विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि
खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन ।
आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ ।
वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास ग...









