जसपा खोटाङको जिल्ला समिति फेरियो, निर्वाचनकालागि उम्मेद्वारको नाम सिफारिस
खोटाङ । जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा पुर्णराज राई (पि.के खम्बु) चयन हुनुभएको छ । तत्कालिन अध्यक्ष टंक थापा लगायतको समुहले पार्टी छाडेपछि उपाध्यक्ष राईलाई अध्यक्ष बनाएर नयाँ जिल्ला समन्वय समिति गठन गरिएको हो ।
तत्कालिन अध्यक्ष थापाले पार्टी परित्याग गरेपछि खम्बुको अध्यक्षतामा बसेको बैठकले पार्टीको यथार्थ अवस्था माथिल्लो कमिटीमा लेखी पठाएको र माथिल्लो समिति प्रदेश नम्बर १ समितिले उपाध्यक्षलाई नै अध्यक्षको जिम्मेवारी दिएको पत्रचार गरेपछि अध्यक्षको जिम्मेवारी खम्बुले पाउनुभएको हो । यस्तै, उपाध्यक्षमा नैनबहादुर कटवाल, निर्मल राई र मैया राई, सचिवमा सुनिल चाम्लिङ, उपसचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिस राई र कोषाध्यक्षमा नैनकला राई रहनेगरी ८७ सदस्सीय जिल्ला समन्वय समिति जसपाको जिल्ला बैठकले गठन गरेको छ ।
यता मुख्य सचिवबाट लेखि पठाएको पार्टीको कुनै पनि समितिमा नरहने गरी १७...









