निःशूल्क हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचायो
खोटाङ, मङ्सिर १४ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो ।
३० वर्षीया गुरुङको मंगलबार राती ११ बजे होम डेलीभरी भएको थियो । तर सालनाल अड्किएर गुरुङको अवस्था चिन्ताजनक भएपछि स्टेचरमा बोकेर स्थानीय डुम्रेधारापानी स्वास्थ्य चौकीमा लगिएको थियो । सुत्केरीको अत्याधिक रक्तस्राव भएकाले जिल्लामा उपचार सम्भव नदेखिएपछि हवाई उद्धारका लागि पालिकालाई खबर गरिएको स्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेव मनि अधिकारीले बताउनुभयो । पालिकाले जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएपछि हेलिकोप्टरमार्फत गुरुङलाई काठमाडौं लगिएको हो ।
बुधबार अपरान्ह काठमाडौंस्थित थापाथली प्रसूति गृह पु¥याइएकी सुत्केरी गुरुङको स्वास्थ्य अवस्...









