Thursday, August 27News That Matters

समाज

खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र  १८ सय सुरक्षाकर्मी खटिए

खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र  १८ सय सुरक्षाकर्मी खटिए

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली जिल्लाबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री भने भोली मात्र पठाइने उहाँको भनाइ छ । मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । खो...
ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २६ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित सडकको बिचमा बार लगाएर स्थानीयले सडक बन्द गरेका छन् । बीच सडकमा ढल फुट्दा सवारी साधन आवतजावसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन् । करीब ४ महिना अगाडि सडकको बिचमा ढल फुटेर समस्या उत्पन्न भएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजालले बताउनुभयो । सोही ठाउँमा केही दिन अगाडि विद्युतको पोलमा ठोक्कीएर बस दुर्घटनासमेत भएको थियो । दुर्घटनामा एउटा...
पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पञ्चदोबाटोदेखि वडा नम्बर १५ विजयखर्कको वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै ढकालबेँसीसम्मको १७ किलो मिटर सडक पक्की हुने भएको छ । उक्त सडक पक्की गर्न र सोही वडा र खाल्लेको बिचमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माण गर्न शहरी विकास मन्त्रलायबाट रु १० करोड बजेट बिनियोजन भएको छ । उक्त आयोजनालाई बहुवर्षिय योजनामा समावेश गर्न नगरपालिकाले गत असोज ४ गते मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार आर्थीक वर्ष २०८९/०८० मा रु २ करोड ५० लाख र आर्थीक वर्ष २०८०÷०८१ मा बाकी रकम व्यवस्था हुनेगरी बहुवर्षिय योजनामा समावेश गरिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई शहरी विकास तथा भवन निर्माण विभागले पत्र मार्फत जानकारी गराएको छ । पत्रमा उल्लेख भए अनुसार उक्त आयोजना कात्तिक २२ गते बसेको नेपाल सरकार (सचिवस्तर) को निर्णयले स्वीकृत गरे...
खोटाङका क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

खोटाङका क्यान्सर पीडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको याचना

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, कात्तिक २४ । ‘ब्लड क्यान्सर’ भएका खोटाङका एक बालकको उपचारमा आर्थिक अभाव भएको भन्दै उनका परिवारले सहयोगको याचना गरेका छन् ।खोटाङको वराहपोखरी गाउँपालिका–१ गहतेका ८ वर्षीय कौशल थापाको उपचारमा आर्थिक अभाव भएको हो । कौशलका बुबा सुशील थापाले कौशलको विगत दुई महिनादेखि कान्ति बाल अस्पताल, काठमाडौंमा क्यान्सरको उपचार भइरहेको र आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताए । ‘गएको दुई महिनादेखि छोराको उपचार भइरहेको छ। छोरा बिरामी परेपछि विदेशमा कमाइ गर्दागर्दै उसको उपचारका लागि म घर फर्किएँ,’ उनले भने, ‘क्यान्सरजस्तो गम्भीर रोग भएका कारण उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफूले कमाएको पैसा पनि त्यसमै सकियो। अहिले छोराको ‘किमोथेरापी’बाट उपचार भइरहेको छ।’ उनका अनुसार कौशलको उपचारका क्रममा हालसम्म पाँच लाख रुपैयाँ बढी खर्च भइसकेको छ । उपचारमा संलग्न डाक्टरले अझै कम्तीमा ८÷९ महिनादेखि २÷३ वर्षसम्म प...
हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ७६ जनाको शल्यक्रिया गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ६२ जनाको मोतिबिन्दु र १४ जनाको सामान्य आँखामा मासु पलाएकाहरुको निशुल्क शल्यक्रिया गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको थियो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको थियो । शिविरमा ७ सय ६५ जनाले निशुल्क आँखा परिक्षण गरेका छन् । आवश्यकता अनुसार सुपथ मुल्यमा चस्मा र निशुल्क औषधी प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शि...
काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेशिनमा तालाबन्दी गरेको छ । जिम्मा लिएको काम सम्पन्न नगरी मेशिन अन्यन्त्र ठाउँमा लान खोजेपछि नगरपालिकाले तादाबन्दी गरेको हो । जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतीको जिम्मा करीब ५ करोडमा ढुकुचु बगाले विएण्टी जे.भि.कम्पनीले पाएको हो । सम्झौता अनुसार काम सम्पन्न गर्न ४ महिना बाकी छ । सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेशिनहरु नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ । टिप्फर लगायतका केही सामान कम्पनीले केही समय अगाडि रातको समय पारेर लागिसकेको पाइएको छ । बाकी रहेका केही मेशिन लान खोज्दा आइतबार (आज) नगरपालिका प्रवक्त एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर एकका वडाध्यक्ष नवराज राई लगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो । कात्तिक ३ गते पत्रक...
हलेसीमा आँखा शिविर सुरु, पहिलो दिन २३ जनाको शल्यक्रिया

हलेसीमा आँखा शिविर सुरु, पहिलो दिन २३ जनाको शल्यक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गरेसँगै सुरु भएको हो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा निशुल्क आँखा जाँच हुनेछ भने मोतिबिन्दु पहिचान भएमा निशुल्क शल्यक्रिया गरिनेछ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क प्रदान गरिने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा मोतिबिन्दुसँगै आँखामा मासु पलाएको, मासुको डल्ला पलाएको र परेलाको भाग भित्र छिरेको पनि शल्यक्रिया मार्फत निशुल्क उपचार हुनेछ । कोभिड–१९ सुर...
डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो

डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १८ । डिजिटल सुशासनमा खोटाङका स्थानीय तहहरु कमजोर रहेको गुनासो आएको छ । इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धि समसामयिक छलफल कार्यक्रममा जिल्लाका सरोकार निकायले यस्तो गुनासो गरेका हुन् । भिजन फर चेन्ज संस्थाको आयोजना तथा खोटाङ उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार संघको कार्यालयमा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्षसहित अन्य पदाधिकारी, पत्रकार, महिला उद्यमी प्रतिनिधि, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि लगायत विभिन्न संघ संगठनका प्रतिनिधिको उपस्थिती रहेको थियो । वर्तमान अवस्थामा इन्टरनेट प्रविधि र डिजिटल सुशासन सम्बन्धि भिजन फर चेन्ज संस्थाका कार्यक्रम व्यवस्थापक गीता बरामुले जानकारी गराउनुभएको थियो । सन २०२२ को जनवरीसम्मको तथ्यांक अनुसार नेपालमा ११.५ मिलियन इन्टरनेट प्रयोगकर्ताहरु रहेका छन् । हाल इन्टनेट अपरिहार्य जस्तै भएको र यसका सकारात्मक, नकारात्म...

दिक्तेल : निर्वाचन कार्यालय अगाडिको सडक ढलान धमाधम, हेलिप्याडसम्म सडक पुग्दै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडक ढलान कार्य धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट लोकसेवा र निर्वाचन कार्यालय हुँदै जिल्ला अस्पताल जाने सडकको ढलान कार्य धमाधम भइरहेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहनेगरी विनियोजन गरेको आर्थीक वर्ष २०७९/८० को रु ५६ लाख ६४ हजारमा उक्त सडक ढलान भइरहेको हो । ३० पौषमा सम्पन्न गर्नेगरी २६ असोजमा सम्झौता भएको सडक ढलानको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । सोही रकमले अल्छेढुंगाबाट अस्पतालसम्मको सडकमा बिग्रीएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने छ । यस्तै, सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकको ट्रयाक खोलि...
दिक्तेल–खानिडाँडा–रेग्मीटार सडक चाडै सञ्चालनमा आउने, स्तरोन्नतीको काम धमाधम

दिक्तेल–खानिडाँडा–रेग्मीटार सडक चाडै सञ्चालनमा आउने, स्तरोन्नतीको काम धमाधम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक १५ । दिक्तेल–खानिडाँडा–रेग्मीटार सडक चाडै सञ्चालनमा आउने भएको छ । दिक्तेलबाट तराई जाने छोटो दुरीको उक्त सडकको ट्रयाक खोलिएपनि हाल सडक सञ्चालनमा छैन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट सडक ठप्प रहेको छ । सडक सञ्चालनमा ल्याउन नगरपालिकाले विनियोजन गरेको रु ४० लाख बजेटले हाल सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । नगरपालिकाको गौरवको योजनामा रहेको उक्त आहाले रेग्मीटार सडकको मंगलबार नगर प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी (सिडियो) सुर्य प्रसाद सेडाई, प्राविधिक लगायतको समुहले अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रमुख भट्टराई र उपप्रमुख राईले जति सक्दो चाडो सडक स्तरोन्नती गरेर सवारी साधन गुड्न सक्ने बनाउने बताउनुभएको छ । सोही अनुसार काम गर्न उपभोक्ता समितिलाई उहाँहरुले निर्देशन पनि दिनुभएको छ ।‘ यो सडकलाई जति सक्दो चाडो हाल सवारी...