Tuesday, April 21News That Matters

स्थानीय

खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ ३ । एमालेको गढ मानिएको संघीय सांसद तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गत निर्वाचनमा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष दुुवै जितेकोमा यसपटक दुवैमा हार बेहोरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । अध्यक्षमा विजयी उदिमले निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईलाई ३८ मतले हराएका हुुन् । उदिमले ३७२८ मत ल्याएर विजयी हुँदा कविता ३६९० मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा पराजित एमालेकी कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३७३७ र पराजित एमालेका राजन बञ्जाराले ३३१० मत ल्याएका छन् ।...
रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३ । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको हो । श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गुरुङले २ हजार २ सय ५७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षका अर्का उम्मेद्वार जनता समाजवादी पार्टीका मोहन गुरुङले २ सय १२ मत प्राप्त गर्नुभएको छ । रावाबेसी गाउँपालिका अध्यक्ष : फट्टिक कुमार श्रेष्ठ (कांग्रेस) उपाध्यक्ष : कौशीला गुरुङ (एमाले) १ नम्बर वडाध्यक्ष गेहेन्द्रमान राई (कांग्रेस) २ नम्बर वडाध्यक्ष डोलराज बस्नेत (कांग्रेस) ३ नम्ब...
हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको वडाध्यक्षमा नेपाली कांग्रेसका चिरनजीव कार्की विजयी हुनुभएको छ । एमालेले आफ्नो किल्ला मान्ने हौँचुरमा कांग्रेस विजयी भएको हो । यस अघि भएका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो भने कांग्रेसले पहिलो पटक जितेको छ । वडाध्यक्षमा कांग्रेस र वडा सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । वडाध्यक्षमा कार्कीले ४५२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका यज्ञनारायण श्रेष्ठले ४४१ मत पाउनु भएको छ । पराजित श्रेष्ठ निर्वतमान वडाध्यक्ष हुनुहुन्छ । यस्तै रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फट्टिक कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको छ ।...
वराहपोखरी–१ मा एमालेको किल्ला तोडियो, कांग्रेसको प्यानल नै विजयी

वराहपोखरी–१ मा एमालेको किल्ला तोडियो, कांग्रेसको प्यानल नै विजयी

ताजा अपडेट, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, जेठ २ । खोटाङको वराहपोखरी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको किल्ला तोडिएको छ । विगत २८ वर्षदेखि एकछत्र राज गर्दै आएको एमाले संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचनमा पराजित भएको हो । यस वडामा २०७४ सालमा भएको निर्वाचनमा एमालेको सिंगो प्यानल विजयी भएकामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । निकै प्रतिस्पर्धात्मक हुने अनुुमान गरिएको निर्वाचनमा कांग्रेसले यसपटक फराकिलो मतान्तरले एमालेलाई पराजित गरेको छ । गत निर्वाचनमा एमालेका टंककुमार मगर ६२६ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । कांग्रेसका ढकबहादुर कार्कीले ५३३ मत ल्याएका थिए । गत निर्वाचनमा ९३ मतले वडाध्यक्ष हारेको कांग्रेस यसपटक फराकिलो मतसहित सिंगो प्यानल विजयी गराउन सफल भएको छ । यस वडामा कांग्रेसका कार्की पुनः वडाध्यक्ष उठेका थिए । गत निर्वाचनमा हार बेहोरेका उनी यसपटकको निर्...
साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई निर्वाचित

साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई निर्वाचित

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित भएको छ । अध्यक्षमा कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका हुनुभएको हो । उहाँले माओवादी केन्द्रका अर्जुनकुमार खड्कालाई पराजित गर्नुभएको छ । राईले १ हजार ८५० मत र खड्काले १ हजार ७७२ मत पाउनु भएको छ । खड्का निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । यसअघि यो पालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएका थिए । तर यसअघि निर्वाचित भएका दुवै जना यसपटक पराजित हुनुभएको छ । उपाध्यक्षमा कांग्रेसकी सरिता खड्का माओवादीकी विर्सिका राईसँग पराजित हुनुभएको छ । विर्सिकाले २ हजार १२ र सरिताले १ हजार २२४ मत पाउनुभएको छ ।...
बालेनको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ

बालेनको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ २ । काठमाण्डौ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फूयल र सोही ठाउँका रमेश खड्कालाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको हो । उनीहरुलाई दिक्तेलबजारबाट पक्राउ गरिएको डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो । उनीहरुलाई सट्टेबाजीको कसुरमा नियन्त्रणमा लिएर सत्यतथ्य अनुसन्धान भईरहेको डिएसपी लम्सालले बताउनुभयो । सट्टेबाजी पूष्टि भएमा वर्षदिनसम्म कैद हुने कानुनी व्यवस्था छ । बालेन्द्रले चुनाव जितेमा रमेशले विजयलाई २८ केजीको खसी दिने र बालेन्द्र हारेमा विजयले रमेशलाई २८ केजी वरावरको रकम भुक्तानी दिने भनि उनीहरुले कागज गरेका थिए ।...
दुवेकोलमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका मनकुमार विजयी

दुवेकोलमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका मनकुमार विजयी

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–५ दुवेकोलको वडाध्यक्षमा नेपाली कांग्रेसका मनकुमार गुरुङ विजयी हुनुभएको छ । एमालेको किल्ला मानिने दुवेकोलमा कांग्रेसका गुरुङ १ सय १३ मतान्तरले विजयी हुनुभएको छ । गुरुङले ३ सय ५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका गणेस थापा मगरले १९२ मत पाउनु भएको छ । मगर निर्वतमान वडाध्यक्ष समेत हुनुहुन्छ । जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेद्वारले ४६ र माओवादी केन्द्रका उम्मेद्वारले १३ मत पाउनुभएको छ । अन्य वडा सदस्यमा भने एमालेका २ जना र कांग्रेसका २ जना विजयी हुनुभएको छ ।...
केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर, उपाध्यक्षमा जसपाका गुरुराज

केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर, उपाध्यक्षमा जसपाका गुरुराज

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राई र नेकपा एमालेका उम्मेद्वार कृष्णकुमार राईलाई हराउदै गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी हुनुभएको हो । पराजित कृष्ण कुमार राई निर्वतमान अध्यक्ष हुनुहुन्छ भने निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित हुनुभएको थियो । गाउँपालिका अध्यक्षमा निर्वाचित समिरले २२४४ मत पाउनुभएको छ भने एसका माइतीराजले १८०८ मत र एमालेका कृष्णकुमार राईले १७४४ मत पाउनु भएको छ । उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी हुनुभएको छ । नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा जनता समाजवादीका राईले १९८३ मत ल्याएर विजयी हुनुभएको हो । एमालेकी उम्मेदवार मैया सुनुवारले १७६१ मत र काग्रेसकी राधा पुरीले १७४५मत पाउनु भएको छ । केपिला...
बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

बराहपोखरी गाउँपालिका अध्यक्षमा पुनः कांग्रेसका बन्जरा, उपध्यक्षमा एसका राई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको बराहपोखरी गाउँपालिकामा पुनः शालिकराम बन्जरा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचितहुनुभएका बन्जरा थप पाँच वर्षे कार्यकालकोलागि निर्वाचित हुनुभएको हो । गठबनधनको तर्फबाट बन्जराले ३ हजार १ सय ८१ मत पाएर विजयी हुँदा एमालेकी गोमा मगरले २ हजार ३ सय ३० मत पाउदै पराजित हुनुभएको छ । मगर गाउँपालिका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका भुवलराज राई निर्वाचित हुनुभएको छ । राईले २ हजार ६ सय ९४ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका जीवन राईले २ हजार २ सय ९५ मत पाउनु भएको छ । बराहपोखरी गाउँपालिका अध्यक्ष : शालिकराम बन्जरा (कांग्रेस) उपाध्यक्ष : भवलराज राई (एस) १ नम्बर वडाध्यक्ष ढकबहादुर कार्की (कांग्रेस) २ नम्बर वडाध्यक्ष पदम मगर (माओवादी) ३ नम्बर वडाध्यक्ष ताराकान्त राई (एमाले) ४ नम्बर वडा...
ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

ऐँसेलुखर्क गाउँपालिकाअध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ । पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी भुजेलले २ हजार ५ सय ९५ मत पाउनु भएको छ । ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष : गिरेन्द्र बहादुर राई (ए...