दिप्रुङमा कर्मचारीको करार म्याद थपिएन, ५० वर्ष कटेकालाई ५ लाख अन्यलाई ४५ दिनको तलब दिइने
खोटाङ, साउन १५ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले करारका कर्मचारीहरुलाई उचित सेवा सुविधा दिएर सम्झौता म्याद नथप्ने निर्णय गरेको हो ।
५० वर्ष उमेर कटेका करारका कर्मचारीलाई ५ लाख उपदान दिएर विदा गर्ने कार्यपालिकाले निर्णय गरेको छ । अन्य कर्मचारीलाई डेढ महिनाको तलब बराबरको रकम दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो । पालिकामा कार्यरत कर्मचारीहरुको असार मसान्तमा सम्झौता म्याद सकिएको छ । गाउँ प्रहरी र हलुका सवारी चालकका कर्मचारीको भने म्याद थपिएको छ । पालिका भरिका अन्य ५७ जना कर्मचारीको म्याद कार्यपालिकाको बैठकले नथप्ने निर्णय गरेको अध्यक्ष राईले बताउनुभयो ।
‘कार्यपालिकाको बैठकमा लामो समय देखि करारका कर्मचारीहरुको म्याद थप्ने, नथप्ने भनेर कुरा उठिरहेको थियो । तसर्थ सोम...









