उदयपुरमा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या आशंकामा दुई जना पक्राउ
उदयपुर, चैत २२ । उदयपुरमा विद्यालय जाँदै गरेकी एक छात्राको हत्या भएको छ । कोसी जनता माध्यमिक विद्यालय, रामपुरमा कक्षा १० मा अध्ययनरत बेलका नगरपालिका–३ बुद्धचौकीकी १५ वर्षीया कविता सुनवारको हत्या भएको हो । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी उनको जसोधा खोलामा शव फेला परेको हो ।
बिहान ४ बजे नै घरबाट विद्यालय गएकी बालिकाको बिहान ७ बजे स्थानीयले शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको विस्तृत जानकारी अनुसन्धानपछि खुलासा हुने जनाएको छ । प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । उहाँले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताउनु...









