हलेसी तुवाचुङका शिक्षकको तलब मासिकरुपमा सम्बन्धित व्यक्तिको बैंक खातामा
खोटाङ, असोज २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकको तलब बैंक खाताबाट प्रदान गर्न सुरु गरेको छ । यसअघि विद्यालयको खातामा जम्मा गरिने शिक्षक र अन्य कर्मचारीको तलब सम्बन्धित व्यक्तिकै खातामा जम्मा गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ लाई शैक्षिक सुधार र पूर्वधार विकास वर्षकोरुपमा लिएको नगरपालिकाले विद्यालय र शिक्षकहरुको सहजताका लागि सम्बन्धित व्यक्तिकै खातामा तलब जम्मा गर्न सुरु गरेको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रुद्रकुमार राईले बताउनुभयो । नगरपालिका भरिका सबै शिक्षक तथा कर्मचारीको साउन, भदौ र असोज महिनाको तलब खातामा जम्मा गरिसकेको उहाँको भनाइ छ ।
नगरपालिका भरिका ९० वटा सामुदायिक विद्यालयका ५०० शिक्षक तथा कर्मचारीको सिधै खातामा तलब पुगिसकेको नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताउनुभयो । माध्यमिक शिक्षक ५० जना, निम्नमाध्यमिक शिक्षक ३९ जना, प्...









