Friday, August 28News That Matters

समाज

खोटाङमा यो वर्ष धान उत्पादन घट्यो

खोटाङमा यो वर्ष धान उत्पादन घट्यो

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङमा यस वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा १ हजार ६ सय १२.७३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा २८ हजार ८ सय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ मा घटेर २७ हजार २ सय ७९.२७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका सूचना अधिकारी सञ्जय कुमार पण्डितले जानकारी दिनुभयो । पशुचौपायमा देखिएको लम्पी स्किन रोगका कारण यस वर्ष धान उत्पादनमा गिरावट आएको उहाँको भनाइ छ । अघिल्लो वर्ष १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष १२ हजार १ सय २४.१२ हेक्टर क्षेत्रफलमा मात्र धान लगाइएको हो । लम्पी स्किन रोग लागेर गोरु मरेपछि शतप्रतिशत क्षेत्रफलमा किसानले धान रोप्न नसक्दा उत्पादनमा कमी आएको सूचना अधिकारी पण्डितले बताउनुभयो । दुई नगरप...
हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने

हलेसीमा आँखा शिविर हुँदै, मोतीविन्दु भएकाहरुको निःशूल्क अप्रेसन गरिने

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निःशूल्क तीन दिने आँखा शिविर सञ्चालन हुने भएको छ । पुस ५ देखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा आँखा सम्बन्धि समस्या भएकाहरुले निःशूल्क उपचार गराउन सक्ने छन् । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा उपस्थित बिरामीहरुको निशुल्क आँखा जाँच हुने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आँखा जाँचबाट मोतीविन्दु तथा माइनर अप्रेसन गर्नु पर्ने बिरामीहरुको छनोट गरी निःशूल्क अप्रेसनसमेत गरिने उहाँको भनाइ छ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क उपलब्ध हुनेछ । ४० वर्ष माथिका ब्यक्तिहरुलाई निःशूल्क रिडिङ चस्मा प्रदान गरिने श्रेष्ठले बताउनुभय...
बालाचतुर्दशी मेलाकालागि सोमबार हलेसी, रावा बेसी र खोटेहाङमा स्थानीय बिदा

बालाचतुर्दशी मेलाकालागि सोमबार हलेसी, रावा बेसी र खोटेहाङमा स्थानीय बिदा

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २४ । खोटाङका तीन स्थानीय तहले सोमबार स्थानीय बिदा दिएका छन् । बालाचतुर्दशीको अवसरमा हलेसी तुवाचुङ नगरपालिका, रावा बेसी गाउँपालिका र खोटेहाङ गाउँपालिकाका धार्मिक स्थलमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको जनाएका छन् । बालाचतुर्दशीको दिन हलेसी तुवाचुङमा अवस्थित सुप्रशिद्ध त्रिधार्मिक तपोभूमि हलेसीमा बृहत् मेला लाग्ने गरेको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि देश विदेशबाट दर्शनार्थीको बाक्लो उपस्थिति रहने गर्छ । सोही अवसरमा स्थानीय बिदा दिइएको नगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ । यस्तै, रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित खोटाङको दोस्रो हलेसीको नामले परिचित जुडिमा पनि बालाचतुर्दशीको दिन भब्य मेला लाग्ने गर्दछ । हरेक बर्षको बालाचतुर्दशीको दिन जुडिमा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले स्थानीय बदा दिएको जनाएको छ । गाउँपालिकाले नि...
खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन

खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २४ । खोटाङमा ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन र मानव अधिकार दिवस संयुक्तरुपमा आइतबार दिक्तेलमा मनाइएको हो । दिक्तेल बजारमा सचेतनामूलक प्रभातफेरी निकाल्दै जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकारको इतिहास र हालको अवस्थाको विषयमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङका प्रमुख गीताकुमारी दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै, जिल्ला प्रहरी कार्यालयकोतर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी निरीक्षक बेनु कार्कीले हाल जिल्लामा शारीरिकरुपमा अशक्त तथा बालबालिकामाथी बढी हिंसा भइरहेको बताउनुभयो । शारीरिकरुपमा अशक्त र १० वर्ष मुनिका बालिकामाथि यौनजन्य हिंसा पछिल्लो समय बढ्दै गएको उहाँको भनाइ छ । लैंगिक हिंसा तथा अन्य जुनसुकै हिंसाका पीडितको पक्षमा भन्दा पिडकको पक्षमा भनसुन धेरै ...
लालुपाते सहकारी : पक्राउ परेका ५ जना धरौटीमा छुटे, ४ जना कारागार चलान

लालुपाते सहकारी : पक्राउ परेका ५ जना धरौटीमा छुटे, ४ जना कारागार चलान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २१ । खोटाङको दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा पक्राउ परेका ९ जना मध्ये ४ जना कारागार चलान भएका छन् । पक्राउ परेका ५ जना भने धरौटीमा छुटेका छन् । खोटाङ जिल्ला अदालतमा १३ मंसिरमा दर्ता भएको ठगी सम्बन्धी कसूरका ३५ प्रतिवादीमध्ये ४ जना बिहीबार कारागार चलान भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो । पुर्पक्षका लागि कारागार चलान हुनेमा सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका भाई सुनिल जोशी, जोशीका श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल रहेका छन् । सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख र सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई ५–५ लाख धरौटीमा छुटेको श्रेस्तेदार खड्काले बताउनुभयो । अन्य प्रतिवादी अदालतमा हाजिर भएप...
हलेसी तुवाचुङले वडामै योजना सम्झौता र बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज

हलेसी तुवाचुङले वडामै योजना सम्झौता र बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा वडामै योजना सम्झौता र बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाहरु सम्बन्धित वडामै सम्झौता भइरहेको हो । सबै उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको नगरपालिकाका योजना शाखामा कार्यरत रमेश श्रेष्ठले बताउनुभयो । योजना सम्झौतासँगै उपभोक्ता समितिको बैंक खाता पनि वडाबाटै खोल्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ११ वटा वडा रहेको नगरपालिकामा हालसम्म ४ वटा वडामा योजना सम्झौता र बैंक खाता खोल्ने काम सकिएको छ । वडा नम्बर १ बाहुनिडाँडामा ५ वटा योजना, वडा नम्बर २ डिकुवामा ७ वटा, वडा नम्बर ३ च्यास्मिटारमा १० वटा र वडा नम्बर ११ राजापानीमा...
धामीझाँक्रीको मात्र भर पर्दा खोटाङमा २४ दिनको बच्चाको ज्यान गयो

धामीझाँक्रीको मात्र भर पर्दा खोटाङमा २४ दिनको बच्चाको ज्यान गयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १४ । खोटाङमा अन्ध विश्वासको कारण २४ दिनको बच्चाको ज्यान गएको छ । धामीझाँक्रीको मात्र भर पर्दा जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पामा २४ दिनको बच्चाको ज्यान गएको हो । बिरामी बच्चालाई निरन्तर ६/७ दिनसम्म परिवारले धामीसँग झारफुक गर्न लगेका थिए । धामीको झारफुकले निको नभएपछि अन्तिम अवस्थामा बच्चालाई हरमटार अस्पताल पु¥याइएको थियो । अस्पताल आइपुग्दा बच्चाको धड्कन बन्द भइसकेको डाक्टर संगम न्यौपानेले बताउनुभयो । अन्ध विश्वासका कारण खार्पा कोइरालेका तेज बहादुर राई र देबिना राईले आफ्नो बच्चालाई गुमाएका हुन् । राई जोडिले कम उमेरमै बिबाह गरेका थिए । देबिनाको उमेर हाल १७ वर्ष मात्र रहेको छ । नियमित गर्भ चाँजसमेत नगराएका उनिहरुले प्रसूतिका लागि पनि वर्थीङ सेन्टरसम्म गएका थिएनन् । घरमै बच्चा जन्माएका उनिहरुले बच्चा बिरामीहुँदा पनि स्वास्थ्य संस्थामा लगेनन् । बच्चा नबाच्ने अवस्थामा पुगेपछ...
निःशूल्क हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचायो

निःशूल्क हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचायो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १४ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई उद्धार सेवाले खोटाङकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । सालनाल अड्किएर गम्भीर अवस्थामा पुगेकी रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी अनिशा गुरुङको ज्यान हवाई उद्धार सेवाले बचाएको हो । ३० वर्षीया गुरुङको मंगलबार राती ११ बजे होम डेलीभरी भएको थियो । तर सालनाल अड्किएर गुरुङको अवस्था चिन्ताजनक भएपछि स्टेचरमा बोकेर स्थानीय डुम्रेधारापानी स्वास्थ्य चौकीमा लगिएको थियो । सुत्केरीको अत्याधिक रक्तस्राव भएकाले जिल्लामा उपचार सम्भव नदेखिएपछि हवाई उद्धारका लागि पालिकालाई खबर गरिएको स्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेव मनि अधिकारीले बताउनुभयो । पालिकाले जिल्ला प्रशासन कार्यालय खोटाङलाई पत्र पठाएपछि हेलिकोप्टरमार्फत गुरुङलाई काठमाडौं लगिएको हो । बुधबार अपरान्ह काठमाडौंस्थित थापाथली प्रसूति गृह पु¥याइएकी सुत्केरी गुरुङको स्वास्थ्य अवस्...
दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना

दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको ग्रामिण क्षेत्र दिक्तेलबारीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । दिक्तेलको साविक ३ नम्बर वडा दिक्तेलबारीमा स्वास्थ्य केन्द्रको स्थापनासँगै बुधबार औपचारिक उद्घाटन गरिएको हो । दिक्तेल बजारमा अवस्थित जिल्ला अस्पतालसम्म आउन उक्त क्षेत्रका मानिसलाई २ घण्टा लाग्ने गरेको छ । बाक्लो जनसंख्या रहेको त्यस क्षेत्रका मानिसलाई आधारभूत स्वास्थ्य सेवा सोही ठाउँबाट प्रदान गर्ने उद्श्यले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र सञ्चालनकालागि नगरपालिकाले अघिल्लो वर्ष २ कोठे पक्की भवन निर्माण गरेको थियो । मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतको उपस्थितिमा स्वास्थ्य केन्द्रको बुधबार औपचारिक उद्घाटन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले...
खोटाङको एक विद्यालयको २ वटा कक्षामा एक जना मात्रै विद्यार्थी, प्राय कक्षाकोठा खाली

खोटाङको एक विद्यालयको २ वटा कक्षामा एक जना मात्रै विद्यार्थी, प्राय कक्षाकोठा खाली

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, मङ्सिर १२ । खोटाङको एक सामुदायिक विद्यालयका २ वटा कक्षामा १/१ जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा २ र ४ मा १/१ जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् । कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा जम्मा १५ जना विद्यार्थीको भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक पुस्प राईले बताउनुभयो । उहाँका अनुसार कक्षा १ मा ६ जना, कक्षा २ मा १ जना, कक्षा ३ मा ४ जना, कक्षा ४ मा १ जना र कक्षा ५ मा ३ जना विद्यार्थी भर्ना भएका छन् । कक्षा २ र कक्षा ४ मा १/१ जना मात्र छन् । उक्त १ जना विद्यार्थी विद्यालय नआउदा कक्षा खाली हुने गरेको छ । अघिल्लो वर्ष कक्षा ३ मा एक जना पनि विद्यार्थी थिएनन् । जसअनुसार कक्षा ४ मा यो वर्ष खाली हुने थियो । तर एक जना विद्यार्थी बाहिरबाट आएकाले अहिले ४ कक्षामा १ जना विद्यार्थी ...