रत्न राज्य लक्ष्मी माविको हीरक महोत्सव, वडा स्तरीय भलिबलदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म
खोटाङ, फागुन ८ । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ६० औँ जन्मजयन्ती अर्थात हीरक महोत्सव मनाएको छ । विद्यालयले चार दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाएको हीरक महोत्सवमा वडा स्तरीय भलिबल प्रतियोगितादेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसम्म रहेको थियो ।
प्रतिनिधि सभा सदस्य राम कुमार राई (पासाङ) ले बिहिबार उद्घाटन गर्नुभएको कार्यक्रमको आइतबार समापन प्रतिनिधि सभा सदस्य सरस्वती बजिमयले गर्नुभएको छ । हीरक महोत्सवमा आयोजना गरिएको गाउँपालिका भित्रका वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ डुम्रे धारापानीले जितेको छ । यस्तै वडा नम्बर १ कुभिण्डे दोस्रो भएको छ भने वडा नम्बर ५ दुवेकोल तेस्रो हुन सफल भएको छ । प्रथम, दोस्रो र तेस्रो समुहलाई क्रमस रु २५, २० र १० हजार नगदको साथमा शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिएको कुभिण्डेका वडाध्यक्...








