Saturday, October 24News That Matters

स्थानीय

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ४३.४९ प्रतिशत

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ४३.४९ प्रतिशत

Banner News 3, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १६ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको अवधिमा ४३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकामा विनियोजित कुल बजेट ५८ करोड १६ लाख २८ हजार ४ सय ५० मध्ये अहिलेसम्म २५ करोड २९ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको हो । दुर्छिमस्थित होलेसुङ रिसोर्टमा सम्पन्न १० औं हिउँदे नगर सभामार्फत उक्त विषयको जानकारी दिइएको हो । नगरसभाबाट २० वटा योजनाहरू संशोधन गर्दै रकमान्तर गरिएको छ । चार ऐन पारित यस्तै नगर सभाले चार वटा ऐन पारित गरेको छ । नगर सभामा पेश भएको वन व्यवस्था ऐन–२०७८, संस्था ऐन–२०७८, हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत कर्माचारीहरूको समायोजन गर्न बनेको ऐन–२०७८ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन–२०७८ पारित भएको हो । सबै प्रस्ताव पारित नगरपालिकाभित्रका स्वास्थ्य स्वयंसेविकाहरूले तलब भत्ता वृद्...
धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङले स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरेको छ । वडा कार्यालयले वडाका ८ वटा महिला आमा समूहलाई प्रति समूह १/१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति परिवार १/१ वटा फिल्टर प्रदान गरेको हो । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको उपस्थितिमा मिल र फिल्टर वितरण गरिएको धितुङका वडाध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो । वडाले विनियोजन गरेको ४ लाख बजेटबाट मिल र २ लाख ५० हजार बजेटबाट फिल्टर खरिद गरी वितरण गरिएको हो । महिलाहरूको दैनिक घरायसी काममा कार्यबोझ घटाउन मिल र अति विपन्न वर्गका दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...
बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय

बाल विकास शिक्षकलाई १५ हजार तलब दिने हलेसी तुवाचुङको निर्णय

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १४ । खोटाङको हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र विद्यालयका कर्मचारीलाई १५ हजार तलब दिने निर्णय गरेको छ । हिजो (शुक्रबार) बसेको नगर कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको हो । संघिय सरकारले दिने ८ हजारमा ७ हजार थपेर चैतबाट निकासा हुनेगरी १५ हजार तलब दिने निर्णय भएको नगरपालिकाकले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बालविकास शिक्षक र कार्यालय सहयोगीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार हलेसी तुवाचुङ नगरपालिकाले तलब बृद्धि गर्ने निर्णय गरेको नगरपालिकाकले जनाएको छ । सरकारले तोके अनुसारको तलब बृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका कार्य समितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । दश स्थानीय तह रहेको जिल्लाका केहि स्थानीय तहले मात्र अहिलेसम्म सरकारले तोके अनुसारको ...
विद्युत भोल्टेज बढाउन बुइपादेखि दिक्तेलसम्मको तार अपग्रेड धमाधम

विद्युत भोल्टेज बढाउन बुइपादेखि दिक्तेलसम्मको तार अपग्रेड धमाधम

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १४ । नेपाल विधुत प्राधिकरण दिक्तेलले बुइपा सव स्टेसनदेखि दिक्तेलसम्मको तार अपग्रेड गरिरहेको छ । विद्युतको भोल्टेज बढाउन र प्राविधिक चुहावट घटाउनकोलागि तार को साइज बढाउने (अपग्रेड गर्ने) काम भइरहेको प्राधिकरणले जनाएको छ । दिक्तेल फिडरको ११ के भि लाईनमा अहिले ३० र ५० एमएम एसक्यु साइजको तार रहेको छ । त्यसलाई हटाएर ठुलो मोटो १०० एमएम एसक्यु साइजको तार लागाउने काम भइरहेको छ । जसबाट विद्युतको भोल्टेज बढ्ने, प्राविधिक चुहावट घट्ने र माग अनुसारको विद्युत प्रवाह हुने नेपाल विधुत प्राधिकरण दिक्तेलका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । प्रमुख रेग्मीका अनुसार अहिलेसम्म करीब ३ किलोमिटरसम्मको तार फेरिएको छ । दिक्तेलबाट बुइपासम्मको तार फेर्न अझै ८/९ दिन लाग्नेछ । बिशेषगरी शनिबार र अन्य दिनपनि ग्याप राख्दै काम भइरहेकाले काम भएको समयमा बुइपादेखि दिक्तेलसम्मको विद्युत आपुर्ती बन्द हुने प्रमुख...
गंगोदय माविको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालय उद्घाटन

गंगोदय माविको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालय उद्घाटन

ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १३ । रावाबेसी गाउँपालिका ५ दुवेकोल स्थीत गंगोदय माध्यमिक विद्यालयको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालयको उद्घाटन गरिएको छ । रोटरी क्लब अफ द हिमालय गोर्खाज युकेले निर्माण गरेको भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरेको विद्यालयले जनाएको छ । गोर्खाज युकेको १५ लाख लगानिमा विद्यालयको २ कोठे भवन र २१ लाख लगानिमा अपाङ्ग मैत्री शौचालय निर्माण भएको हो । निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरेर विद्यालयलाई जिम्मा लगाइएको गंगोदय माध्यमिक विद्यालयका शिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रोटरी कल्व अफ द हिमालयन गोर्खाजका अध्यक्ष सत्त बहादुर गुरुङ, बिशेष अतिथीको रुपमा गोर्खाजका जिल्ला प्रतिनिधि राजेश थापा र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला लगायत रहनुभएको थियो ।...
हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १३ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिधार्मिक स्थल हलेसी मन्दिरको आम्दानीमा उच्च गिरावट आएको छ । गत तीन आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै हलेसी सूचना केन्द्रले मन्दिरको वार्षिक आम्दानी घटेको जनाएको हो । सूचना केन्द्रका प्रमुख सयन्द्र राईले मन्दिरबाट तीन आर्थिक वर्षको अवधिमा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५, २०७६/०७७ मा ५३ लाख ८९ हजार ८ सय ६९ र २०७७/०७८ मा ५१ लख २८ हजार ४ सय ४ रुपैयाँ गरी तीन आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ भेटी संकलन भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ मा भन्दा १ सय ९ प्रतिशत बढी आम्दानी भएकोमा त्यसपछिका दुई वर्ष आम्दानी घटेको देखिएको छ । कोरोना महामा...
लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १२ । खोटाङको सबै भन्दा पुरानो लामीडाँडा विमानस्थल यतिबेला काम बिहिन बनेको छ । जिल्लाको रावाबेसी गाउँपालिका–३ लामीडाँडाामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको विमानस्थल अहिले काम बिहिन बनेको हो । कच्ची लामीडाँडा विमानस्थललाई पक्की बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रु ६ करोड ३४ लाख बजेट बिनियोजन गरेपछि निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुमा गरेको सम्झौता अनुसार काम सम्पन्न नभएपछि पुनः म्याद थप गरेर विमानस्थल स्तरोन्नति पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको थियो । कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए । तर स...
दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ११ । रावाबेसी गाउँपालिका–५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले पोशाक निःशुल्क पाएका छन् । वडाभित्रका ७५ वर्षमाथिका वृद्धवृद्धालाई ऊनको स्वेटर र टोपी, विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो । वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडासचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वेटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती प्राथामिक विद्यालय र बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो । हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलान...
एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ११ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह गरिएको छ । नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला कमिटीले सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा सडक जनमत संग्रह गरेको हो । संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता पारश विराटले जानकारी दिनुभयो । मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत दिएका थिए भने १ मत बदर भएको थियो । संग्रह गरिएको जनमतसहित जिल्ला प्रशासन कार्यालमार्फत भोलि सरकारलाई ज्ञापनपत्र पठाइने अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताउनुभयो ।  एमसीसीका कतिपय बुँदा र...
हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १० । हलेसी तुवाचुङ नगरपालिकाले ३ कृषक समुह र १३ वटा आमासमूहलाई विद्युतीय कुटानी पिसानी मिल प्रदान गरेको गरेको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत नगरपालिकाले विनियोजन गरेको बजेटबाट मिल खरिद गरी आज नगरपालिकामा आयोजित कार्यक्रमका बीच मिल हस्तान्तरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । घरायसी काममा महिलारूको कार्यबोझ घटाउने उद्देश्यले विद्युतीय मिल सहयोग गरिएको मेयर इवन राईले बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकामा निवेदन दिएकाहरूमध्येबाट छनोट गरी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट महिलाहरूको दैनिक घरायसी काममा श्रम कम पर्ने र समयको पनि बचत हुने मेयर राईको विश्वास छ ।...