Saturday, April 18News That Matters

स्थानीय

खोटाङमा ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

खोटाङमा ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेर चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म जिल्लाका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएको हो । कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा गरी ७ सय ११ खोप केन्द्र निर्धारण गरिएको र १ हजार ४ सय ४२ जना स्वयंसेवक र ७ सय २७ जना खोप कार्यकर्ता परिचालन गरिने बताउनुभयो ।...
कांग्रेसको घोषणापत्र तयारी समितिमा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष राई मनोनीत

कांग्रेसको घोषणापत्र तयारी समितिमा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष राई मनोनीत

ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत २१ । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई मनोनीत हुनुभएको छ । गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समति’ गठन गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिमा सोमबार थप २७ जना मनोनीत गर्दा राई पनि समितिको सदस्यमा अटाउनुभएको हो । समितिमा मनोनीत राई नेपाली कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत हुनुहुन्छ ।...
जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, २१ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.०१–०५–००१ ख ००२१ नम्बरको बस आइतबार गाउँपालिकाको वडा नं. ५, चिसापानी बजार पुगेको हो । उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलोपटक उक्त स्थानमा बस पु-याउनुभएको हो । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र सहचालक पर्शुराम श्रेष्ठलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए । जन्तेढुंगा गाउँपालिकाको २१ लख बजेटमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाना सावाखोलादेखि चिसापानीसम्म सडकको ट्रयाक खोलिएपछि चिसापानीमा बस आएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो । तत्काल नियमित सञ्चालन भने नहुने चिसापानीमा पहिलोपटक बस पुगेको भए पन...
१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

Banner News 3, अर्थ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २१ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ । चैत १ गते देखि १८ गते सम्मको अवधिमा ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको छ । संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको छ । बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो । यस्तै धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङल...
जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २० । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र वडा नं. ३ काहुलेमा एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।काहुलेको हुमापोखरीमा रहेको नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक हप्ताभन्दा बढी समयदेखि उक्त क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएको नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । “नेटवर्क नहुँदा एक हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा फोन नलाग्ने समस्या छ,” विष्टले भन्नुभयो, “खासगरी बोपुङ र काहुले प्रत्यक्ष प्रभावित भएका छन् ।” सञ्चार जस्तो अत्यावश्यकीय सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ढिला गरिरहेको विष्टको भनाइ छ । यता नेपाल दूरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले भने टावर मर्मतका लागि प्राविधिकको टोली खटाइसकिएको बताउनुभयो । समस्याको कारण पत्ता लगाई प्राविधिकको टोलीले चाँडै समाधान गर्ने उह...
दुवेकोल र हौँचुरमा महिनाको दुई दिन निशुल्क आयुर्वेदिक औषधि

दुवेकोल र हौँचुरमा महिनाको दुई दिन निशुल्क आयुर्वेदिक औषधि

Banner News 2, ताजा अपडेट, स्थानीय
प्रेम श्रेष्ठ खोटाङ, चैत १७ । रावाबेसी गाउँपालिकाका दुई वटा वडामा महिनाको दुई दिन सञ्चालन हुने गरी (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको छ । गाउँपालिकाको आयोजना र खार्पा थुम्की आयुर्वेद औषधालयको संयोजनमा वडा नम्बर–५ दुबेकोल र ६ हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम) सुरु भएको हो । पहिलो दिन चैत १५ गते दुबेकोलबाट कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै दोस्रो दिन चैत १६ गते हिजो हौँचुरमा सो कार्यक्रम सञ्चालन भएको छ । अव प्रत्येक महिनाको १५ र २९ गते दुवेकोलमा, १६ र ३० गते हौँचुरमा (नागरिक आरोग्य सेवा कार्यक्रम)ले त्यहाँका नागरिकलाई सेवा दिने हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । (नागरिक आरोग्य सेवा कार्यक्रम) अन्तरगत योग तथा स्वास्थ्य परामर्शसँगै बिभिन्न रोगहरुको आयुर्वेदिक औषधि निशुल्क प्रदान गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।...
ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

खेलकुद, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत १६ । राष्ट्रिय युवा संघ ऐँसेलुखर्कले आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला भलिबलको उपाधि आयोजक ए समुहले जितेको छ । उपाधिसँगै पुरुष समुहले रु ५० हजार र महिला समुहले रु ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै पुरुष तर्फ दोस्रो, आयोजक ए, तेस्रो राष्ट्रिय युवा संघ रावाबेसी र चौथो तरुण दल महेस्वरी भएका छन् । उनिहरुले क्रमस रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ दोस्रो नेपाली कांग्रेस बाकाचोल, तेस्रो मिलिजुली संयुक्त लोखिम र चौथो बाकाचोल संयुक्त समुह भएका छन् । उनिहरुले क्रमस रु २० हजार, १० हजार र ७ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै ब्याटमिन्टन तर्फ हुलास गुरुङ र महेश बिश्वकर्माको समुह प्रथम, भुमिनन्द राई र दिपेश राईको स...
धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ८० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले आज कार्यक्रम नै आयोजना गरेर महिला र पुरुष गरी ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ७३ वर्षमाथिका पुरुष र ७० वर्ष माथिका महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको धितुङका वडाध्यष पृथ्वीराज राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाक मेयर इवन राई र उपमेयर विमला राईले दोसल्ला आढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसमेत गरिएको छ । स्वास्थ्य चौकी धितुङका स्वास्थ्यकर्मीलाई बोलाएर सम्मान कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकको रक्तचाप जाँच गरिएको वडाध्यक्ष राईले बताउनुभयो । दुर्छिममा महिलालाई बुटिक तालिम हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा महिलालाई बुटिक सम्बन्धी सीप विकास तालिम प्रदान गर्न थालिएको छ । गरिबी निवारणका लागि लघु उद...
धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र र सम्पर्क वडा कार्यालय सञ्चालन

धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र र सम्पर्क वडा कार्यालय सञ्चालन

Banner News 1, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत १६ । खोटाङको रावाबेसी गाउँपालिका–४ स्थित धारापानीमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन निर्माण सम्पन्न पश्चात मंगलबार औपचारीक कार्यक्रममा बीच भवनको उद्घाटन भएसँगै आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै डुम्रेधारापानीको साविक ६,७,८ र ९ नम्बर वडाका नागरिकले अव आधारभुत स्वास्थ्य उपचारको सेवा घर नजिकबाट पाउने वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । वडाध्यक्ष पाण्डेले भन्नुभयो “ती साविका ४ वटा वडाका नागरिकलाई देउरालीमा रहेको डुम्रे स्वास्थ्य चौकी पुग्न २÷३ घण्टा हिड्नु पर्ने बाध्यता थियो । धारापानीमै स्वास्थ्य केन्द्र सञ्चालनमा आएपश्चात त्यहाँका करीब २ सय ५० घरपरिवारले अव घर नजिकैबाट स्वास्थ्य सेवा पाउने छन् ।” यस्तै धारापानीमा आधारभुत स्वास्थ्य केन्द्रसँगै सम्पर्क वडा कार्यालय पनि खोलिएको छ । “वडा कार्यालय टाढा रहेकाले ना...
खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिको महँगो चार पांग्रे गाडिमा मोह भएपनि केही जनप्रतिनिधिले गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङ जिल्लाका चार स्थानीय तहका जनप्रतिनिधिले चार पांग्रे गाडि खरिद गरेका छैनन् । गाडि खरिद नगर्ने स्थानीयतहहरुमा वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चार पांग्रे गाडी खरिद नगरेका जिल्लाका चार पालिकाका अध्यक्ष र उपाध्यक्षले मोटरसाइकल भने खरिद गरेका छन् । सेवा दिन नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरिएको उहाँहरूले बताउनुभएको छ । “एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपि...