ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो ।
पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ ।
भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका न...








