बराहपोखरी : तीन मुरी तोरी उत्पादन गर्ने कृषकलाई पुरस्कार, महिनामा एक पटक श्रमदान अनिवार्य
खोटाङ, असार १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले तिन मुरी तोरी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । कम्तिमा तिन मुरी तोरी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
तेलजन्य बाली उत्पादनलाई प्रोत्साहित गर्न कृषकलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । बिउ बिजन वितरण गरिएको कृषि कार्यक्रम उपलब्धि मुलक नदेखिएकाले कृषक आफैले उत्पादन गरेर पालिका पुरस्कार लिन आउने नीति गाउँपालिकाले लिएको उहाँको भनाइ छ ।
‘मान्छे आशामुखी भए, बिउ बिजन सबै पालिकाले दिएपछि मात्र काम गर्ने नत्र नगर्ने देखियो, बिगतका वर्षहरुमा हामीले बिउहरु वितरण पनि गर्यौ’ अध्यक्ष बञ्जराले भन्नुभयो, ‘सबै प्रकारका बिउ सबैलाई वितरण गर्न सकिने अवस्था भएन, त्यसैले अब जसले आफै राम्रो उत्पादन गर्छ, त्...









