Saturday, October 24News That Matters

स्थानीय

जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ १२ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण भएको बताइरहँदा एमालेले भने टंकसहितको संलग्नतामा एमाले जालपा वडा कमिटी सदस्य पूर्णबहादुर राईमाथि आक्रमण भएको दाबी गरेको छ । ‘...केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा गर्दछौँ,’ नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘...
खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

खोटाङमा जडिबुटीसहित ट्रक प्रहरीको नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ९ । खोटाङमा बिभिन्न जडिबुटीसहित ट्रकलाई प्रहरीले पक्राउ गरेको छ । हलेसी ट्राफिक चोकमा सवारीसाधन जाँच गर्नेक्रममा आज (सोमबार) साझँ ६ बजे जडिबुटी सहित ट्रकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङबाट अन्यन्त्र जिल्ला जादै गरेको बागमती प्रदेश ०१–००६ ख ३३४७ नम्बरको ट्रकमा दरपीठ नभएको बिभिन्न जडिबुटीहरु फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्रकसँगै, ट्रक चालक, सामान धनिलाई समेत पक्राउ गरी आवश्यक कारवाहिकालागी डिभिजन वन कार्यालय खोटाङमा पठाइएको प्रहरीले जनाएको छ ।...
खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
पवन खड्का खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचन, २०७९ मा सबैभन्दा बढी पालिकाको प्रमुख, उपप्रमुख र वडाको अध्यक्ष जितेर नेपाली कांग्रेस खोटाङको पहिलो दल बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहको प्रमुख, ३ स्थानीय तहको उपप्रमुख र २७ वडाको अध्यक्ष जितेर दोस्रो बनेको कांग्रेस यसपटक ६ स्थानीय तहको प्रमुख, ४ स्थानीय तहको उपप्रमुख र ३२ वडाको अध्यक्ष जितेर पहिलो बनेको हो । कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजावदी पार्टी (जसपा) सँग गठबन्धन गरेर जितेको हो । वडाको अध्यक्ष भने धेरैमा एक्लै लडेर र थोरैमा गठबन्धन गरेर जितेको हो । गत निर्वाचनमा १ पालिकाको प्रमुख र १२ वडाको अध्यक्ष जितेर तेस्रो बनेको माओवादी यसपटक दोस्रो भएको छ । यसअघि ५ स्थानीय तहको प्रम...
हलेसी तुवाचुङमा कुनै दलसँग गठबन्धन नगरेको जसपाको स्पष्टोक्ति

हलेसी तुवाचुङमा कुनै दलसँग गठबन्धन नगरेको जसपाको स्पष्टोक्ति

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ५ । जनता समाजवादी पार्टी (जसपा) हलेसी तुवाचुङ नगर समितिले स्थानीय तहको निर्वाचन, २०७९ मा हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ । पार्टीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एक्लै चुनावमा लडेको जनाएको हो । हलेसी तुवाचुङ नगरपालिकामा आ–आफ्ना उम्मेदवार उठाए पनि माओवादीले एमालेलाई मेयरमा र एमालेले माओवादीलाई उपमेयरमा भोट माग्दै हिँडेको खुलेको थियो । यसमा एकीकृत समाजवादीले पनि सघाएको बताइएको थियो । पछि जसपाले पनि तीन दलसँग तालमेल गरेको भन्ने समाचार आएका थिए । जसपाले त्यसमा कुनै सत्यता नभएको बताएको हो । “हलेसी तुवाचुङ नगरपालिका–८ मा जसपा नेपालले आफूलाई अध्यक्ष पदमा स्वीकार गर्ने अन्तर दललाई २/२ सदस्य दिई स्थानीय तहको नेतृत्वका सहजतामा तालमेल गरी एकअर्कामा सहयोग गरागर गर्ने भनी सहमति बन्यो,” जसपा हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष मविन्द्र राई र स...
हलेसीमा कांग्रेसविरुद्ध चारदलीय गठबन्धनको पनि पिताम चलेन, मेयरमा विमला, उपमेयरमा रमेश

हलेसीमा कांग्रेसविरुद्ध चारदलीय गठबन्धनको पनि पिताम चलेन, मेयरमा विमला, उपमेयरमा रमेश

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा विमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। विमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए। खडेन्द्र नगरप्रमुखमा दोस्रोपटक पटक पराजित भएका हुन्। विमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए। माओवादीका हरि गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्। विमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईला...
दिक्तेलको मेयरमा कांग्रेसका भट्टराई र उपमेयरमा माओवादीका राई भारी मतान्तरले विजयी

दिक्तेलको मेयरमा कांग्रेसका भट्टराई र उपमेयरमा माओवादीका राई भारी मतान्तरले विजयी

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ४ । खोटाङ जिल्लाको सदरमुकाम रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट मेयरमा कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई भारी मतान्तरले विजयी भएका हुन् । मेयरमा विजयी भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार आचार्यलाई ४,३९३ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । भट्टराईले ११,३८९ मत ल्याउँदा आचार्यले ६,९९६ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयर पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले ४०५ र खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) का मेयर पदका उम्मेदवार सुवास राईले ४८ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनएको छ । उपमेयरमा विजयी विशनले निकटतम प्रतिस्पर्धी एमालेकी व...
खसेको मत विवरण भन्दा २२ मत कम भएपछि हलसी तुवाचुङमा विवाद

खसेको मत विवरण भन्दा २२ मत कम भएपछि हलसी तुवाचुङमा विवाद

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खसेको मत भन्दा २२ मत कम भेटिएपछि मत गणना स्थगीत भएको छ । नगरपालिकाको ८ नम्बर वडा धितुङमा कुल १ हजार १ सय ४३ मत खसेको भनिएको थियो । तर गणना गर्न मतपेटिका खोल्दा २२ मत नपुगेपछि विवाद भएर गणना रोकिएको छ । सुरुमा मतपत्रमा रेजा लगाइएपनि २२ मत नखसेको कारण हिसाब नमिलेको मुख्य निर्वाचन अधिकृत संगिता न्यौपाने ढुंगेलले बताउनुभयो । तर मतपत्र भने नहराएको उहाँले भनाइ छ । २२ मतपत्र नभएपछि यतिबेला सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकाको सहमती पश्चात सो वडाको मत गणना सुरु गर्ने उहाँको भनाइ छ । वडा नम्बर ८ धितुङको गणना रोकिएपनि ५ नम्बर वडा दुर्छिमको मत धमाधम गणना भइरहेको छ । वडा नम्बर ६, ७ र ८ को मत गणना बाकी हुँदा नेकपा एमाले र माओवादी केन्द्र बिच भएको गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । फेसबुक पेजमा म...
खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

खोटेहाङमा एमालेको गढ तोडियो, अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ ३ । एमालेको गढ मानिएको संघीय सांसद तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गत निर्वाचनमा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष दुुवै जितेकोमा यसपटक दुवैमा हार बेहोरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको चारदलीय गठबन्धनबाट अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् । अध्यक्षमा विजयी उदिमले निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईलाई ३८ मतले हराएका हुुन् । उदिमले ३७२८ मत ल्याएर विजयी हुँदा कविता ३६९० मत प्राप्त गरी पराजित भएकी छन् । अध्यक्षमा पराजित एमालेकी कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३७३७ र पराजित एमालेका राजन बञ्जाराले ३३१० मत ल्याएका छन् ।...
रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रावाबेसी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३ । खोटाङको रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको हो । श्रेष्ठले २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका हरी पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गुरुङले २ हजार २ सय ५७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका लिलानारायण श्रेष्ठले २ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । यस्तै पालिका अध्यक्षका अर्का उम्मेद्वार जनता समाजवादी पार्टीका मोहन गुरुङले २ सय १२ मत प्राप्त गर्नुभएको छ । रावाबेसी गाउँपालिका अध्यक्ष : फट्टिक कुमार श्रेष्ठ (कांग्रेस) उपाध्यक्ष : कौशीला गुरुङ (एमाले) १ नम्बर वडाध्यक्ष गेहेन्द्रमान राई (कांग्रेस) २ नम्बर वडाध्यक्ष डोलराज बस्नेत (कांग्रेस) ३ नम्ब...
हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

हौँचुरमा एमालेको किल्ला तोडियो, वडाध्यक्षमा कांग्रेसका चिरनजीवि कार्की विजयी

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको वडाध्यक्षमा नेपाली कांग्रेसका चिरनजीव कार्की विजयी हुनुभएको छ । एमालेले आफ्नो किल्ला मान्ने हौँचुरमा कांग्रेस विजयी भएको हो । यस अघि भएका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो भने कांग्रेसले पहिलो पटक जितेको छ । वडाध्यक्षमा कांग्रेस र वडा सदस्यमा भने एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । वडाध्यक्षमा कार्कीले ४५२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका यज्ञनारायण श्रेष्ठले ४४१ मत पाउनु भएको छ । पराजित श्रेष्ठ निर्वतमान वडाध्यक्ष हुनुहुन्छ । यस्तै रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फट्टिक कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको छ ।...