Friday, August 28News That Matters

समाज

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

निर्वाचनलाई लिएर खोटाङ उद्योग वाणिज्य संघमा विवाद

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ८ । खोटाङ उद्योग वाणिज्य संघमा विवाद देखिएको छ । संघको ११ औं अधिवेशनलाई लिएर छुट्टा छुट्टै गरिएका निर्णयले विवाद उत्पन्न भएको हो । गत फागुन २३ गते निर्वाचन हुने गरी फागुन १३ गते उद्घाटन भएको संघको निर्वाचन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता लागू भएपछि चैत्र ९ गतेलाई सारिएको थियो । निर्वाचन सरेपछि फागुन १७ गते बसेको संघको सचिवालय बैठकले सदस्यता नविकरण गर्न बाँकी रहेका सदस्यहरुका लागि फागुन ३० गतेसम्म सदस्यता नविकरण खुल्ला गर्ने र उनीहरुलाई चैत्र ९ गते हुने निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको थियो । तर सचिवालयले गरेको निर्णय चैत्र ५ गते बसेकोे पूर्ण बैठकले अनुमोदन गर्न नमानेपछि संघमा विवाद सुरु भएको देखिन्छ । फागुन १७ गते गरिएको निर्णय आधारिक हुने एक पक्षको माग रहेको छ । चैत ५ गते गरिएको निर्णय निर्वाचनलाई प्रभावित गर्ने गरि भएको भन्दै असन्तुष्ट पक्षले खारे...
हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङका सबै कार्यालय, विद्यालय र अस्पतालमा मापसे परिक्षण गरिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताल लगायतका सार्वजनिक ठाउँहरुमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ । शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगिहरुले मादक पदार्थ सेवन गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि मापसे परिक्षण गर्ने निर्णय गरिएको मेयर विमला राईले जानकारी दिनुभयो । मंगलबार बसेको नगर कार्यापालिकाको बैठकलले ब्रेथलाइजरबाट मापसे परिक्षण गर्ने मेशिन खरिद गर्ने निर्णय गरेको छ । नगरपालिकाले ७ वटा मेशिन खरिद गरेर नगर भित्र रहेका ६ वटा प्रहरी चौकी र १ नगर अस्पतालमा दिने निर्णय गरिएको मेयर राईले बताउनुभयो । ‘केही विद्यालयमा शिक्षकहरु मापसे गरेर विद्यालय आउने गरेको गुनासो आएको छ । स्वास्थ चौकिमा केही स्वास्थ्य कर्मी पनि मापसे गरेर आउने गरेका रहेछन् । अझ वडा कार्यालयमासमेत सहयोगि कर्मचारीहरु मापासे गरेर कार्यालय नै नियमित नआएने गरेको गुनासो ...
ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

ग्राहकसँग करोडौँ पैसा सापटी लिएर प्रभु बैंक दिक्तेल ब्राञ्चका मेनेजर फरार

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ६ । प्रभु बैंकको दिक्तेल शाखा, खोटाङका ब्राञ्च मेनेजर होमराज खतिवडा ग्राहकसँग करोडौँ पैसा सापटी लिएर फरार भएका छन् । प्रभु बैंकमा कारोबार गरिरहेका दर्जनौँ ब्यक्तिसँग करोडौँ पैसा सापटी लिएर एक महिना अघिदेखि खतिवडा फरार भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका खतिवडाले दर्जनौं व्यक्तिको पैसा सापटी फागुन १ गतेदेखि सम्पर्क विहिन बनेका खुलेको छ । खतिवडा सम्पर्क विहिन बनेपछि उनलाई पैसा सापटी दिएका स्थानीय फसेको भन्दै अत्तालिएका छन् । माघ मसान्तसम्म बैंकको शाखा कार्यालयको सम्पर्कमा रहेका खतिवडा एकाएक बेपत्ता भएका हुन् । खतिवडाले एकै व्यक्तिबाट १६ लाखसम्म सापटी लिएको चर्चा छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर पैसा सापटी माग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर बिश्वकर्माले ...
नेवा : देय् दबुले गर्यो खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग

नेवा : देय् दबुले गर्यो खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ४ । नेवा : देय् दबु संस्थाले खोटाङका ६ अग्निपीडित परिवारलाई आर्थीक सहयोग गरेको छ । विभिन्न समयमा घर आगलागि भएका ६ परिवारलाई संस्थाले शनिबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरी आर्थीक सहयोग गरेको हो । गत पुस ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सीला बजारमा आगलागि हुँदा घर पुर्णरुपमा क्षति भएका पवन श्रेष्ठको परिवारलाई नगद १८ हजार प्रदान गरिएको छ । गत पुस ९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा घर आगलागि भएका तीन जना धनकुमारी श्रेष्ठ, मैया श्रेष्ठ र नविन श्रेष्ठको परिवारलाई नेवा : देय् दबुले नगद १८\१८ सहयोग गरेको हो । यस्तै, केही दिन अघि गत फागुन २७ गते घर आगलागि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका कुमार श्रेष्ठ र शुबिन श्रेष्ठको परिवारलाई २२२५०\२२२५० नगद सहयोग गरिएको नेवा : देय् दबु खोटाङका सचिव गोपाल श्रेष्ठले बताउनुभयो । नेवा : देय् दबु कोशी प्रदेश समित...
खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

खोटाङमा एक ब्यक्तिले लगाए आफ्नै शरीरमा आगो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ४ । खोटाङमा एक ब्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा प्रेटोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार राती करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए । नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक रोमन अर्यालले बताउनुभयो । जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राती नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपी पुष्टि हुन बाकी रहेको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो । प्रेटोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका ब...
ग्याँस सिलिण्डरबाट सुरु भएको आगो निभाउन दिक्तेल बजारमा अभ्यास प्रदर्शन

ग्याँस सिलिण्डरबाट सुरु भएको आगो निभाउन दिक्तेल बजारमा अभ्यास प्रदर्शन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ३ । खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउन अभ्यास प्रदर्शन गरिएको छ । घरमा प्रयोग भइरहेको ग्याँस लिक भएमा र कुनै ब्यक्तिको शरीरमा आगो लागेमा कसरी निभाउन सकिन्छ भनेर शसस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेल बजारमा उपाय प्रदर्शन गरेको हो । घर–घरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा शसस्त्र प्रहरी दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको जनाएको छ । शसस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका डिएसपी श्य...
डुम्रेधारापानीको कालिका भगवती वनमा भीषण डढेलो, चार गाउँ जोखिममा

डुम्रेधारापानीको कालिका भगवती वनमा भीषण डढेलो, चार गाउँ जोखिममा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २७ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रे धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा भिषण डढेलो लागेको छ । शनिबार दिउँसो करीब २ बजेबाट सुरु भएको डढेलो साँझसम्म ठुलो क्षेत्रमा फैलिएको स्थानीयले बताएका छन् । साविक ६ नम्बर धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । डढेलोबाट डुम्रेधारापानीका आतमारा, धैरेनिटार, मण्डलीछाप र कोट गाउँ गरी चार गाउँ जोखिममा रहेको उहाँको भनाइ छ । डढेलोले भीषण रुप लिएकाले नजिकै जाने अवस्था नरहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइएको अध्यक्ष पाण्डेको भनाइ छ । बस्तीमा डढेलो जान नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

खोटाङमा प्रहरीले रोक्यो बाल विवाह

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा हुन लागेको १७ वर्षिया किशोरीको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पाथेकाका १७ वर्षिया बालिकाको नेर्पाका २२ वर्षीय पुरुषसँग विवाहका लागि मंगलबार तयारी गरिएको बताइएको छ । बाल विवाह हुन लागेको खबर आएपछि प्रहरी चौकी तालखर्कबाट प्रहरी पुगेर रोकिएको प्रहरीले जनाएको छ । बाल विवाह गर्न लागेको भन्ने खबर आएपछि प्रहरी पुगेर सम्झाई बुझाई गरी विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।...
हलेसी तुवाचुङ नगरपालिकाका १७ जना पूर्व महिला जनप्रतिनिधि सम्मानित

हलेसी तुवाचुङ नगरपालिकाका १७ जना पूर्व महिला जनप्रतिनिधि सम्मानित

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १७ जना पूर्व महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले बुधबार दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेको हो । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा निर्वाचित कतीपय महिला जनप्रतिनिधि पछिल्लो समय हराइरहेकाले हौसलास्वरुप उहाँहरुलाई सम्मान गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईले बताउनुभयो । पूर्व महिला जनप्रतिनिधिलाई सम्मानसँगै महिला दिवसको अवसरमा सचेतना मुलक ¥याली, कर्मचारीहरुको सामुहिक स्वागत नृत्य, झाँकी, तामाङ सेलो, साकेला नाँच, बालन, करातेको डेमो प्रदर्शनी लगायतका कार्यक्रम नगरपालिकाले आयोजना गरेको थियो । नगरपालिकाको आयोजनामा हलेसी मन्दिरको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री,...
महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

महिला दिवसमा पूर्व मन्त्री झाक्री, कांग्रेस केन्द्रीय सदस्य खतिवडा र प्रेरक वक्ता मानव हलेसी आउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेका दिन मनाइने १३३ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउने भएको छ । देशका दुई चर्चित महिला नेता, सामाजिक अभियान्ता प्रेरक वक्तासहितको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्न पुर्वशहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मी खतिवडा र प्रेरक वक्ता सुमी मानव हलेसी आउने नगरपालिकाका मेयर बिमला राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, ‘उहाँहरु नेपालको उच्च ठाउँमा पुग्नु भएको छ । हरेक म्हिलाहरुलाई त्यो ठाउँमा पुग्ने मन हुन्छ, अझ भनौँ उहाँहरुको कुरा सुनेर सबैलाई प्रेरणा मिलोस् की त्यो ठाउँमा पुग्ने सबैको इच्छा चाहना बनोस् । त्यसैले उहाँहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको हो ।’ अहिले हरेक व्यक्ति, परिवार र...