रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी
खोटाङ, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा वडा अधिवेशन सुरु गरेको छ । जिल्ला सदरमुकाम एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट रास्वपाले वडा अधिवेशन सुरु गरेको हो ।
शुक्रबार भएको पहिलो वडा अधिवेशनले दिक्तेल वडाको सभापतिमा दुर्गा देवी कार्कीलाई चयन गरेको छ । पार्टीको बिधान अनुसार कार्कीको नेतृत्वमा ११ जनाको वडा समिति निर्माण गरिएको रास्वपाका खोटाङ सभापति मुकुन्द कृष्ण थापाले जानकरी दिनुभयो । उप–सभापतिमा चन्द्र बहादुर परियार, सचिवमा पदम घिमिरे चयन हनुभएको छ । यस्तै, सदस्यहरुमा सिता बस्नेत, इन्द्र बेलास आचार्य, सुशिला बास्तोला, गिता आचार्य, लीलानाथ पाण्डे, डिल्ली प्रसाद आचार्य, राधा घिमिरे पराजुली र तोरण सैंजु रहनुभएको छ ।
कार्यक्रममा जिल्ला सभापति थापासँगै जिल्ला सचिव तुला बहादुर खत्री, दिक्तेल नगर संयोजक पर्शुराम थापा (आशिष), जिल्ला RAT बिभाग संयोजक आनन्द ख...









