कृषकलाई प्रोत्साहनका लागि ऐँसेलुखर्कमा कृषि मेला प्रदर्शनी
खोटाङ, पुस १५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले कृषकलाई प्रोत्साहनका लागि कृषि मेला प्रदर्शनी गरेको छ । पुस १३ र १४ गते गाउँपालिकाको ३ नम्बर वडास्थित ऐँसेलुखर्क बजारमा गरिएको मेला प्रदर्शनीमा कृषकहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।
कृषकहरुले तरकारी, खाद्यान्न, फलफुल, दलहन तथा तेलहन, नगदे, जरे र विविध बाली प्रदर्शनी गरेका थिए । गाउँपालिकाका ७ वटै वडाका १ सय ६१ जना कृषकले, ४ सय ५६ वटा कृषि उपज बस्तुहरु प्रर्दशनी गरेका गाउँपालिकाले जनाएको छ । मेला प्रदर्शनीमा सहभागि जनाएका कृषक मध्ये उत्कृष्ट ५१ जना कृषकलाई १७ विद्यामा पुरस्कार प्रदान गरिएको छ ।
सबै विद्याका प्रथम हुने कृषकलाई रु ३ हजार, दोस्रो हुनेलाई रु २ हजार र तेस्रो हुनेलाई रु १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
कृषि पेशामा आबद्ध कृषकहरुको प्रोत्साहनका लागि...







