वराहपोखरी–१ मा एमालेको किल्ला तोडियो, कांग्रेसको प्यानल नै विजयी
✍️पवन खड्का
खोटाङ, जेठ २ । खोटाङको वराहपोखरी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको किल्ला तोडिएको छ । विगत २८ वर्षदेखि एकछत्र राज गर्दै आएको एमाले संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचनमा पराजित भएको हो ।
यस वडामा २०७४ सालमा भएको निर्वाचनमा एमालेको सिंगो प्यानल विजयी भएकामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । निकै प्रतिस्पर्धात्मक हुने अनुुमान गरिएको निर्वाचनमा कांग्रेसले यसपटक फराकिलो मतान्तरले एमालेलाई पराजित गरेको छ । गत निर्वाचनमा एमालेका टंककुमार मगर ६२६ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । कांग्रेसका ढकबहादुर कार्कीले ५३३ मत ल्याएका थिए । गत निर्वाचनमा ९३ मतले वडाध्यक्ष हारेको कांग्रेस यसपटक फराकिलो मतसहित सिंगो प्यानल विजयी गराउन सफल भएको छ ।
यस वडामा कांग्रेसका कार्की पुनः वडाध्यक्ष उठेका थिए । गत निर्वाचनमा हार बेहोरेका उनी यसपटकको निर्...









