Sunday, October 25News That Matters

समाज

३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार मतदाता बढे

३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार मतदाता बढे

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
पवन खड्का खोटाङ, चैत १५ । करिब ३१ हजार जनसंख्या घटेको खोटाङमा २८ हजार बढी मतदाता बढेका छन् । केन्द्रीय तथ्यांक विभागले माघ अन्तिम साता सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक विवरणले पछिल्लो दश वर्षमा जिल्लाको जनसंख्या ३० हजार ९ सय ७२ ले घटेको देखाएको थियो । २०६८ को जनगणनामा २ लाख ६ हजार ३ सय १२ जनसंख्या रहेको जिल्लामा २०७८ को जनगणनाले १ लाख ७५ हजार ३ सय ४० मात्र रहेको देखाएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदानमा भाग लिन पाउने भएका छन् । जिल्लाका ७५ हजार ६ जना पुरुष र ६८ हजार ७ सय ४६ जना महिलाले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख १५ हजार ६ सय ४२ जना मतदाता थिए । यस आधारमा जिल्लामा पछिल्लो पाँच वर्षमा २८ हजार १ सय...
खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

खोटाङ : बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा पाँच जना पक्राउ

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत १४ । बहुमूल्य धातु पुल्ली उत्खनन गरेको आरोपमा खोटाङमा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा पुल्ली उत्खनन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा पाचँथरको फिदिम नगरपालिका–९ का ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापाको धाइजन गाउँपालिका–७ का ७३ वर्षीय सुनबहादुर चेम्जोङ रहेका प्रहरीले जनाएको छ । बहुमूल्य धातु पुल्लीको उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना, तीन जनाको अवस्था गम्भिर

ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना, तीन जनाको अवस्था गम्भिर

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, चैत १३ । ओखलढुंगाबाट धरानकालागि छुटेको र्फोस गाडि उदयपुरमा दुर्घटना भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी स्थीत सिद्धिचरण राजमार्गमा प्रदेश–०७–००१ ज ००११ नम्बरको र्फोस गाडि आज दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । धरानजादै गरेको र्फोस गाडि आफै अन्यन्त्रित भइ सडकबाट करीब ५ मिटर तल खसकेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी (डिएसपी) वेद प्रसाद गौतमका अनुसार गाडिमा १४ जना सवार थिए । जसमा तीन जना गम्भिर घाइते भएका छन् भने अरुको अवस्था सामान्य छ । गम्भिर घाइते हुनेहरुमा ओखलढुंगा मोलुङ गाउँपालिका–२ का एकराज दाहाल, ओखलढुंगा कै सुनकोसी गाउँपालिका–४ का खेमबहादुर कार्की र सोही ठाउँका चुडामणी अधिकारी रहेका छन् । उनिहरुको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ११ । आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र इजाजत लिई राखेका हातहतियार आफूलाई पायक पर्ने नजिकैको प्रहरी इकाइमा यही चैत मसान्तसम्म बुझाइसक्न आग्रह गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले निश्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित वातावरण तयार गरी निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन हातहतियार बुझाउन आग्रह गरिएको बताउनुभयो । तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ । प्रहरीलाई बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि पुनः सम्बन्धित धनीलाई नै फिर्ता गरिने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले ...
आदिवासी जनजाति महासंघ रावाबेसीको अध्यक्षमा मगर र सचिवमा राई चयन

आदिवासी जनजाति महासंघ रावाबेसीको अध्यक्षमा मगर र सचिवमा राई चयन

ताजा अपडेट, समाज, स्थानीय
प्रेम श्रेष्ठ खोटाङ, चैत १० । आदिवासी जनजाति महासंघ रावाबेसी गाउँपालिका गाउँसमितिमाको अध्यक्षमा राजन मगर र सचिवमा भविन राई चयन भएका छन् । महासंघको दोस्रो अधिवेशनले मगर र राईलाई सर्वसम्मत अध्यक्ष र सचिवमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा चित्र बहादुर श्रेष्ठ, सह–सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा मनिला सुनुवारसँगै ९ जना सदस्य सर्वसम्मत चयन भएका छन् । बाकी अन्य सदस्य नवनिर्मित समितिले चयन गर्ने बताइएको छ । रावाबेसी गाउँसमितिका संयोजक शिवराज राईको अध्यक्षतामा बिहिबार भएकोे अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय पुर्व महासचिव आङकाजी शेर्पा र बिशेष अतिथिको रुपमा रावाबेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा रहनुभएको थियो । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष समला राई, रावाबेसी गा.पा.–१ कुभिण्डेका वडा अध्यक्ष लिलानारायण श्...
रावाबेसी गाउँपालिका : नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य

रावाबेसी गाउँपालिका : नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
  राजकुमार भट्टराई(सरगम) खोटाङ, चैत १० । खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रका नागरिकको नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्या अन्त्य भएको छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुई वटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकको समस्या अन्त्य भएको हो । खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखान जस्तै भएको स्थानीय बताउँछन् । टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याएपनि अहिले गाउँपालिकावासीको मुहारमा खुशी छाएको छ । गाउँपालिकामा टावर सञ्चालन गर्न आवश्यक सहयोगसँगै बारम्बार ताकेता गर्दा लामो प्रतिक्षा पश्चात टावर सञ्चालनमा आएको रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । छ वटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलम...
दिक्तेल रुपाकोट मझुवागढीका आठ वटा माविमा बाल क्लब गठन

दिक्तेल रुपाकोट मझुवागढीका आठ वटा माविमा बाल क्लब गठन

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ वटा माध्यमिक विद्यालयमा विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका समस्या विद्यार्थी आफैँले पहिचान र समाधान गर्न सकून् भन्ने उद्देश्यसहित नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा बाल क्लब गठन गरिएको हो । चैत ६ गतेबाट सुरु भएको क्लब गठन अभियान अन्तर्गत हालसम्म नगरपालिकाको १५ मध्ये ७ वटा वडाका माध्यमिक विद्यालयमा क्लब गठन सम्पन्न भएको नगरस्तरीय युवा सञ्जालका अध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ नारासहित सञ्चालन भइरहेको बाल क्लब गठन अभिायनको नेतृत्व ढकालले नै गरिरहनुभएको छ । नगरपालिकामा रहेका २१ वटा माध्यमिक विद्यालयमध्ये हालसम्म आठ वटा विद्यालयमा विद्यालयस्तरीय क्लब गठन भइसेकेको हो । नगरपालिकाभिरका माध्यमिक विद्यालयमा बाल क्लब गठन गर्ने वार...
जन्मदिनको अवसरमा पत्रकार वनले गरे अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

जन्मदिनको अवसरमा पत्रकार वनले गरे अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

समाज
खोटाङ, चैत ९ । सोलुखुम्बुको जुबुमा जन्मनुभएका पत्रकार रमन वनले आफ्नो जन्मदिनको अवसरमा काठमाडौँको एक बाल आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको मूलपानीमा रहेको जनजाती बाल आश्रमका अनाथ र विपन्न ३० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । वनले आश्रममै पुगेर प्रति बालबालिका ३ ओटा कापीको साथमा कलम, पेन्सिल, इरेजर र कर्टर उपलब्ध गराउनुभएको थियो । जन्मदिनमा महँगो रकम खर्चेर अनावश्यक तडकभडक देखाउने परम्परालाई तोड्दै सामाजिक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफूले शैक्षिक सामग्री सहयोग गरेको वनले बताउनुभयो । साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बालबालिकको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उक्त अवसरमा पर्यटन व्यवसायी तुलसीराम पुरी, कपन जेसिआईमा आवद्ध भएर काम गर्नुभएक...
प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटनका लागि प्रधानमन्त्री देउवा, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा रहेकाले संसदबाट पास गरिएको बताउनुभएको छ । एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार गरेपनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको बिपरित नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ । यस्तै, खानेपानी मन्त्री चौधरीले एमसिस...
जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

Banner News 3, ताजा अपडेट, समाज
चैत ७ । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् । होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि ...