Sunday, October 25News That Matters

समाज

हलेसी तुवाचुङ : महिलाको अवस्था फेर्दै ‘बिउ पूँजी घुम्ती कोष’

हलेसी तुवाचुङ : महिलाको अवस्था फेर्दै ‘बिउ पूँजी घुम्ती कोष’

Banner News 1, अर्थ, ताजा अपडेट, समाज, स्थानीय
–पवन खड्का खोटाङ, चैत २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको महिला आमा समूह लक्षित बिउ पूँजी घुम्ती कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ बाट कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याएको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । कार्यक्रममा सहभागी महिला आमा समूहले कार्यक्रम बापत नगरपालिकाबाट प्राप्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्दा महिलाको विगतको आर्थिक अवस्थामा सुधार आएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले प्रस्ताव आह्वान गरेर छनोट भएका महिला आमा समूहलाई द्विपक्षीय सम्झौतापछि प्रतिसमूह १ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने गरेको छ । हालसम्म नगरपालिकाका ३५ वटा आमा समूहले कार्यक्रम बापतको रकम पाएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा १५ र चालु आर्थिक वर्ष २०७८/०७९ मा २० वटा आमा समूह कार्यक्रममा समेटिएका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख...
च्यास्मिटारको वडा कार्यालय तोडफोड, चार जना पक्राउ

च्यास्मिटारको वडा कार्यालय तोडफोड, चार जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राति स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् । तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकको एउटा वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । यस्तै हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिल्भरको गाग्री पूर्ण रूपमा क्षति भएको पाइएको छ । वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदै आएको छ । तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्...
आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव

आगलागीबाट बच्न खोटाङ प्रहरीको यस्तो सुझाव

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २२ । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटनाबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । सुक्खा र हावाहुरीको मौसम सुरु भएको र अहिले आगलागी हुने सम्भावना बढी भएकाले सम्भावित जोखिमबाट आफू जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले आग्रह गरेको हो । आगलाागी हुन नदिन प्रहरीले विभिन्न उपायसमेत सुझाएको छ । बालबालिकाहरूले भेट्न सक्ने स्थानहरूमा सलाई, लाइटर, राँको र टुकी बत्ती नराख्न, खाना पकाउँदा आगो बाल्ने अवधिभर भान्सा छाडेर टाढा नजान र पकाइसकेपछि आगो पूर्ण रूपमा निभाउन, ग्याँस सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्न अनुरोध गरिएको छ । सुत्ने बेला ओछ्यानमा धूूमपान नगर्न र सल्किरहेको बिँडी, चुरोट र सलाई राम्ररी निभाएर मात्र फाल्न, घरमा प्रज्ज्वलनशील पदार्थहरू मट्टिटेल, पेट्रोल, डिजेल आदि नराख्न र राख्नै परेमा छुट्टै उपयुक्त भाडोमा राम्रोसँग बिर्को बन्द गरेर राख्न प्रहरीको अनुरोध छ । ह...
उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या आशंकामा दुई जना पक्राउ

उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या आशंकामा दुई जना पक्राउ

समाचार, समाज
उदयपुर, चैत २२ । उदयपुरमा विद्यालय जाँदै गरेकी एक छात्राको हत्या भएको छ । कोसी जनता माध्यमिक विद्यालय, रामपुरमा कक्षा १० मा अध्ययनरत बेलका नगरपालिका–३ बुद्धचौकीकी १५ वर्षीया कविता सुनवारको हत्या भएको हो । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी उनको जसोधा खोलामा शव फेला परेको हो । बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । उहाँले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताउनु...
खोटाङमा ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

खोटाङमा ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २१ । खोटाङमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेर चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म जिल्लाका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएको हो । कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा गरी ७ सय ११ खोप केन्द्र निर्धारण गरिएको र १ हजार ४ सय ४२ जना स्वयंसेवक र ७ सय २७ जना खोप कार्यकर्ता परिचालन गरिने बताउनुभयो ।...
जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुग्यो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, २१ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा पहिलोपटक बस पुगेको छ । खोटाङ यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.०१–०५–००१ ख ००२१ नम्बरको बस आइतबार गाउँपालिकाको वडा नं. ५, चिसापानी बजार पुगेको हो । उदयपुरको सदरमुकाम गाईघाटदेखि छुटेको बस खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार हुँदै चिसापानी बजारसम्म पुगेको हो । चालक प्रकाश चौधरीले पहिलोपटक उक्त स्थानमा बस पु-याउनुभएको हो । गाउँमा बस पुगेपछि स्थानीयले हर्षोल्लासका साथ बसका चालक चौधरी र सहचालक पर्शुराम श्रेष्ठलाई अबिर र खादा लगाइदिएर स्वागत गरेका थिए । जन्तेढुंगा गाउँपालिकाको २१ लख बजेटमा जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाको सिमाना सावाखोलादेखि चिसापानीसम्म सडकको ट्रयाक खोलिएपछि चिसापानीमा बस आएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखरबहादुर राईले बताउनुभयो । तत्काल नियमित सञ्चालन भने नहुने चिसापानीमा पहिलोपटक बस पुगेको भए पन...
१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

१८ दिनमा हलेसी मन्दिरको भेटी पाँच लाख

Banner News 3, अर्थ, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २१ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १८ दिनको अवधिमा पाँच लाख बढी भेटी संकलन भएको छ । चैत १ गते देखि १८ गते सम्मको अवधिमा ५ लाख ४ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानको दान पेटिकाबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ६८ हजार ९ सय रुपैयाँ भेटी संकलन भएको छ । संकलित भेटीको रकमबाट पानी, भेटी गणना, अतिथि सत्कार, खाजा खर्च लगायतमा गरी ६२ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको छ । बाँकी रकम ४ लाख ४२ हजार ३ सय ९० रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिनुभयो । यस्तै धुमथाङ–१ सिन्धुपाल्चोक निवासी धनबहादुर गुरुङल...
जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

जन्तेढुंगाका दुई वडामा एक सातादेखि सञ्चार सेवा अवरुद्ध

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २० । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र वडा नं. ३ काहुलेमा एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।काहुलेको हुमापोखरीमा रहेको नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक हप्ताभन्दा बढी समयदेखि उक्त क्षेत्रका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएको नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिकाका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । “नेटवर्क नहुँदा एक हप्ताभन्दा बढी समयदेखि यस क्षेत्रमा फोन नलाग्ने समस्या छ,” विष्टले भन्नुभयो, “खासगरी बोपुङ र काहुले प्रत्यक्ष प्रभावित भएका छन् ।” सञ्चार जस्तो अत्यावश्यकीय सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले ढिला गरिरहेको विष्टको भनाइ छ । यता नेपाल दूरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकी मगरले भने टावर मर्मतका लागि प्राविधिकको टोली खटाइसकिएको बताउनुभयो । समस्याको कारण पत्ता लगाई प्राविधिकको टोलीले चाँडै समाधान गर्ने उह...
धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

धितुङमा ज्येष्ठ नागरिकलाई सम्मान, दुर्छिममा महिलालाई बुटिक तालिम

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ८० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले आज कार्यक्रम नै आयोजना गरेर महिला र पुरुष गरी ८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ७३ वर्षमाथिका पुरुष र ७० वर्ष माथिका महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको धितुङका वडाध्यष पृथ्वीराज राईले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूलाई नगरपालिकाक मेयर इवन राई र उपमेयर विमला राईले दोसल्ला आढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसमेत गरिएको छ । स्वास्थ्य चौकी धितुङका स्वास्थ्यकर्मीलाई बोलाएर सम्मान कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकको रक्तचाप जाँच गरिएको वडाध्यक्ष राईले बताउनुभयो । दुर्छिममा महिलालाई बुटिक तालिम हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा महिलालाई बुटिक सम्बन्धी सीप विकास तालिम प्रदान गर्न थालिएको छ । गरिबी निवारणका लागि लघु उद...
खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

खोटाङका यी चार पालिका प्रमुख, जसले गाडी किन्ने रकम विकासमा खर्च गरे

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १६ । नेपालका अधिकांश स्थानीय तहका जनप्रतिनिधिको महँगो चार पांग्रे गाडिमा मोह भएपनि केही जनप्रतिनिधिले गाडि खरिद नगरी आफ्नो कार्यकाल बिताउन लागेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङ जिल्लाका चार स्थानीय तहका जनप्रतिनिधिले चार पांग्रे गाडि खरिद गरेका छैनन् । गाडि खरिद नगर्ने स्थानीयतहहरुमा वराहपोखरी, जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । नागरिकको आवश्कयतालाई प्राथमिकतामा राखेर धेरै रकम पर्ने चार पांग्रे गाडी खरिद नगरेका जिल्लाका चार पालिकाका अध्यक्ष र उपाध्यक्षले मोटरसाइकल भने खरिद गरेका छन् । सेवा दिन नागरिकका घरआँगन पुग्नुपर्ने भएकाले थोरै रकमको दुई पांग्रे मोटरसाइकल खरिद गरिएको उहाँहरूले बताउनुभएको छ । “एकातिर गरिबी र अर्कोतिर भौगोलिक विकटताका कारण नागरिकहरूले अझै पनि लौरो टेकेर ढाकर बोकिरहेको अवस्थामा मैले स्कारपि...