निःशूल्क अप्रेसनका लागि पाठेघरको समस्या भएका बिरामीलाई शनिबार बनेपा लगिने
खोटाङ, मंसिर १ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनका लागि शनिबार काभ्रे लाने भएको छ । काभ्रेस्थित श्रीमेमोरीयल अस्पताल बनेपामा लगेर पाठेघर खस्ने समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसन तथा स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
मंसिर २ गते शनिबार पहिलो पटकमा १७ जना बिरामी र उनिहरुको कुरुवा गरी ३४ जनाको टोली नगरपालिकाले रिजर्भ गरेको बसमा काभ्रे प्रस्थान गर्ने छन् । उपचारको लागि बिरामी लिएर नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राईसहितको टोली काभ्रे जाने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । बिरामीको एक जना कुरुवासहित बिरामी अस्पतालसम्म जान आउन, खान बस्नसँगै उपचारमा कुनै शूल्क लाग्ने छैन् ।
यो वर्ष पाठेघरको समस्या भएका करीब ६० जना बिरामीको निःशूल्क अप्रेसन गर्ने तयारी नगरपालिकाको छ । तर ...








