Saturday, June 27News That Matters

समाज

साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, जेठ ३० । खोटाङको साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत ६ जना कर्मचारी राखेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत पूर्ण सरसफाई कार्यक्रम अन्तरगत ६ जना सरसफाइ उत्प्रेरकहरु नियुक्त गरेर रु २७ लाख ६ हजार ५ सय ८७ रुपैयाँ खर्च गरेको जनाएको छ । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(१) बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा पालिकामा विषयगत शाखा रहेको संगठन संरचना कायम गर्नु पर्ने उल्लेख छ । कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण बेगर पूर्ण सरसफाइ कार्यक्रममा ५ वडाका लागि १÷१ जना राजपत्र अनंकित द्धितीय...
अचार बनाउन सिक्दै डुम्रेधारापानीका महिला

अचार बनाउन सिक्दै डुम्रेधारापानीका महिला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २७ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलाहरु अचार बनाउन सिक्न थालेका छन् । गाउँपालिकाले आयोजना गरेको अचार बनाउने तालिममा डुम्रेधारापानीका २५ जना महिलाहरु सहभागी भएका हुन् । महिलाहरुलाई अचारबाट व्यावसायिक बनाउने उदेश्यसहित तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने अचार बनाउने तालिम सुरु गरिएको शाखा प्रमुख उद्धव बास्तोलाले बताउनुभयो । जेठ २३ बाट सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म स्थानीय स्तरमा उत्पादन हुने आप, खुर्सानी लगायतको अचार बनाउन सिक्ने छन् । अचार निर्माणसँगै त्यसको लेबलिङ र प्याकेजिङ पनि सिकाइने बास्तोलाको भनाइ छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डे लगायतले ...
पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १० । पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् । डिकुवाका वडाध्यक्ष देबेन्द्र राईका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको उहाँको भनाइ छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका हुन् । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए । सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन...
सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुशासनमा छलाङ मारेको छ । हरेक वर्ष बेरुजु रकम घटाउदै ल्याएको नगरपालिकाले यो वर्ष ०.१५ प्रतिशतमा झारेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको छ । यो वर्ष पनि खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ बनेको छ । हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । देशभरको ७५३ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुनेमा १० औँ नम्बरमा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको कम बेरुजु हुने दोस्रो स्थानीय तह ऐसेलुखर्क गाउँपालिका रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार बेरुजु रहेको छ । यस्तै, रावा बेसी गाउँप...
पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ३१ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पञ्चावती आधारभूत विद्यालयमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय तेज बहादुर राउतको स्मृतिमा परिवारले वैशाख ३० गते मंगलबार अक्षयकोष स्थापना गरेका हुन् । श्रीमती तिल कुमारी राउत, छोराछोरीहरु गणेश बहादुर राउत, होम बहादुर राउत, कृष्ण बहादुर राउत, शर्मिला राउत, जानुका राउत र तिलक राउतले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्त्रण गरेका हुन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्न सहयोग गर्ने उदेश्यले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छोरा कृष्ण राउतले बताउनुभयो । अक्षयकोषको रकमबाट आएको ब्याजले हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिने उहाँको भनाइ छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर बस्नेतको अध्यक्षता एवं मंगलटारका वडाध्यक्ष गण राईको प्रमुख आतिथ्यतामा अक...
खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २८ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारकोक्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवादहुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रह...
पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १८ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा रावा बेसी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो स्थानीय तह बनेको छ । खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि रावा बेसीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाएपछि वडाहुँदै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा ...
गाउँ फर्किनेलाई पालिकाको एक लाख

गाउँ फर्किनेलाई पालिकाको एक लाख

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ गते । बसाइसराइँ गरेर गएपनि पुनः गाउँ फर्किने परिवारलाई खोटाङको बराहपोखरी गाउँपालिकाले एक लाख प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ दिएको हो । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइसराइँ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्ष पछि उनीहरु पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइसराइँले गाउँ खालीहुँदै गएको छ । गाउँ छाडेर जानेहरुको संख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिना अघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्त्रण गर्नुभएको हो । आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । पुरानो आफ्नो ...
चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । बाँदर खेद्न जादा खोटाङमा चट्याङ लागेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जादा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहिबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ । विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो । चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ । चट्याङ लागेर मृत्यु भइसके पछि ढकाललाई मृत अवस्थामा भेटिएको हो ।...
खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु भएको छ भने चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै, जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि स...