Thursday, August 27News That Matters

समाज

खोटाङ : शंकास्पद अवस्थामा मृत भेटिएकी रञ्जिताको हत्या आशंकामा एक ब्यक्ति पक्राउ

खोटाङ : शंकास्पद अवस्थामा मृत भेटिएकी रञ्जिताको हत्या आशंकामा एक ब्यक्ति पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रञ्जिता दाहालको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माघ १ गते विद्यालय गएर घर फर्किनेक्रममा बेपत्ता बनेकी रञ्जिता माघ २ गते घर नजिकै मृत फेला परेकी थिइन् । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले रावा बेसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त विश्वकर्मालाई पक्राउ गरेको हो । दुबेकोलका विश्वकर्मा हाल मृतक बालिकाको घर नजिकै काभ्रेमै बस्दै आएका छन् । स्थानीय र बालिकासँग विद्यालयबाट फर्किने साथीले दिएको जानकारी अनुसार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई ज्यान सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले बताउनुभयो । महादेवस्थानस्थित महेन्द्रद्धोय माध्यमिक वि...
खोटाङमा घर फोडेर चोरी गर्ने तीन जना पक्राउ

खोटाङमा घर फोडेर चोरी गर्ने तीन जना पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङमा घर फोडेर चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई घरबाट नगद, सुन, चाँदी,पुराना सिक्का, लत्ता कपडा गरी करीब ९ लाख बराबरको चोरी गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण विश्वकर्मा, ३९ वर्षीय पर्शुराम विश्वकर्मा र वडा नम्बर ४ खाल्लेका २२ वर्षीय इन्द्र विश्वकर्मा रहेका छन् । तीन मध्ये कृष्णलाई सुरुमा पुस २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिनुभयो । कृष्णको बयानका आधारमा अन्य दुईलाई २९ गते पक्राउ गरिएको उहाँको भनाइ छ । मंसिर १३ गते लफ्याङको घिमिरे चोकस्थित एक घरमा नगद, सुन, लत्ता कपडा लगायत पुराना मुल्यवान सिक्कासमेत गरी रु ५ लाख ७१ हजार बराबरको चोरी भएको उजुरी प्रहरीकोमा आएक...
अब हलेसि आउने पर्यटकले यथार्थ बुझ्दै गाइडसँग घुम्न पाउने छन्

अब हलेसि आउने पर्यटकले यथार्थ बुझ्दै गाइडसँग घुम्न पाउने छन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ४ । आगामि दिनमा त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन् । हलेसी र आसपासका पर्यटकीय क्षेत्रको बारेमा पर्यटक घुमाउन र यर्थाथ बुझाउन नगरपालिकाले गाइड तालिम प्रदान गरेको छ । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (नाथम) सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइड तालिम प्रदान गरेको हो । आठ दिनसम्म सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको छ । गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेपनि २ जनाको आवश्यक प्रक्रिया नपुगेकाले ३१ जनालाई तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुराहरु पर्यटकलाई बुझाउन सकिने भएको सहभागि मोतिराज राईले बताउनुभयो । फिल्डमै पुगेर सबै कुरा सिक्न पाएकाले आगामि दिनमा अरुलाई त्यसको महत्वको बारेमा...
खोटाङमा विद्यालयबाट घर फर्किदै गरेकी बालिका शंकास्पद अवस्थामा मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्किदै गरेकी बालिका शंकास्पद अवस्थामा मृत फेला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । खोटाङमा १७ वर्षिया बालिका शंकास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् । महेन्द्रद्धोय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आईतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शंकास्पद अवस्थामा उनको शव भेटिएको हो । आइतबार अपरान्ह घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव घर भन्दा करीब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको एक टुक्रा घाँटीमा र एक टुक्रा रुखको हाँगामा रहेकाले घटना शंकास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । माघ ३ गतेदेखि विद्यालयमा आयो...

विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

Banner News 1, ताजा अपडेट, समाचार, समाज
१ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।...
खोटाङमा सौतेनी आमाको कुटाइबाट बालिका गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

खोटाङमा सौतेनी आमाको कुटाइबाट बालिका गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १ । खोटाङमा सौतेनी आमाको कुटाइबाट एक बालिका गम्भीर घाइते भएकी छन् । आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी विनिता आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ । दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यानरत १५ वर्षिया विनिता आचार्य आफ्नै सौतेनी आमाको कुटपिटबाट घाइते भएकी हुन् । पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको अवस्थामा सौतेनी आमा चन्द्रकला रिजाल आचार्य कुटपिट गरेको स्थानीयको भनाइ छ । पढिरहेकी विनितालाई जुत्ताले आँखा, टाउको लगायत विभिन्न ठाउँमा कुटेको देखिएको स्थानीय तथा आफन्त हिराप्रसाद आचार्यले बताउनुभयो । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो । आँखा र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते विनितालाई जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार काठमाडौं लगिएको छ । सुरुमा तिलगंगा आँखा अस्पता...
हलेसी तुवाचुङ : बाहुनीडाँडामा सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता

हलेसी तुवाचुङ : बाहुनीडाँडामा सामाजिक सुरक्षा भत्तादेखि योजना सम्झौता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामा पुगेर सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । नागरिकको सहजताको लागि सोमबार ११ नम्बर वडा राजापानीमा सेवा दिएको नगरपालिकाले बिहिबार (आज) वडा नम्बर १ बाहुनीडाँडाका नागरिकलाई वडामै पुगेर सेवा प्रदान गरेको छ । नगरपालिका र वडाको संयुक्त पहलमा बिहीबार वडा कार्यालयमा एकिकृत सेवा प्रवाह कार्यक्रम राखेर भत्ता, योजान सम्झौता, स्वास्थ्य परीक्षण, परिचयपत्र जस्ता पाँच प्रकारको सेवा प्रदान गरिएको हो । कार्यक्रममा ७ वटा वडागत योजना सम्झौता, १६१ जना ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अन्य समयमा लाभग्राहीहरु भत्ता लिन वडाबाट हलेसी पुग्नुपर्छ । आफ्नौ घर आँगनमा बिना झन्झट भत्ता थाप्न पाउँदा खुशी भएका छन् । कार्यक्रममा ५६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जान...
हलेसिमा स्थानीय पर्यटक गाइड तालिम सुरु, रोजगारको सुनिश्चितता

हलेसिमा स्थानीय पर्यटक गाइड तालिम सुरु, रोजगारको सुनिश्चितता

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय पर्यटक गाइड तालिम सुरु भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन स्थानीय पर्यटक गाइड राखिने गरी तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ । बुधबारबाट हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुने छ । नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट (NATHM) सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो । प्रशिक्षकको रुपमा (NATHM) का विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संकृत विद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राई रहनुभएको छ ।  गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर ...
वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामै पुगेर योजना सम्झौता देखि सामाजिक सुरक्षा भत्ता वितरणसम्मको सेवा प्रदान गरेको छ । नागरिकको सहजताका लागि नगरपालिकाले सोमबार वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो । नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वितरण गरिएको छ । वंैकसँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता पनि वडामै वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता अन्तरगत बृद्ध भत्ता लिन बृद्धबृद्धाहरु लट्ठीको सहारामा वडा कार्यालयसम्म आएका थिए । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुक्र्न बैंकसम्म पुग्नु पर्ने बाध्यता छ । राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल...
खोटाङका विद्यालयमा सञ्चालन अधिकांश योजना बेरुजु, बुझाउदैनन् बिल भरपाई

खोटाङका विद्यालयमा सञ्चालन अधिकांश योजना बेरुजु, बुझाउदैनन् बिल भरपाई

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २४ । खोटाङका सामुदायिक विद्यालयमा सञ्चालन भएका अधिकांश योजनाहरुमा बेरुजु देखिएको छ । आर्थीक वर्ष २०६९/०७० देखि २०७८/०७९ सम्ममा ४६७ योजनाहरुमा बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा विकास तथा समन्वय ईकाइ खोटाङबाट विद्यालयहरुले प्राप्त गरेका अधिकांश योजनाहरु बेरुजु देखिएका छन् । योजना सम्पन्न भए या नभएको कुनै उल्लेख नगरिएको, हालसम्म बिल भरपाई पेश नभएकाले ४६७ योजनाहरु महालेखाले बेरुजु देखाएको छ । उक्त योजनाहरुको रकम सम्परीक्षण गर्न गराउनको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पटक पटक ताकेता गरिएको पाइएको छ । तर बेरुजु योजना फछ्र्यौटका लागि विद्यालयले चासो नदेखाएको शिक्षा विकास तथा समन्वय ईकाइ खोटाङमा कार्यारत इन्जिनियर बुधन यादवले बताउनुभयो । बेरुजु रहेका उक्त ४६७ योजनाहरु यहि पुस २७ गते भित्र फछ्र्यौट गर्न कार्यालले विद्यालयलाई पत्रसमेत काटेको छ...