Sunday, June 28News That Matters

समाज

प्राविधिक र अडिट खर्चका नाममा रकम झ्वाम, योजना फछ्र्यौट भएको तीन वर्ष पुग्दा शौचालय अधुरै

प्राविधिक र अडिट खर्चका नाममा रकम झ्वाम, योजना फछ्र्यौट भएको तीन वर्ष पुग्दा शौचालय अधुरै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख ३१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पञ्चावतीदेवी प्राथमिक विद्यालयको शौचालय निर्माणको काम सम्पन्न नभइ भुक्तानी भएको पाइएको छ । विद्यालयमा शौचालय नहुँदा विद्यार्थी अहिले पनि पाखा भित्तामा दिसापिसाब गर्न बाध्य छन् । तर शौचालय निर्माण सम्पन्न गरेको भनेर विद्यालयले २०७७ सालमै रु १५ लाख पैसा लगिसकेको छ । २०७२ सालमा गएको भुकम्पले क्षति गरेका विद्यालयका संरचना पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई–शिक्षा कार्यालय करीब ०७४ सालदेखि दिक्तेलमा बसेको थियो । सोही कार्यालयको रु १५ लाख बजेटबाट पञ्चावतीदेवी प्रा.वि बाहुनीडाँडाको शौचालय निर्माण गर्ने गरी १३ असार २०७६ मा सम्झौता भएको देखिन्छ । बाहिर पानीको धारासहित तीन कोठे शौचालय २१ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता म...
बाहुनीडाँडा वडा कार्यालयको आरसिसि भवन शिलान्यास

बाहुनीडाँडा वडा कार्यालयको आरसिसि भवन शिलान्यास

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ । हाल वडा कार्यालय भाडाको कोठाबाट सञ्चालन भइरहेको छ । वडाको आफ्नै भवन निर्माणका लागि शुक्रबार वडाध्यक्ष रुद्रकुमार राईले भवनको शिलान्यास गर्नुभएको हो । हलेसी तुवाचुङ नगरपालिकाको चालु आर्थीक वर्ष २०७९/०८० को समपुरक बजेटबाट चार वटा वडा कार्यालयका भवन निर्माण भइरहेका छन् । १ करोड ९ लाख ७९ हजारमा वडा नम्बर १ बाहुनीडाँडा, २ डिकुवा र ३ च्यास्मिटारको भवन निर्माणको जिम्मा ओजास निर्माण सेवा ललितपुरले लिएको छ । डिकुवा र च्यास्मिटारको भवन शिलान्यान भएर धमाधम निर्माण भइरहेको छ । बाहुनीडाँडाको भवन शुक्रबार शिलान्यास भएसँगै निर्माण प्रक्रिया अघि बढेको निर्माण कम्पनीले जनाएको छ । ३ वटै वडाको १ तले आरसिसि भवन निर्माण हुने वडाध्यक्ष राईले बताउनुभयो । ५४ लाख ९८ हजारमा निर्माण भइरहेको वडा नम्बर ७ महादेवस्थ...
खोटाङमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर, उपचारका लागि काठमाडौं लगियो

खोटाङमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर, उपचारका लागि काठमाडौं लगियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २७ । खोटाङमा मोटरसाईकल दुर्घनटामा एक ब्यक्ति गम्भीर घाइते भएका छन् । बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय राजन राई गम्भीर घाइते भएका हुन् । दिक्तेलबाट हुर्लुङतर्फ जाँदै गरेको बा ८३ प २८६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जन्ती बोकेर आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मध्यपहाडी लोकमार्गको मुढेब नजिक घुम्तीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते राईको हातखुट्टा, अनुहार र शरीरमा चोट गहिरो चोट लागेको बताइएको छ । उनको दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि एम्बुलेन्समाफर्त शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । उनको नाक र मुखबाट रगत बगिरहेको प्रहरीको भनाइ छ । बस, बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।...
डढेलो गाउँ पस्दा बराहपोखरीका दुई घर जलेर नष्ट, रावाबेसीको ४ ठाउँमा भीषण डढेलो

डढेलो गाउँ पस्दा बराहपोखरीका दुई घर जलेर नष्ट, रावाबेसीको ४ ठाउँमा भीषण डढेलो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २७  । खोटाङको बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएका छन् । डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो गाउँ पसेर डुम्रेवोटे गाउँका दुई घर र तीन गोठ जलेर नष्ट भएको छ । दुई घर र तीन गोठ जलेर नष्टहुँदा अन्दाजी २१ लाख ६६ हजार बराबरको क्षति भएको छ । डुम्रेवोटे मान बहादुर राउतको ढुंगामाटोले बनेको दुई तले दुईवटा घर र बाँसको टाँटीले बनेको एकतले एकवटा बाख्राको गोठ जलेको हो । सोही ठाउँका भिम बहादुर दाहालको एकवटा दुईतले गोठसहित काठपात जलेर नष्ट भएको वडाध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो । डढेलो तथा आगलागिका कारण मानवीयत तथा चौपायाँमा क्षति पुगेको छैन । मंगलबार बिहान बराहापोखरीकै नापेटारको जंगलबाट सुरु भएको डढेलो अपरान्ह ४ बजे घर नजिक पुगेको थियो । स्थानीयको खबर लगत्तै प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस ...
रातो माछाले प्रख्यात खोटाङको बराहपोखरीमा निरन्तर पानी घट्दै

रातो माछाले प्रख्यात खोटाङको बराहपोखरीमा निरन्तर पानी घट्दै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख २५ । खोटाङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल बराहपोखरीमा निरन्तर पानी घट्न थालेको छ । २०७२ सालको भुकम्प पश्चात पोखरीमा निरन्तर पानी घट्न थालेको स्थानीयले बताएका छन् । हालसम्म पोखरीको चार भागको तीन भाग पानी घटिसकेको छ । दुर्लभ रातो माछाले प्रख्यात बराहपोखरी करिब ३३० मिटर लम्वाई र २१० मिटर चौडाईमा फैलिएको छ । सधैं स्वच्छ पानीले भरिभराउ रहने निलो रंगको देखिने पोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा छ । पोखरीलाई माथिका डाँडाबाट हेर्दा झनै आकर्षक देखिन्छ । दुर्लभ रातो माछा हेर्न र दर्शन गर्न दैनिक पर्यटकहरु पोखरीमा पुग्ने गरेका छन् । तर पछिल्लो समय पानीको आकार निरन्तर घट्दै गएकाले पोखरी सुक्ने होकी भन्ने चिन्ता लाग्न थालेको स्थानीय बताउछन् । नेपाल सरकारको सय गन्तव्य सूचीमा समावेश गरिएको उक्त पोखरीकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । बरा...
खोटाङको एक प्रहरी चौकीको बिजोग, १२ वर्षदेखि आमा समुहको जीर्ण भवनमा

खोटाङको एक प्रहरी चौकीको बिजोग, १२ वर्षदेखि आमा समुहको जीर्ण भवनमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम)   खोटाङ, वैशाख २३ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरीचौकी आमा समहुको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । बिगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरीचौकीको अहिलेसम्म आफ्नै भवन नभएकोे हो । भवन बिहिन भएपछि वाप्लुखाका आमा समुहले प्रहरीचौकीलाई भवन दिएका छन् । तर पुरानो भवन जीर्ण भएपछि अहिले आफ्नै ज्यान जोखिममा राखेर प्रहरीहरु शान्ति सुरक्षा सम्वन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् । भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो । शसस्त्र द्धन्द्धको समयमा २०५७ साल चैतमा प्रहरीचौकी जलेर ध्वस्त भएको हो । द्धन्द्धको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुःर्नस्थापना गरिएको हो । अभिभाबकको छलफल अनुसा...
खोटाङको तराई, मैनटार

खोटाङको तराई, मैनटार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २१ । सुन्दर मैनटार गाउँ सुनकोशी नदिको किनारमा रहेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ मा पर्ने मैनटार गाउँ साविक देविस्थान गाविसको ८ नम्बर वडा हो । तराई जस्तै उर्वर र समथर मैनटारमा अहिले करीब ५० घर रहेका छन् । औलो रोगका कारण पहिले मैनटार बेँसीमा काम गरेर किसान माथिल्लो गाउँमा बस्न जाने गरेको बताइन्छ । तर बिस्तारै औलो रोग हराएपछि वि.स. २०३६ सालबाट मैनटारमा घर बनाएर किसानहरु बस्न थालेका हुन् । प्राय माझी जातीको बसोबास रहेको मैनटारमा तामाङ, राई, क्षेत्री जातीहरुको पनि बसोबास छ । प्राय सबै घरहरु तराईको जस्तै काठले बनाइएको छ । धान, मकै, गँहु लगायतका बाली प्रसस्त फल्ने मैनटारमा सुपारी, नरिवल, मेवा, मरिच पनि उत्पादन हुँदै आएको छ । सोही गाउँमा प्रसिद्ध धार्मिक स्थल पञ्चकन्या पोखरी पनि रहेको छ । नजिकका अन्य भूगोल देविस्थान, वाप्लुखाकाका खेतबारीमा भर्खरै मकै गोड्ने बेलाहुँदा त...
खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत

खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
खोटाङ, वैशाख २१ । खोटाङमा बाख्रा चराउन गएकी एक युवती बलात्कृत भएकी छिन् । घर नजिकैको जंगलमा बाख्रा चराउन गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षीया युवती बलात्कृत भएकी हुन् । सोमबार बिहान अन्दाजी ११ बजे बाख्रा चराउन गएकी युवतीलाई अन्दाजी दिउँसो १ वजे निर्मलीडाँडाको जोरअंगेरी जंगलमा बलात्कार गरेको भन्दै सोही गाउँका २९ वर्षीय प्रतापजंग राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंगलबार युवतीको परिवारले किटानी जाहेरी दिएको छ । उनि फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । युवती बाख्रा चराई रहेको अवस्थामा निज अभियुक्त राई पनि बाख्रा लिएर सोही ठाउँमा पुगेका थिए । राईले युवतीलाई भेटेपछि उक्त ठाउँबाट केही पर पात्ले झार्न जाउँ बाख्रालाई घाँस हुन्छ भनेछन् । हाम्रो बाख्राले पात्ले खादैनन् म जान्न तपाई जानु युवतीले भनिछन् । मेरो मात्रै बाख्राले खाएपनी म झार्छु तिमी बटु...
गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान चलाएको छ । अधिकांश गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएपछि गाउँपालिकाले खोप अभियान चलाएको हो । पालिका भित्रका ६ वटै वडाका किसानले पालेको गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, र्‍याल काड्ने लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको पालिकाका पशु शाखा प्रमुख आशिस बन्जराले बताउनुभयो । उक्त रोगको हालसम्म खोप पत्ता नलागे पनि पशुको लक्षणसँग मिल्दोजुल्दो औषधि उपचार गरिरहेको उहाँको भनाइ छ । किसानको घरसम्म पालिकाबाट पशु प्राविधिक पुगेर खोप लगायतको औषधि उपचार गर्ने कार्य भइरहेको छ । हालसम्म सबै वडाका ५ सय २५ गाईगोरुलाई खोप लगाइएको पशु शाखा प्रमुख बन्जराले बताउनुभयो । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा...
पानी परेसँगै खोटेहाङका किसान मकै छर्न ब्यस्त

पानी परेसँगै खोटेहाङका किसान मकै छर्न ब्यस्त

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १७ । वैशाख १६ गते परेको पानीले खोटेहाङ गाउँपालिकाका किसानलाई राहत दिएको छ । १६ गते साँझको पानीले खेत बारी भिजाएपछि १७ गते बिहानबाट गोरु, हलो जुवा र मकैको बिउ लिएर किसानहरु खेत बारीमा पुगेका छन् । पानी पर्खिएर बसेका किसानहरु अहिले मकै छर्न ब्यस्त भएका हुन् । गाउँपालिकाको माथिल्लो भेगका किसानले केही समय अघि नै मकै छरिसकेका छन् । तल्लो भेगका किसानलाई भने १६ गतेको पानीले राहत दिएको हो । पानी नपर्दा जेठ महिनासम्ममा मकै छर्ने किसान यो वर्ष वैशाखमै मकै छर्न पाउदा हर्षित छन् ।...