Thursday, October 22News That Matters

स्थानीय

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको ऐसेलुखर्क गाउपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्राबिधिक बाबुराम राउतले जानकारी दिनुभयो । ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन । चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौल...
खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...
आज रातीबाट दिक्तेलमा लगाईएको लकडाउन खुल्दै

आज रातीबाट दिक्तेलमा लगाईएको लकडाउन खुल्दै

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज रातीबाट लकडाउन खुल्ने भएको छ । नगरपालिकामा कोरोना संक्रमण दर बढ्दै गएपछि रोकथाम एवं नियन्त्रणको लागि भदौ १ बाट लागु गरिएको लकडाउन आज राती १२ बजेबाट खुल्ने नगर प्रमुख दिप नारायण रिजालले जानकारी दिनुभयो । प्रमुख रिजालका अनुसार लकडाउन खोलिएपनि सभा,सम्मेलन, गोष्टि, हाटबजार,धार्मिक तथा सांस्कृतिक क्षेत्रमा हुने भिडभाड भने रोक लगाईएको छ । यस्तै साँझ ७ बजेपछि होटल पसल लगायतका ब्यवसायहरु संचालन गर्न नपाईने नगर प्रमुख रिजालको भनाई छ ।...
जन्तेढुंगा गाउँपालिकाको सेवा आफ्नै भवनबाट

जन्तेढुंगा गाउँपालिकाको सेवा आफ्नै भवनबाट

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । आर्थिक वर्ष २०७५\०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७१ लाख, आर्थिक वर्ष २०७६\०७७ मा प्रदेश सरकारबाट प्राप्त ५० लाख र २०७७\०७८ मा संघीय सरकारबाट प्राप्त ८५ लाख गरी २ करोड ६ लाखमा भवन निर्माण भएपछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । गाउँपालिकाले साविकाको चिसापानी गाबिसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको थियो । भवनमा सिमित कोठा भएको हुँदा बहु शाखाको सेवा एउटै भवनबाट प्रवाह गर्दा झन्जटिलो हुने गरेको गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख बिदुरमान राईले बताउँनु भयो । तर गाउँपालिकाको आफ्नै सुबिदा सम्पन्न १० कोठे भवन निर्माण पश्चात अब त्यस्ता समस्याको समाधान हुने उहाँको भनाई छ । १ तला भवन फिनिसिङ गरेर सेवा प्रदान गर्न थालेको गाउँपालिकाले भवनलाई अढाई तले बनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शंखर बहा...
खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा सोही ठाउँका मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ । बुधबार दिउँसो घरबाट हिडेका गिरीराज अबेरसम्म घर नफर्केपछि खोजि गर्दा घर भन्दा करिब २ सय मिटर टाढा बारीमा मृत फेला परेका थिए । घटना भएको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धाद भईरहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।...
हलेसी तुवाचुङमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु हुँदै

हलेसी तुवाचुङमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु हुँदै

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम एक साता भीत्र सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम सञ्चालनको लागि अखिल नेपाल फुडबल संघ (एनफा),खोटाङ फुटबल संघ र ओम शिवशक्ती समुह हलेसीसँग नगरपालिकाले गत चैत्र ५ गते सम्झौता गरेको थियो । तर कोभिड १९ को संक्रमणको कारण कार्यक्रम सुरु हुन नसकेको नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार कोरोना संक्रमण दर घट्दै गएपछि नगरका कार्यक्रम चलायमान बनाउँदै विद्यालहरुमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागिएको हो । जसको लागि एनफाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगाएतका पदाधिकारीसँग मंगलबार छलफल भएको उहाँले बताउँनु भयो । ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमले दक्ष, असल र अनुसासित खेलाडी उत्पादन भई समृद्ध समाज निर्माण हुने बिश्वास लिएको उहाँको भनाई छ । प्रशिक्षण कार्यक्रमको लागि आवश्यक खेल सामाग्री र प्रशिक्षक ...
लगातारको बर्षाले किवि कुहिन थालेपछि खोटाङका कृषक चिन्तित

लगातारको बर्षाले किवि कुहिन थालेपछि खोटाङका कृषक चिन्तित

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
लगातारको बर्षाको कारण खोटाङका किवि कृषक चिन्तित बनेका छन । लगातारको बर्षाले बोटबाट किवि फल कुहिएर झर्न थालेपछि कृषक चिन्तित बनेका हुन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र साकेला गाउँपालिकाका केहि भुभागमा किवि खेती हुँदै आएको छ । कोदो,मकै,गँहु लगाएतका नियमित बाली छाडेर किवि खेती तर्फ आकर्षित बनेका कृषक यो बर्ष भने चिन्तित बनेका छन । करीब १८ रोपनी क्षेत्रफलमा किवि खेती गरेर अघिल्लो बर्ष १ लाख माथी आम्दानी गर्नु भएका केपिलासगढी गाउँपालिका ७ सुङदेलका कृषक बिशाल दुमि राई यो बर्ष ५० हजार पनि आम्दानि नहुँने बताउँनु हुन्छ । चैत्र महिनामा फूल लागेर कात्तिक÷मंसिर महिनामा तयार हुने किवि लगातारको बर्षाको कारण बोट बाट फल कुहिएर झरेपछि भदौको पहिलो सातामै बोट रिक्तो हुन थालेको राईको भनाई छ । यो बर्ष धेरै पानी पर्दा धान,कोदो लगाएतका खेतीलाई राम्रो गरेको छ । तर कि...
खोटाङमा दुई ब्यक्ति पक्राउ

खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ६ : खोटाङमा दुई ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । १५ केजी गाँजा सहित ५७ वर्षीय मगम राईलाइ र भरुवा बन्दुक सहित ३७ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राईको घरमा लागू औषध गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरेको थियो । लागू औषध गाँजा सहित राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिनुभयो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कका खगेन्द्र राईको घरमा अवैध हातहतियार लुगाएर राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ नाल भरुवा बन्दुध सहित राईलाई पनि शनिबारनै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालार्ई ...
खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

खोटाङ प्रशासनलाई स्थानीयले बुझाए १७ नाल भरुवा बन्दुक

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
भाद्र ४ खोटाङ : खोटाङमा जिल्ला प्रशासन कार्यलयले अवैध हातहतियार संकलन अभियान सुरु गरेको छ । जस अन्तरगत स्थानीयले शुक्रबार १७ नाल भरुवा बन्दुक बुझाएका छन । २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीयतहमा अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यलय खोटाङले जनाएको छ । अभियानको सुरुवातमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका स्थानीयले ७ नाल सावुद र १० नाल बेसावुद बन्दुक बुझाएका हुन् । स्थानीयले बोलाएपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वयं उपस्थीत भएर बन्दुक बुझ्नु भएको हो । बिहिबार प्राप्त बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । जिल्लामा हुने वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरु गरिएको हातहतियार संकलन अभियानलाई तिव्रता दिईने प्रमुख जिल्ला अधिकारी शर्माले बताउँनु भयो ।...
खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

खोटाङमा २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा करीब २३ हजार नागरिक कोरोना बिरुद्धको दोस्रो डोज खोपको पर्खाईमा रहेका छन । जिल्लामा पहिलो डोजको खोप लगाएर २३ हजार ३ सय ६९ जना दोस्रो डोज खोपको पर्खाईमा रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । खोटाङमा गत माग १५ गतेबाट कोरोना बिरुद्धको खोप अभियान सुरु भएको हो । हाल सम्म जिल्लामा ३ हजार ३ सय ७७ जनाले मात्र पुरा डोज खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्य प्रसाद सिक्देलले बताउँनु भयो । कोभिसिल्डकोे दोस्रो डोज खोप जिल्लामा नआएको कारण धेरै नागरिकले दोस्रो डोज खोप लगाउँन नपाएको उहाँको भनाई छ । यस्तै भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन नकटेकोले दोस्रो डोज लगाउँन नमिलेको प्रमुख सिक्देलले बताउँनु भयो ।...