खोटेहाङका कर्मचारी र पदाधिकारीको एक वर्षमा बैठक तथा अन्य भत्ता १ करोड १२ लाख ९८ हजार
राजकुमार सरगम (भट्टराई)
खोटाङ, साउन ८ । एक वर्षमा खोटाङको खोटेहाङ गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविध तथा विविध कार्यक्रममा २ करोड ४२ लाख ९३ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा खोटेहाङ गाउँपालिकाले उक्त खर्च गरेको हो ।
एक आर्थिक वर्षमा गाउँपालिकाको कर्मचारी पदाधिकारी बैठक तथा अन्य भत्तामा १ करोड १२ लाख ९८ हजार खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ । यस्तै, अनुगमन तथा मुल्यांकन र भ्रमण खर्चमा ३४ लाख ४३ हजार, इन्धन पदाधिकारी र कार्यालय प्रयोजनमा १७ लाख ३८ हजार, विविध खर्चमा ४७ लाख ६२ हजार, विविध कार्यक्रम खर्चमा २० लाख ५१ हजार र कर्मचारी प्रोत्साहन र फिल्ड भत्तामा १० लाख १ हजार खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
खाना खाजा खर्च...









