Friday, August 28News That Matters

समाज

गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?

गाडी हिँड्न रोक लगाउने की सडक स्तरोन्नती गर्ने ?

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
दमन राई खोटाङ, फागुन १२ । । खोटाङको साकेला गाउँपालिकाको गत माघ २८ गतेको कार्यपालिका बैठकले १० चक्के मालवाहक ट्रकलाई गाउँपालिका प्रवेशमा रोक लगाउने निर्णय गर्यो । उत्तिसका काठ बोक्न भित्र्याइएका हेभीवेट गाडीले कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले २० टन क्षमताको ट्रकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सो सुचनाको बेवास्ता गर्दै साकेला गाउँपालिका–३ खिदिमाको पुङमा पुगेर काठ लोड गर्दै गरेको अवस्थामा गाउँपालिकाले फागुन ३ गते प्रदेश १–०२–००१ ख ९९७६ नम्बरको १० चक्के ट्रकलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर २० हजार जरिवाना गरेको थियो । ठूलो भार क्षमताको गाडीले सडकमा क्षती पुर्‍याएका कारण १० चक्के गाडी प्रवेशमा रोक लगाइएको साकेला गाउँपालिका उपाध्यक्ष बिर्सीका राई बताउँछिन् । “१० चक्के गाडीबाट बाटोमा एकदमै ठूलो क्षति भयो । त्यही भएर प्रवेशमा रोक लगाइएको हो,” उपाध्यक्ष राईले भनिन्, “बाटो ...
उपचार अभावहुँदा खोटाङमा एक महिला काठको खोर भित्र दर्दनाक अवस्थामा

उपचार अभावहुँदा खोटाङमा एक महिला काठको खोर भित्र दर्दनाक अवस्थामा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १२ गते । उपचार अभावमा खोटाङमा एक महिला खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घर परिवारको आर्थिक अवस्था कमजोर भएपछि तत्काल उपचारको लागि लान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ३० वर्षिया फुर्दिकु शेर्पा खोरमा थुनिएकी हुन् । डेढ महिना अघिसम्म शेर्पाको दैनिकी सामान्य थियो । तर, अचानक उनको बानी व्यवहारमा परिवर्तन आएपछि अहिले आगनमा काठको खोर बनाएर परिवारले उनलाई थुनेर राखेका छन् । भेटिएको जो कसैलाई ढुङ्गा र हतियारले आक्रमण गर्ने, सामानहरु फुटाइदिने, घर परिवारका सदस्यलाईसमेत आक्रमण गरेपछि बाध्य भएर थुनेर राखिएको बुवा पेमा शेर्पाले बताउनुभयो । घरको आगनमा काठले बारेर सानो खोर बनाइएको छ । सोही खोर भित्र महिलालाई राखिएको छ । समय समयमा खाना खाजा उनलाई खोर भित्रै परिवारका सदस्यले दिने गरेका छन् । हाल खोर भित्रै गीत गाउने, नाच्ने कपडाहरुलाई आफ्नो ...
टेकमाइन इन्टरनेटको लापारबाहिको यो हद, वडा कार्यालयको सेवासमेत प्रभावित

टेकमाइन इन्टरनेटको लापारबाहिको यो हद, वडा कार्यालयको सेवासमेत प्रभावित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ६ गते । टेकमाइन इन्टरनेटको लापारबाहिको कारण खोटाङमा सरकारी कार्यालयदेखि विभिन्न संघ संस्थाहरुको सेवा प्रभावित बनेको छ । नेट जडान गरेर मर्मतमा टेकमाइन कम्पनीले ध्यान नदिदा कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावित भएको हो । बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले स्थानीय तह तथा कार्यालयहरुमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे वडा कार्यालयमा माघ २५ गतेदेखि इन्टरनेट नचल्दा सेवा प्रभावित भएको वडाध्यक्ष सुनिल राई बताउनुहुन्छ । बसाइँसराइ, जन्मदर्ता, जग्गाको तिरो तिर्ने, पञ्जिकरणका कामहरु सबै अनलाइनबाट हुने गरेको छ । तर वडा कार्यालयमा इन्टरनेट नचल्दा सेवा प्रभावित भएको उहाँको भनाइ छ । ‘नागरिकह...
कार्य सम्पादनमा खोटाङ जिल्लामा हलेसी तुवाचुङ सबै भन्दा उत्कृष्ट

कार्य सम्पादनमा खोटाङ जिल्लामा हलेसी तुवाचुङ सबै भन्दा उत्कृष्ट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २९ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तह मध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट देखिएको छ । दश स्थानीय तह रहेको यस जिल्लामा सबै भन्दा धेरे अंक ल्याएर हलेसी तुवाचुङ प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार हलेसी तुवाचुङले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनमा १०० पुर्णाङ्कमा ८६.७५ अंक पाएको हो । संघीय सरकारले आउँदो आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहलाई विनियोजन गर्ने ससर्त र निसर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दै आएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमुल्यांकन गराउँदै आ...
खोटेहाङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

खोटेहाङ गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २९ । खोटाङको खोटेहाङ गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निर्णय अनुसार फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी तथा गैर सरकारी कार्यालय एवं संघ संस्थाहरु बन्द हुनेछन् । गाउँपालिकाले निर्माण गरेको वार्षिक शैक्षिक पात्रोमानै जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा उल्लेख गरिएको छ । सोही अनुसार बिदा दिइएको गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । देशमा जनयुद्धको जगबाट हालको व्यवस्था अर्थात परिर्वतन आएकाले जनयुद्धमा साहदत प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष राईको भनाइ छ । जिल्लाका अन्य ९ स्थानीय तहले भने बिदा दिएका छैनन् । गृह मन्त्रालयले पनि सूचना जारी गर्दै फागुन १ गते...
खोटाङमा बिरामी मार्ने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ

खोटाङमा बिरामी मार्ने नक्कली डाक्टर ११ वर्षपछि पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, माघ २९ । नक्कली प्रमाण–पत्रधारी स्वास्थ्यकर्मीलाई कर्तव्य ज्यान मुद्धामा ११ वर्षपछि पक्राउ गरिएको छ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित हलेसी पोलीक्लिनिकमा उपचारका क्रममा लापरवाहीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको मृत्यु भएको भन्दै मृतक परिवारले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जिवानन्द मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नक्कली प्रमाणपत्र बोकेर मेहताले ‘डाक्टर हुँ’ भन्दै उपचार गर्ने गरेका थिए । पोलीक्लिनिकमा उपचार गराउन आएका बाम्राङका राईको २०६९ फागुन १७ गते साँझ मृत्यु भएको थियो । पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएको पाँच मिनेटपछि बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त देबीसरा राईले २०६९ चैत्र १४ गते मेहता विरुद्ध किटानी जाहेरी दिएका थिए ...
रावा बेसी गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनीक भवन शिलान्यास

रावा बेसी गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनीक भवन शिलान्यास

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २२ । खोटाङको रावा बेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनीक भवन निर्माण गर्न सुरु गरेको छ । करीब ५ करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो । यस अघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । रु ४ करोड ७६ लाख १६ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिका सञ्चालन भइरहेको ट्रस्ट भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । ट्रस्ट भवन भत्काइएपछि सभाहलको लागि निर्माण गरिएको भवनमा कोठा बारेर गाउँपालिका सञ्चालन गरिएको छ । स्वास्थ्य शाखा भने नजिकै ब्यक्तिको घरको एक कोठा भाडामा लिएर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभयो । ३०...
दिक्तेल रुपाकोटमा कृषि एम्बुलेन्स सञ्चालन, कृषकलाई सहज

दिक्तेल रुपाकोटमा कृषि एम्बुलेन्स सञ्चालन, कृषकलाई सहज

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । नगरपालिकाले आइतबारबाट कृषकको सहजताका लागि कृषि एम्बुलेन्स सुरु गरेको जनाएको छ । कृषि एम्बुलेन्स सञ्चालनको पहिलो दिन नगर प्रमुख तीर्थ राज भट्टराई, उपप्रमुख विसन राई लगायतको टोली वडा नम्बर ११ खार्मी पुगेर कृषि उपज बजार ल्याएका छन् । खार्मीस्थित सोति कृषि तथा पशुपंक्षी वहुउद्श्यीय फर्मको तरकारी दिक्तेल बजार ल्याइएको हो । कृषि एम्बुलेन्समार्फत ल्याइएको कृषि उपज नगरपालिकाले निःशूल्क प्रदान गरेको बिउबाट उत्पादन भएको कृषि फर्मका अध्यक्ष हर्कराज राईले बताउनुभयो । वार्षिक भाडा तिर्ने गरी उक्त कृषि समुहले जग्गा भाडामा लिएर सामुहिक कृषि खेती सुरु गरेको छ । नगरपालिकाले बजारसम्म निःशूल्क ल्याउने व्यवस्था गरिदिदा सहज भएको अध्यक्ष राईको भनाइ छ । चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमासमेत ...
विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

विदेश पठाउने बहानामा पाँच वर्ष अघि ठगिएका ६ जनाले अझै रकम फिर्ता पाएनन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १९ गते । पाँच वर्ष अघि ठगिएका खोटाङका ६ जना ब्यक्तिले अझै पनि रकम फिर्ता पाएका छैनन् । विदेश पठाइदिन्छु भन्दै खोटाङ सोल्माका प्रेम पुरीले उनिहरुसँग रु ८ लाख ९५ हजार लगेका थिए । विदेश पठाइदिने बहानामा रकम लिएर फरार भएका पुरीले हालसम्म रकम फिर्ता गरेका छैनन् । २०७५ सालमा पुरीले दुबइको सेराटन होटलमा पठाइदिने भन्दै दिक्तेलका इन्द्र बहादुर खड्का (माइकल), कर्ण बहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट रु ५०–५० हजार र सोम बहादुर भण्डारीबाट रु ३५ हजार लिएका थिए । दिक्तेलकै बाबुराम खड्काबाट जापान पठाइदिन्छु भन्दै रु ६ लाख ६० हजार लिएका थिए । तर पुरीले विदेश नपठाइ रकम लिएर फरार भएको पीडितहरुको गुनासो छ । उनिहरुले आईएमई र मोबाइल बैंकिङमार्फत पुरीलाई रकम पठाएका थिए । उक्त पैसा पठाएको रकमको प्रमाणसहित सम्बन्धित निकायहरुमा लामो समयदेखि धाए पनि रकम फिर्ता नपाएको उनिहरुको दुखेसो छ । खोटा...
६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

६ महिनामा खोटाङका ४ हजार बढी नागरिक विदेश गए

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १८ । चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म खोटाङबाट ४ हजार बढी नागरिक विदेश गएका छन् । साउनदेखि पुषसम्म ६ महिनामा ४ हजार १ सय ६६ जनाले वैदेशिक रोजगारीकालागि श्रम स्वीकृति लिएका हुन् । साउनमा ६६५ जना, भदौमा ६७२ जना, असोजमा ७२७ जना, कात्तिकमा ४५४ जना, मंसिरमा ८२३ जना र पुषमा ८२५ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रबाशन सामी कार्यक्रमले जनाएको छ । जसमा महिला ३९२ र पुरुष ३ हजार ७७४ जना रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जिल्लाका ९ हजार ८०६ जनाले वैदेशिक रोजगारिको लागि श्रम स्वीकृति लिएको सामी कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार राईले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जानको लागि अन्तिम प्रक्रिया श्रम स्वीकृति हो । जसकारण चालू आर्थिक वर्षको हालसम्म ४ हजार बढी नागरिक विदेश गएको संयोजक राईले बताउनुभयो । उनिहरु प्राय खाडी मुलुक, मलेसीया लगायतका देश गएका छन् । तथ्यांक अनु...