Sunday, October 25News That Matters

समाज

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Banner News 1, ताजा अपडेट, समाचार, समाज
२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनु भएको छ । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा हेलिकप्टर मार्फत लगिएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।...
खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २५ । खोटाङमा ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई ३२ किलो ४ सय ८५ ग्राम गाँजासहित पक्राउ परेका हुन् । सोमबार दिउँसो १ बजे लागुऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बतासेघाटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बतासेघाट नजिक रहेको सुइटेखोला बगर किनारमा निलो प्लाष्टिकको त्रिपाल ओछ्याई सो त्रिपालमाथि बोराका पोकाहरू राखेर बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिनुभयो । उनीहरूविरुद्ध पक्राउ परेकै दिन ...
वराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण

वराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २५ । खोटाङको वराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बिउ वितरण गरेको छ । गाउँपालिकाभरिका करिब २६ सय किसानलाई उन्नत जातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिनुभयो । लेकाली क्षेत्रका किसानलाई मनकामना–३ र बेँसी क्षेत्रका किसानलाई बायोसिड हाइब्रिड जातको मकैको ४५ सय केजी बिउ वितरण गरिएको हो । खेती गर्ने जमिनको परिमाण हेरेर बढी खेती गर्नेलाई २ केजी र कम खेती गर्नेलाई १ केजीका दरले बिउ वितरण गरिएको रेग्मीले बताउनुभयो । बिउ वितरण कार्यमा संघीय सरकारको सशर्त अनुदान र गाउँपालिका आफैँले छुट्याएको बजेट गरी ११ लाख रकम खर्च गरिएको छ । रेग्मीका अनुसार गाउँपालिकाको वडा नं. १ वराहपोखरीका केही किस...
सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

सहकारी सदस्यलाई पशुपालन व्यवस्थापन तथा उपचार तालिम

अर्थ, ताजा अपडेट, समाज
खोटाङ, फागुन १९ । हलेसी तुवाचुङ नगरपालिका–६, मंगलटारस्थित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडका सस्यहरूलाई पशुपालन व्यवस्थापन तथा उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । सहकारीको आयोजना र साना किसान लघुवित्त वित्तयि संस्था लिमिटेड, सुनसरीको आर्थिक सहयोगमा सहकारीका ५० जना सदस्यहरूलाई दुई दिने तालिम दिइएको हो । बुधबार र बिहिबार सञ्चालन भएको तालिमका सहभागीहरूलाई व्यावसायिक पशुपालन गर्दा ध्यान दिनुपर्ने कुरा, पशुहरूमा लाग्ने रोग र त्यसको उपचारलगायत विषयमा जानकारी प्रदान गरिएको सहकारीका प्रबन्धक खम्बराज कार्कीले जानकारी दिनुभयो ।  ...
हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम प्रदान गर्न थालेको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप’ भन्ने नारासहित बिहिबारदेखि तीन दिने मेलमिलापकर्ता पुनर्ताजगी तालिम सुरु भएको हो । नगरपालिकाको आयोजना र मेडिएसन नेपालको सहजीकरणमा शुक्रबार र आइतबारसमेत सञ्चालन हुने तालिमको नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक विमला राईले उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा उत्पन्न हुने सानातिना विवाद निरुपणमा मेलमिलापकर्ताको सहजताका लागि तालिमको आयोजना गरिएको नगरपालिकाको प्रशासन शाखाका कम्प्युटर अपरेटर सयन्द्र राईले जानकारी दिनुभयो । वडाहरूमा स्थापना गरिएका मेलमिलाप केन्द्रमा आउने उजुरी सकभर त्यहीँबाट समझदारी गराई निरुपण गर्न मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिम महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । तालिममा नगरपालिकाको ११ वटै वडाका मे...
खोटाङमा लगातार तेस्रो दिन कोरोना संक्रमण शून्य, सक्रिय संक्रमितको संख्या २४ मा झर्यो

खोटाङमा लगातार तेस्रो दिन कोरोना संक्रमण शून्य, सक्रिय संक्रमितको संख्या २४ मा झर्यो

Banner News 1, ताजा अपडेट, समाज
खोटाङ, फागुन १८ । खोटाङमा पछिल्ला दिन कोरोना भाइरसको संक्रमण शून्यमा झर्दै गएको छ । जिल्लामा अस्ति, हिजो र आज संक्रमण शून्यमा झरेको हो । अस्ति र हिजो १५/१५ र आज १० जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । अस्ति र हिजो संक्रमणसँगै निको हुनेको संख्या पनि शून्य रहेकामा आज भने ४ जना निकोसमेत भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ मा झरेको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।...
धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

धितुङका आमा समूहलाई विद्युतीय मिल र विपन्न दलित परिवारलाई फिल्टर प्रदान

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङले स्थानीय महिला आमा समूहलाई विद्युतीय कुटानी पिसानी मिल र अति विपन्न वर्गका दलित परिवारलाई पानी शुद्धीकरण गर्ने फिल्टर प्रदान गरेको छ । वडा कार्यालयले वडाका ८ वटा महिला आमा समूहलाई प्रति समूह १/१ वटा मिल र अति विपन्न वर्गका १ सय ५० दलित परिवारलाई प्रति परिवार १/१ वटा फिल्टर प्रदान गरेको हो । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईको उपस्थितिमा मिल र फिल्टर वितरण गरिएको धितुङका वडाध्यक्ष पृथ्वीराज राईले जानकारी दिनुभयो । वडाले विनियोजन गरेको ४ लाख बजेटबाट मिल र २ लाख ५० हजार बजेटबाट फिल्टर खरिद गरी वितरण गरिएको हो । महिलाहरूको दैनिक घरायसी काममा कार्यबोझ घटाउन मिल र अति विपन्न वर्गका दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...
लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १२ । खोटाङको सबै भन्दा पुरानो लामीडाँडा विमानस्थल यतिबेला काम बिहिन बनेको छ । जिल्लाको रावाबेसी गाउँपालिका–३ लामीडाँडाामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको विमानस्थल अहिले काम बिहिन बनेको हो । कच्ची लामीडाँडा विमानस्थललाई पक्की बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रु ६ करोड ३४ लाख बजेट बिनियोजन गरेपछि निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुमा गरेको सम्झौता अनुसार काम सम्पन्न नभएपछि पुनः म्याद थप गरेर विमानस्थल स्तरोन्नति पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको थियो । कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए । तर स...
नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज
फागुन ११ । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ओखलढुंगाका एक जनालाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा–६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप छ । बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीको भनाइ छ । एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरी...
मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

मोटरसाईकल दुर्घटनामा रावाबेसी गाउँपालिकाका इन्जिनियर ढुंगानाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, फागुन ८ । दुर्घटनामा परेर खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत ३१ वर्षीय इन्जिनियर दिपक ढुंगानाकाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा गम्भीर घाईते इन्जिनियरको उपचारकालागि काठ्माण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कनेक्रममा दुई जना सवार प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको मोटरसाईकलमा माक्पा फेदी सडक खण्डमा शनिबार राती करीब ७ बजे दुर्घटना भएको हो । सडकबाट करीब २ सय ५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । दुर्घटनामा घम्भिर घाइते ढुंगानाको स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार पछि तथ उपचारकालागि एम्बूलेन्सबाट काठ्माण्डौं लैजानेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार पुगेपछि रातको करीब १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सू...