Sunday, October 25News That Matters

समाज

हलेसी तुवाचुङले पायो जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता

हलेसी तुवाचुङले पायो जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता प्राप्त गरेको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँग सोसियल नेटवर्क बढाउने क्रममा जापनिज संस्था ‘मेयर फर पिस’ले सदस्यता प्रदान गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाले सदस्याताको लागि निवेदन दिएको थियो । सोही आधारमा स्थानीय तहहरूको समृद्धिका लागि एकताबद्ध हुने उदेश्यसाथ स्थापित शान्ति र विकाकासका लागि अघि बढेको संस्थाको सदस्यता प्राप्त गरेको नगरप्रमुख विमला राईले बताउनुभयो । उक्त संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् । नेपालमा ३३ वटा पालिकाले हालसम्म सदस्यता पाएका छन् । सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा बनेको संस्थामार्फत मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, शान्तिको र संस्कृतिको लागि काम गरिरहेका छन् । शान्ति प्रत्येक ब्यक्तिको लाग...
१४ देशका चित्रकारले सुरु गरे खोटाङको महत्वपुर्ण स्थानको दृश्य क्यानभासमा उतार्न

१४ देशका चित्रकारले सुरु गरे खोटाङको महत्वपुर्ण स्थानको दृश्य क्यानभासमा उतार्न

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
  खोटाङ, असोज १८ । खोटाङ आएका नेपालसहित १४ देशका ३७ जना कलाकारहरुले जिल्लाका महत्वपुर्ण स्थानहरुलाई क्यानभासमा उतार्न सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागि कलाकार एवं चित्रकारहरुले चित्र कोर्न सुरु गरेका हुन् । चित्रकारहरु बिहिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा पुगेका थिए । जालपाबाट उनिहरुले औपचारिकरुपमा लाइभ चित्र कोर्न सुरु गरेका छन् । २१ असोजसम्म सञ्चालन हुने कार्यक्रममा चित्रकारहरु जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम रहेको छ । बिहिबार (आज) जालपासँगै खानीडाँडा विमानस्थलसम्म चित्रकारहरु पुगेका थिए । शुक्रबार बिहान मझुवागढी डाँडाम...
“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” : २० गते दिक्तेलमा राजेश पायलको सांगीतिक प्रस्तुति

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” : २० गते दिक्तेलमा राजेश पायलको सांगीतिक प्रस्तुति

Banner News 3, कला, साहित्य, ताजा अपडेट, मनोरञ्जन, समाचार, समाज, स्थानीय
  खोटाङ, असोज १५ । चर्चित गायक (राई इज किङ) राजेश पायल राई खोटाङ आउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा असोज १७ देखि २१ गतेसम्म हुने “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा प्रस्तुती दिन गायक राई जिल्ला आउन लागेका हुन् । चर्चित गायक राई नगरपालिकाका नगर दूतसमेत हुन् । गायक राईले असोज २० गते दिक्तेलमा सांगीतिक प्रस्तुती दिने नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । प्रदर्शनीमा १४ देशका ४० जना बढी ख्यातीप्राप्त चित्रकारको सहभागी हुने छ । कतीपय देशका चित्रकारहरु काठमाडौं आइसकेका छन् । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा लाईभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातीप्राप्त चित्रकारहरु ...
दिक्तेल रुपाकोटमा खुला प्रतिस्पर्धाबाट ५० प्रधानाध्यापक छनोट, ११ शिक्षक फेल

दिक्तेल रुपाकोटमा खुला प्रतिस्पर्धाबाट ५० प्रधानाध्यापक छनोट, ११ शिक्षक फेल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले गत साउनबाट खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक छनोट गर्ने प्रक्रिया सुरु गरेको थियो । साउन ७ गते बसेको नगर कार्यपालिकाको बैठकले सबै तहका विद्यालयका प्रधानाध्यापकलाई हटाएर विज्ञापन गरी प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको थियो । संघीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन सम्बन्धि कार्यविधिले व्यवस्था गरे बमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरेको नगरपालिकाले साउन ३१ गते सूचना निकालेको थियो । नगरपालिकाले प्रकाशन गरेको सूचना अनुसार ६१ जनाले प्रधानाध्यापकको लागि आवेदन दिएको नगर शिक्षा शाखा प्रमुख तीर्थराज विश्वकर्माले बताउनुभयो । असोज ८ गते नगरपालिकाले लिएको प्रधनाध्यापकको परिक्षामा ५० जना शिक्षक उत्तीर...
खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक 

खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक 

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १४ । खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् । शनिबार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।  बालिकाको यौनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था नाजुक रहेको बताइएको छ ।  नजिकै रहेको आफन्तको घरमा शनिबार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कार गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माईला भनिने राजु राईलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनले मोबाईलमा अश्लिल भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।  बालिका बलात्कार गरेर लुकिछिपि बसिरहेका राईलाई शनिबार रातीनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पु...
जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ । लामो समयदेखि निर्माणधिन नयाँ भवन सञ्चालनमा नआउदा स्वास्थ्यकर्मीहरु पुरानै जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन बाध्य भएका छन् । हाल स्वास्थ्य चौकी सञ्चालन भइरहेको भवन अत्यन्तै जीर्ण छ । ढुंगा र माटोको पुरानो भवनको बाहिरी सबै भागहरु चर्किएका छन् । भवनको भित्र ढलान गरिएको भएपनि फुटेर पुरै चिराचिरा भएको छ । जोखिम मोलेर बाध्यताले उक्त जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव तेज बहादुर राईको भनाइ छ । ‘औषधी लयातको सामान राख्ने ठाउँ, बिरामी जाँच गर्ने ठाउँ र प्रशासन सञ्चालन सबै एउटै कोठामा छ । त्यही पनि भवन जीर्ण भएर कुन बेला भत्किन्छ टुंगो छैन् ।’ अहेव राईले बताए । बर्थिङ सेन्टरका लागि छुट्टै सानो २ कोठाको भवन छ । जसकारण प्रसूति गराउन समस्या नरहेको उनको भनाइ छ ...
बाँसका सामाग्री सिक्दै, बुन्दै खोटाङका महिलाहरु

बाँसका सामाग्री सिक्दै, बुन्दै खोटाङका महिलाहरु

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका महिलाहरु यतिबेला बाँसका सामाग्री निमार्ण गर्न ब्यस्त छन् । बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाहरु बाँसका सामाग्री निर्माण गर्न ब्यस्त भएका हुन् । अन्तराष्ट्रिय श्रम संगठनको समन्वयमा महिला उद्यमी महासंघले एक महिने बाँसका सामाग्री निर्माण गर्ने तालिम आयोजना गरेको हो । भदौ १० गतेबाट सुरु भएको तालिममा ३० जना महिलाहरु सहभागी छन् । सुरु दिनदेखि नै तालिममा सहगाभी सबै महिलाहरु अहिले धमाधम बाँसका सामाग्री निर्माण गरिरहेका छन् । उनिहरु आफैले बाँसका चोया काडेर पेनकेस, र्‍याक, फुलदानी, डुङ्गाबास्केट र डस्बिन बुनिरहेका छन् । गाउँ घरमा प्राय पुरुषहरुले गरिरहेको यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने उनिहरुलाई लाग्दैन थियो । तर, अहिले सिक्दै जादा सम्भव रहेछ भन्ने लागेको बाम्राङकी रोजिना रिजाल बताउनु हुन्छ...
डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा

डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले संघीय राजधानी काठमाडौंमै वडाको सेवा पाएका छन् । डुम्रेधारापानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौं बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् । डुम्रेकोट सेवा समाज खोटाङ, काठमाडौंको समन्वयमा वडा कार्यालयले सोमबार आयोजना गरेको प्रशासनिक घुम्ति सेवाबाट २ सय बढीले सेवा लिएका छन् । वडाध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा सचिव सुवास पौडेल उपस्थित भएर प्रदान गरिएको घुम्ति सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन भएको थियो । सेवाग्राहीको भिड लागेकाले रातीसम्म सेवा सञ्चालन गर्दा पनि केही नागरिकको काम बाकी नै रहेको छ । उक्त बाकी काम मंगलबार (आज) सक्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो । स–साना कामका लागि ठुलो खर्च गरेर वडा कार्यालय आउनु पर्ने नागरिकहरुको समस्या छ । जसकारण नागरिकको सम...
हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

हराएको ४ दिनपछि ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २५ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया छलमाया मगरको सकुशल उद्धार गरिएको छ । हराएको ४ दिनपछि सोमबार स्थानीयले बृद्धा मगरलाई सकुशल उद्धार गरेका हुन् । शुक्रबार बिहान १० बजे नजीकै रहेको सम्धीको घर जान्छु भनेर हिडेकी बृद्धा मगर बेपत्ता भएकी थिइन् । शुक्रबार साँझसम्म घर नर्फिएपछि स्थानीयले खोजतालस गरेका थिए । खोजतालसका लागि परिवारले डुम्रुेधारापानी प्रहरी चोकीमा निवेदनसमेत दिएका थिए । बेपत्ता भएको ४ दिनपछि सोमबार बिहान करीब १० बजे घर भन्दा थोरै टाढा रहेको खहरे खोल्साबाट स्थानीयले उद्धार गरेका हुन् । डुम्रेधारापानीस्थित हिडपा र धारापानीकोबीचको खोल्सामा हिडिरहेको अवस्थामा भेटिएको स्थानीय खिला भट्टराईले बताए । गाउँलेले छुट्टा छुट्टै समुह बनाएर खोजतालस गर्नेक्रममा भट्टराईको समहुले खोल्सामा हिडिरहेको अवस्थामा फेला पारेको बताइएको छ । आफु दुधकोशी पुगेको र घर फर्क...
खोटाङकी ७७ वर्षीया छलमाया मगर ३ दिनदेखि बेपत्ता

खोटाङकी ७७ वर्षीया छलमाया मगर ३ दिनदेखि बेपत्ता

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २४ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया वृद्धा ३ दिनदेखी बेपत्ता भएकी छिन् । घरबाट गाउँ हिडेकी डुम्रेधापानीस्थित गुँहेलेकी ७७ वर्षीया छलमाया मगर बेपत्ता भएकी हुन् । शुक्रबार बिहान करीब १० बजे घरबाट गाउँ डुल्न भनेर हिडेकी वृद्धा मगर अहिलेसम्म घर फर्किएकी छैनन् । छिमेकी फणिन्द्र अधिकारीको घरमा केही समय बसेर करीब १५ मिनेट टाढा रहेको सम्धीको घर जान्छु भन्दै वृद्धा हिडेकी थिइन् । उक्त घरमा पुगेर मास र गहत लिएर फर्किएको सम्धिनी बेलीमाया मगरको भनाइ छ । सम्धिनीसँग दिउँसो करीब ११ः३० बजे छुटेकी वृद्धा मगर साँझसम्म घर नपुगेपछि खोजतलास गरिएको छिमेकी अधिकारीले बताए । शुक्रबार गाउँलेले खोजतलासगर्दा फेला नपरेपछी शनिबार डुम्रुेधारापानी प्रहरी चोकीमा खोजतलास गर्न निवेदन दिएको परिवारले जनाएको छ । स्थानीय र प्रहरीहरुले खोजतलास जारी राखेपनि अहिलेसम्म वृद्धा भेटिएकी छैनन् ।...