Friday, June 26News That Matters

स्थानीय

हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

हलेसी तुवाचुङका विद्यालयमा एसईई मोडलमा परिक्षा सुरु, उत्कृष्ट हुनेलाई २ लाख पुरस्कार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका कक्षा ४–९ सम्मको वार्षिक परिक्षा नगरले लिन सुरु गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनका लागि नगरको मातहतमा नगर स्तरीय परिक्षा सञ्चालन गरिएको मेयर विमला राईले बताउनुभयो । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेकाले (एसईई) मोडलमा परिक्षा सञ्चालन सुरु गरिएको मेयर राईको भनाइ छ । नगरपालिकाको मातहतमा प्रश्नपत्र तयार पारेर बिहिबारबाट परिक्षा सुरु गरिएको छ । नगरपालिका भित्रका ९० वटा सामुदायिक विद्यालयमध्ये ७० वटा विद्यालयलाई परिक्षा केन्द्र तोकिएको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । सबै परिक्षा केन्द्रमा फरक विद्यालयका शिक्षकलाई केन्द्र अध्यक्ष बनाएर परिक्षा सञ्चालन भएको उहाँको भनाइ छ । नगर स्तरीय परिक्षा सञ्चालन गरिरहेको नगरपालिकाले उत्कृष्ट अंक ल्याउने...
निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ८ । खोटाङ उद्योग वाणिज्य संघमा विवाद देखिएको छ । संघको ११ औं अधिवेशनलाई लिएर छुट्टा छुट्टै गरिएका निर्णयले विवाद उत्पन्न भएको हो । गत फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको थियो । तर सचिवालयले गरेको निर्णय चैत्र ५ गते बसेकोे पूर्ण बैठकले अनुमोदन गर्न नमानेपछि संघमा विवाद सुरु भएको देखिन्छ । फागुन १७ गते गरिएको निर्णय आधारिक हुने एक पक्षको माग रहेको छ । चैत ५ गते गरिएको निर्णय निर्वाचनलाई प्रभावित गर्ने गरि भएको भन्दै असन्तुष्ट पक्षले खारे...
हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो ...

वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनासँगै अग्नि नियन्त्रक सञ्जाल गठन

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ७ । वन डढेलो व्यवस्थापन सम्बन्धि डिविजन वन कार्यालय खोटाङले जनचेतना मुलक कार्यक्रम गरेको छ । वन तथा वातावरण मन्त्रालयको निर्देशन अनुसार एक सातासम्म सञ्चालन भएको जनचेतना जागरण कार्यक्रमको मंगलबार समापन गरिएको हो । वन डढेलो तथा व्यवस्थापन सम्बन्धि मंगलबार दिक्तेलस्थित रत्नपार्कदेखि वाणिज्य बैंकसम्म र्‍यालि निकालिएको थियो । र्‍यालि पश्चात जिल्ला समन्वय समितिको समिक्षालयहलमा औपचारिक कार्यक्रम गरी जनचेतना जागरण सप्ताहको समापन गरिएको हो । समापन कार्यक्रममा कार्यालयका प्रमुख जगदिश रेग्मीले डढेलो लाग्ने तरिका, त्यसलाई निभाउने उपाय, त्यसको असर र व्यवस्थापनको विषयमा प्रस्तुती दिनुभएको थियो । यस्तै, जिल्ला प्रहरी कार्यालय र गोरखनाथ गण मुडे ब्यारेक लाई वन डिविजन कार्यालयले डढेलो नियन्त्रण गर्ने सामाग्री हस्तान्त्रण गरेको छ । सोही कार्यक्रममार्फत जिल्ला प्रशासन कार्यालय संयोजक र डिविजन वन ...
नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत ६ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ । संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको रकम मध्ये १ लाख ५० हजार बाध्यबादन खरिद गर्न खर्च गरेको बताउनुभयो । बाकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ । संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थीक सहयोगमा निःशूल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भक्...
ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा ग्राहकसँग करोडौँ पैसा सापटी लिएर फरार भएका छन् । प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको चर्चा छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले ...
नेवा : देय् दबुले गर्यो खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग

नेवा : देय् दबुले गर्यो खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ४ । नेवा : देय् दबु संस्थाले खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग गरेको छ । विभिन्न समयमा घर आगलागि भएका ६ परिवारलाई संस्थाले शनिबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरी आर्थीक सहयोग गरेको हो । गत पुस ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सीला बजारमा आगलागि हुँदा घर पुर्णरुपमा क्षति भएका पवन श्रेष्ठको परिवारलाई नगद १८ हजार प्रदान गरिएको छ । गत पुस ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा घर आगलागि भएका तीन जना धनकुमारी श्रेष्ठ, मैया श्रेष्ठ र नविन श्रेष्ठको परिवारलाई नेवा : देय् दबुले नगद १८\१८ सहयोग गरेको हो । यस्तै, केही दिन अघि गत फागुन २७ गते घर आगलागि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका कुमार श्रेष्ठ र शुबिन श्रेष्ठको परिवारलाई २२२५०\२२२५० नगद सहयोग गरिएको नेवा : देय् दबु खोटाङका सचिव गोपाल श्रेष्ठले बताउनुभयो । नेवा : देय् दबु कोशी प्रदेश समित...
हाजिरजवाफमा प्रथम हुँदै सरस्वती मावि र बुलापन्थे माविले पाए ५०/५० हजार पुरस्कार

हाजिरजवाफमा प्रथम हुँदै सरस्वती मावि र बुलापन्थे माविले पाए ५०/५० हजार पुरस्कार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अन्तर माध्यमिक विद्यालय र आधारभुत विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गराएको छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमता अभिवृद्धिका लागि नगरपालिकाले हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको जनाएको छ । सुरुमा नगरपालिका भित्रका ११ वटै वडामा कक्षा १–५ सम्मका विद्यार्थीहरुको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता गरिएको थियो । जसमा वडाका विजेता विद्यालयहरु बीच शुक्रबार दुर्छिम माध्यमिक विद्यालयमा नगरपालिकाले हाजिरजवाफ गराएको थियो । कक्षा १–५ सम्मका विद्यार्थीहरुको हाजिरजवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा आवि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् । यस्तै, नगरपालिका भित्रका १२ वटै माध्यमिक विद्यालयका कक्षा ६–१० सम्मका विद्यार्थीहरु बीच भएको हाजिरजवाफमा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलाप...
खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ४ । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा प्रेटोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताउनुभयो । जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपी पुष्टि हुन बाकी रहेको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । प्रेटोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका ब...
ग्याँस सिलिण्डरबाट सुरु भएको आगो निभाउन दिक्तेल बजारमा अभ्यास प्रदर्शन

ग्याँस सिलिण्डरबाट सुरु भएको आगो निभाउन दिक्तेल बजारमा अभ्यास प्रदर्शन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३ । खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउन अभ्यास प्रदर्शन गरिएको छ । घरमा प्रयोग भइरहेको ग्याँस लिक भएमा र कुनै ब्यक्तिको शरीरमा आगो लागेमा कसरी निभाउन सकिन्छ भनेर शसस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेल बजारमा उपाय प्रदर्शन गरेको हो । घर–घरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा शसस्त्र प्रहरी दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको जनाएको छ । शसस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डिएसपी श्य...