Friday, October 23News That Matters

स्थानीय

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ३ : खोटाङमा लामो समय विद्युत महसुुल नतिर्ने १३ ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि १३ ग्राहकको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विजयराज रेग्मीका अनुसार खोटाङमा चार सय बढी उपभोक्ताले पाँच महिनासम्म विद्युत महसुल तिरेका छैनन् । मिटर रिडिङ भएको बढीमा ६० दिनभित्र महसुल बुझाउनुपर्ने भए पनि ती उपभोक्ताले हालसम्म महसुुल नबुझाएको उहाँको भनाइ छ । जिल्लामा चार सय १३ उपभोक्ताले पाँच हजार बढी बक्यौता र पाँच महिनाभन्दा बढी समय नाघिसक्दा पनि महसुल नतिरेका हुन् । ती उपभोक्ताबाट ६० लाख बढी बक्यौता उठ्न बाँकी छ । महसुल नतिर्नेमा सामुदायियक विद्युत संस्था, औद्योगिक ग्राहकहरू, स्थानीय वडा कार्यालयहरू, स्वास्थ्य चौकिहरू, विद्यालय र सर्वसाधारण ग्राहक रहेका केन्द्रले जनाएको ...
इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ : इलाका प्रहरी कार्यलय हलेसी तुवाचुङले लागु औषध (गाँजा) फडानी कार्यलाई तिव्रता दिएको छ । गाँजा फडानी कार्यलाई तिव्रता दिने क्रममा आज (बिहिबार) हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्क स्थीत खेतबारीमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको कार्यलयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले बिहान ११ बजे उक्त गाउँका ३ रोपनी जग्गा क्षेत्रफलमा उम्रीएका करीब ५०० गाँजाका बोटहरु फडानी गरेको हो । फडानी गरिएका गाँजाका बोटहरु सोहि स्थानमा जलाएर नष्ट गरिएको कार्यलयले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न, लागू औषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गाँजा फडानी कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । प्रमुख टोलीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पनि हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम...
खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

ताजा अपडेट, समाचार, समाज, स्थानीय
३० कात्तिक, खोटाङ । खोटाङमा पछिल्लो एक महिनामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या झण्डै दोब्बरले बढेको छ । जिल्लामा कात्तिक महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । ती सवारी साधन कारबाहाीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । अघिल्लो महिना असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७० हजार राजश्व उठेको थियो । यो महिनामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेको र सो समयमा सवारी आवागमन बढेकाले कारबाहीको संख्या पनि बढेको खत्रीको भनाइ छ । उहाँका अनुसार जिल्लामा यो महिना सबैभन्दा बढी कार–जीप–भ्यान कारबाहीमा परेका छन् । कात्तिक महिनामा मात्र ३ सय ७४ वटा कार–जीप–भ्यान कारबाहीमा परेका हुन् । यस्तै मोटरसाइकल ३ सय ५६, ट्रक ८६, ट्या...
कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ । नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ । यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वा...
खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ । बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन । यता खोटाङमा पनि बन्दको प्रभाव परेको छ । जिल्लाबाट राजधानी काठमाण्डौ लगाएत तराईका लागी छुट्ने बस बन्दको कारण आज नछुटेको जिल्ला ट्राफिक इन्चार्ज दिल बहादुर खत्रीले जानकारी दिनुभयो । यद्यपी बाहिरबाट आएका रात्रीबसहरु भने जिल्ला प्रवेश गरेका छन । बाहिरबाट प्रवेश गरेका सवारी साधनहरुलाई गन्तव्य सम्म पु¥याउने काम भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सदरमुकाम दिक्तेल र हलेसी बजारका पसलहरु फट्टफुट्ट खुलेका छन । जिल्लामा बन्दकर्ताहरुको सहभागीता नदेखिएपनि सडकह...
इन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु खोटाङको प्रदर्शन

इन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु खोटाङको प्रदर्शन

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
कात्तिक २९, खोटाङ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु खोटाङले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ । अनेरास्वयवियुुले आइतबार साँझ जिल्ला सदरमुकाम दिक्तेलमा राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो । भवनगैरास्थित एमाले खोटाङको पार्टी कार्यालयबाट निकालिएको जुलुस भानुचोकसम्म पुगेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने मागसहित प्रदर्शन गरिएको अनेरास्ववियु खोटाङका जिल्ला सचिव मोहन संग्रामले बताउनुभयो । प्रदर्शनअघि आइतबार दिउँसो अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएको थियो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले आम उपभोक्ता मारमा परेको भन्दै तत्काल पुनर्विचार नगरिए आन्दोलनका थप सशक्त कार्यक्रम गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ । नेपाल आयल निगमले हालै खाना पकाउने ग्याँस...
एमालेको दशौ महाधिवेशनका लागी खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने

एमालेको दशौ महाधिवेशनका लागी खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ कार्तिक २७ : नेपाल कम्युनिष्ट पार्टी एमालेको मंसिर १० गते चितवनमा हुने दशौ महाधिवेशनका लागि खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने भएका छन । एमालेले आज जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएसँगै जिल्ला प्रतिनिधि र केन्द्रबाट गरी १८ जनाले खोटाङको प्रतिनिधित्व गर्न लागेका हुन । एमाले खोटाङका पार्टी ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण बहादुर घले र नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश कुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि भएका एमालेका खोटाङ जिल्ला कमिटि सचिव कुमार प्रसाद आचर्यले जानकारी दिनुभयो । यस्तै सचिव आभर्यका अनुसार जिल्लाबाट हरिकुमार पोखरेल, पाँचकर्ण(पीके)राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र साम्पाङ, देवविक्रम र...
उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

उपभोक्ता समितिको सहजताको लागि केपिलासगढीमा अभिमुखिकरण तालिम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : उपभोक्ता समितिको सहजताको लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरेको छ । हिजो देखि गाउँपालिकाको वडा नम्बर १ फेदिबाट सुरु भएको तालिम आज (शुक्रबार) खार्ताम्छामा प्रदान गरिएको गाउँपालिकाका प्रशासन प्रमुख सौधन राई (युनिक साम्पाङ)ले जानकारी दिनुभयो । राईका अनुसार बिगतका बर्षमा उपभोक्त समितिमा रहेका ब्यक्तिहरुलाई सबै ज्ञान नहुँदा उनिहरुले सास्ती खेप्नु परेको थियो । चालु आर्थीक बर्ष २०७८÷०७९मा उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुको सहजताको लागि वडागत रुपमा समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गर्न सुरु गरिएको उहाँले बताउनु भयो । तालिम पश्चात उपभोक्ता समितिहरुले हरेक योजना उत्कृष्टको साथ सम्पन्न गर्ने बिश्वास गाउँपालिकाले लिएको पनि उहाँको भनाई छ । योजना सम्झौता कसरी गर्ने, खाता सञ्चालन कसरी गर्ने, माईन्युट, सिफारिस र निवेदन कसरी ल...
खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

खोटाङमा ५ सय बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २६ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खेतबारीमा उम्रिएको लागु औषध (गाँजा) प्रहरीले नष्ट गरेको छ । नगरपालिकाको वडा नम्बर ५ दुर्छिम राबु स्थीत करीब २ रोपानी क्षेत्रफल जग्गामा रहेको ५ सय भन्दा बढी गाँजाको बोट नष्ट गरिएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न र अपराध नियन्त्रण गर्न गस्तिलाई तिब्रता गर्दै लैजाने क्रममा आज इलाका प्रहरी कार्यलय हलेसीकाका प्रमुख एवं प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा नष्ट गरेको कार्यलयले जनाएको छ ।...
नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?

नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न, के के भए निर्णय ?

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ कार्तिक २६ : नेकपा एमाले खोटाङको १२ औँ पुर्ण जिल्ला कमिटि बैठक सम्पन्न भएको छ । एमालेका संसदिय दलका प्रमुख सचेतक एवं केन्द्रिय सदस्य बिशाल भट्टराईको उपीस्थतीमा आज सम्पन्न बैठकले बिभिन्न महोत्वपुर्ण निर्णय गरेको नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष राम दंगालले जानकारी दिनुभयो । केहि समय अगाडि वडा र पालिका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको एमालेले आगामि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० औँ राष्ट्रिय माहाधिवेशनको लागि प्रतिनिधि छनोट बैठकको मुख्य बिषय रहेको उहाँले बताउनु भयो । खोटाङबाट १४ जना माहाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्ने अठोट लिएको एमालेले भोली सम्ममा सचिवालयको बैठकले प्रतिनिधि छनोट गर्ने उहाँको भनाई छ । जिल्ला कमिटि बैठकले वडा र पालिका अधिवेशनको समयमा अन्य पार्टीबाट आएका करीब ३ हजार जना नेता कार्यक्रतालाई बिभिन्न जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आगामी तिन म...