दिगो विकासका लागि हलेसी तुवाचुङले ल्यायो “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९”
खोटाङ, फागुन ११ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले “नगर योजना आयोग तथा गठन सञ्चालन ऐन २०७९” ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तका लागि नगारपालिकाले ल्याएको नयाँ ऐन १२ औँ हिउँदे नगर सभाले पास गरेको छ ।
नगरपालिकाको समग्र विकासको लागि नगर विकास सम्बन्धि नीति, योजना र कार्यक्रम तर्जुमा, सुशासन प्रवद्र्धन गर्दै दिगो विकासको लक्ष्य प्राप्त हुने गरी ठोस योजना तर्जुमा तयार गर्न, आवश्यक सल्लाह तथा परामर्श दिनका लागि नगर योजना आयोग गठन तथा सञ्चालन ऐन ल्याइएको मेयर विमला राईले बताउनुभयो ।
‘हलेसी तुवाचुङ नगरपालिका धार्मिक पर्यटकीय हिसावले धनि छ, रिसर्चका लागि प्रयाप्त संभावना भएको ठाउँ छ, सुनकोशी र दुधकोशीले घेरिएको नगरपालिका प्राकृतिक स्रोतले धनि छ । यति धेरै संभावना बोकेको नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको मात्र योजनाको विकासमा प्रयाप्त हुँदैन । त्यसैले अनुभव भएका विज्ञसँग छलफल गरेर, योजना...








