Thursday, August 27News That Matters

समाज

खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने

खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १४ । खोटाङमा रगत निशुल्क पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट रगत निशुल्क पाइने व्यवस्था लागू भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोग र नेपाल रेडक्रस सोसाइटी खोटाङको व्यवस्थापनमा बिरामीलाई रगत निशुल्क गरिएको हो । नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रगत निशुल्क गर्ने घोषणा गरेको थियो । यस अघि १ पिन रगतको (३०० एमएलको १ पिन) ९ सय ५० रुपैयाँ लिने गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । नगरपालिकाले आर्थीक व्यवस्थापन गरेसँगै साउन १ गतेबाटै रगत निशुल्क प्रदान गर्न थालिएको उहाँको भनाइ छ । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा रगत निशुल्क प्रदान गर्न थालिएको हो । जिल्ला अस्पताल खोटाङमा मात्र नभएर जिल्लाका अन्य जुनसुकै स्वास्थ्य संस्थामा रगत आवश्यक परेमा रेडक...
खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

खोटाङ : खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु 

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १४ । खोटाङमा खेल्नेक्रममा सलको पासो लागेर ९ वर्षिया बालिकाको मृत्यु भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका रविन गुरुङको ९ वर्षिया छोरी रोमी गुरुङको खेल्ने क्रममा आफ्नै सलको पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गुरुङको परिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित भाडाको कोठामा बस्दै आएको छ । सोही कोठामा शुक्रबार साँझ बालिकाको मृत्यु भएको हो । मृतक बालिका र उनकी बहिनि घरको निदालमा सल बाँधेर खेल्नेक्रममा सोही सलमा पासो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंखर चौधरीले बताउनुभयो । दिदिले बोलाउनुभएको छ भन्दै बहिनि अन्य कोठामा पुगेपछि आएर हेर्दा भुण्डिरहेको अवस्थामा दिदि रोमी फेला परेकी थिइन् । मृतक बालिका दिक्तेलको एक निजि विद्यालयमा कक्षा–४ मा अध्ययनरत थिइन् ।...
अनेरास्ववियु खोटाङले गर्यो रक्तदान कार्यक्रम

अनेरास्ववियु खोटाङले गर्यो रक्तदान कार्यक्रम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा अनेरास्ववियुले शुक्रबार (आज) जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम गरेको हो । नेकपा एमाले खोटाङका उप–सचिव एवं विद्यालय बिभाग प्रमुख दिपनारायण रिजालले रक्तदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो । आवश्यकता अनुसार आज पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रिजालसँगै याम खड्का, राम बुढाथोकी, मुस्कान राई र सुजन पराजुली रहेका छन् । अन्य दश जनाले रक्तदानकालागि नाम टिपाएका छन् । उनिहरुलाई रगत आवश्यक परेको अवस्थामा सम्पर्क गरेर बोलाइने नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्ने...
हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

हलेसी तुवाचुङ : सेनेटरी प्याड निर्माणमा रोजगार, महिलाहरूलाई निशूल्क वितरण

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ११ । हलेसी तुवाचुङ नगरपालिकामा महिलाहरुलाई निशूल्क सेनेटरी प्याड वितरण गरिने भएको छ । नगरपालिकाले आफ्नै मातहतमा प्याड निर्माण गरेर नगर भित्रका महिलाहरुलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो । नगरपालिकाले केही समय अगाडि सेनेटरी प्याड निर्माण गर्ने तालिमसमेत दिएको थियो । उक्त तालिममा सहभागि केही महिलाहरुले यतिबेला धमाधम प्याड निर्माण गरिरहेका छन् । उनिहरुले स्थानीय स्तरमा निर्माण गरेको प्याड नगरपालिकाले खरिद गरेर महिलाहरुलाई निशूल्क वितरण गरिने नगर प्रमुख राईले बताउनुभयो । अहिले हलेसी तुवाचुङ नगरपालिकाको वडाहरु ३ च्यास्मिटार, ५ दुर्छिम, ६ मंगलटार, ७ महादेवस्थान र ८ धितुङका महिलाहरुले तालिम पश्चात प्याड निर्माण गरिरहेका छन् । “स्थानीय स्तरमै सेनेटरी प्याड निर्माणकालागि हामीले तालिम प्रदान गर्यौ । तालिममा सहभागि महिलाहरुलाई सिलाई मेशीन र कटिङ मेशीन पनि ...
राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहबीच सम्झौता

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन ४ । राष्ट्रिय भूमि आयोग र खोटाङका स्थानीय तहहरुबीच सम्झौता भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार (आज) एक कार्यक्रमका बीच भूमिहिनहरुलाई भूमि दिलाउने विषयको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जिल्लाका दशै वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकीय अधिकृत अर्थात प्रतिनिधि र सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आउनुभएका राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कार्यकालागि अभिमुखीकण पनि प्रदान गर्नुभयो । नेपाली नागरिक भएपनि कुनै भूमि आफ्नो नाममा नरहेको अवस्था छ । त्यस्ता व्यक्तिहरुलाई भूमि दिलाउनकालागि उक्त आयोगले काम गर्ने खड्काले बताउनुभयो । “संविधानमा, कानुनमा लेखिएका कुराहरु व्यवहारमा लागु भएका छैनन्, कानुनलाई कागजमा मात्र सिमित राख्ने ...
खोटाङका दिलिप खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने

खोटाङका दिलिप खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन ३ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनको केन्द्रिय सदस्यमा दिलिप खत्री उम्मेद्वार बन्नुहुने भएको छ । खोटाङमा बसेर १९ वर्ष लामो समय पत्रकारिता गर्नुभएका खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भएको हो । संस्थापनपक्षबाट केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने संभावना बढी रहेको खत्रीले बताउनुभयो । खत्रीले भन्नुभयो, “म केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भइसकेको छ । सबै समुहसँग छलफल भइरहेपनि संस्थापन पक्षबाट मेरो उम्मेद्वार हुन्छ होला । सबैले खुल्ला सदस्यबाट चुनाव लड्न सुझाव दिइरहेका छन् । खुल्लाबाट हुने या भूगोलतर्फबाट उम्मेद्वार हुने टुंगो लागेको छैन ।” संस्थागत सुदृढीकरण, पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास अभिवृद्धि, मर्यादित र व्यवसायिक पत्रकारिताको प्रवद्र्धनकालागि केन्द्रिय सदस्यमा आफ्नो उम्मेद्वारी रहेको खत्रीले बताउनुभयो । प्रेस युनि...
हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

हर्क साम्पाङको प्रस्ताव : लोक सेवाको परीक्षा लाइभ गरौं

Banner News 3, ताजा अपडेट, समाचार, समाज
३ साउन ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन्। 'लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छ', उनले लेखेका छन्।...
पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
  ३, साउन । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हाे । कर्णाली- कोटाछाल- दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । ‘साेमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाकाे मृत्यु भएको पुष्टि भएछ,’ उनले भने । onlinekhabar...
खोटाङ : बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

खोटाङ : बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । वडा नम्बर–३ बाम्राङको गिद्धेभीरतर्फ जाने गोरेटो बाटोमा करीब ६५–७० वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शनिबार (आज) दिउँसो २ः३० बजेको समयमा बेवारिसे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात घटना स्थलमा पुगेर घट्नास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षण गर्न जिल्ला अस्पलात दिक्तेलमा ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमन राज अर्यालले जानकारी दिनुभयो । घट्नाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक अर्यालको भनाइ छ ।...
खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

खोटाङमा भेटियो ५ मिटर लामो अजिंगर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा अजिंगर भेटिएको छ । डिकुवाको छोम्पाङ स्थित एक स्थानीयको घर भित्रको खाटमुनी (खाटको खुट्टामा) बेरिएको अवस्थामा फेला परेको सोही ठाउँका स्थानीय रमेश राईले जानकारी दिनुभयो । राईको भनाइ अनुसार शुक्रबार साँझको समयमा खाटको खुट्टमा बेरिरहेको अवस्थामा अजिंगर भेटिएको थियो । केही समयसम्म पनि अजिंगर कतै नगएपछि स्थानीयले पुजाँ गरेर पुच्छरमा समातेर बिस्तारै नजिकैको जंगलमा लगेर छाडिदिएको राईले बताउनुभयो । अजिंगर करीब ५ मिटर लामो रहेको उहाँको भनाइ छ । अजिंगर ठूलो सर्प हो । यो प्रायः घना वन जंगलमा बस्छ । यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ । यो कहिलेकाहीँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्ने जानकारहरु बताउँछन । खोटाङमा भने आजसम्म यति ठुलो अजिंगर नदेखिएको नागरिकको भनाइ छ ।...