गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण
खोटाङ, असोज ४ । खोटाङमा जन्मनुभएकी गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्दा गायिका राईको नाम पनि समावेश भएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । विभूषित हुने व्यक्तित्वमा गायिका राईसहित अन्य कलाकारहरुसमेत छन् ।
राष्ट्रपतिबाट विभूषण हुनुभएकी गायिका राई खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पा लेवामा जन्मनुभएको हो । इन्टरनेटैमा, आइडिकार्डैले, तिमि मसँग नबोल्ने अरे, खोटाङ हलेसी, ढडिया थापिदेउ साईला लगायतका गीतहरु गयिका राईको चर्चित छन् ।
विभूषित हुने कला...









