्णय गरेको छ । हिजो (शुक्रबार) बसेको नगर कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो । संघिय सरकारले दिने ८ हजारमा ७ हजार थपेर चैतबाट निकासा हुनेगरी १५ हजार तलब दिने निर्णय भएको नगरपालिकाकले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बालविकास शिक्षक र कार्यालय सहयोगीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार हलेसी तुवाचुङ नगरपालिकाले तलब बृद्धि गर्ने निर्णय गरेको नगरपालिकाकले जनाएको छ । सरकारले तोके अनुसारको तलब बृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका कार्य समितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । दश स्थानीय तह रहेको जिल्लाका केहि स्थानीय तहले मात्र अहिलेसम्म सरकारले तोके अनुसारको ...