Sunday, October 25News That Matters

समाज

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना, ७ जना घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । काठमाण्डौबाट दिक्तेल आउदै गरेको सुमो हलेसीमा दुर्घटना भएको छ । ना १ ज ४९५६ नम्बरको सुमो मध्य पाहाडि लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिका ७ गुँरासेमा अन्यत्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । आज करीब साँझ ५ बजे भएको दुर्घटनामा सुमोमा सवार ७ जनानै घाइते भएका छन । घाइते मध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुईका ६२ बर्षका काजिमान राईको दाहिने हातको ३ वटा औला चुट्टिएको छ । १ बर्षका नाबालक सहित अन्य ६ जनालाई सामान्य चोट लागेको छ । घाइतेको इलाका प्रहरी कार्यलय हलेसीको प्रहरी टोलीले उद्दार गरी ओमबाबा पोलिक्लीनिक मेडिकल हलेसीमा उपचार भईरहेको छ । सुमो चाल फरार रहेको प्रहरीको भनाई छ ।...
दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

दिक्तेल रुपाकोट मझुवागढीका १ हजार कृषकले २ लाख सम्म कर्जा पाउने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १५ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका करिब एक हजार कृषकले दुई लाख सम्म कर्जा पाउने भएका छन । अब कृषकले बैंकबाट ५ वर्षका लागि प्रतिकृषक बढिमा २ लाख सम्म सहुलियतपूर्ण कर्जा स्वीकृत गरी कृषीमा लगानी गर्न पाउने नगरपालिकाकी उपमेयर बिणादेवी राईले जानकारी दिनुभयो । उपमेयर राईका अनुसार कृषकलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने लक्ष्यका साथ नगरपालिका, ग्लोवल आइएमई बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि बिच कर्जा सहजीकरण सम्वन्धी समझदारी गरिएको छ । कृषि क्षेत्रको व्यवसायिकतामार्फत आत्मनिर्भर कृषक निर्माणका लागि आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्वोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिणादेबी राईले बुधबार त्रि–पक्षीय समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । ...
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...
रावाबेसीका अग्नि पीडित खड्कालाई धमाधम सहयोग जुट्दै

रावाबेसीका अग्नि पीडित खड्कालाई धमाधम सहयोग जुट्दै

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ८ । जिल्लाको रावाबेसी गाउँपालिका–६ हौँचुर निवासी अग्निपीडित ज्ञानेन्द्र खड्कालाई सहयोग जुट्न थालेको छ । खड्कालाई आज कतार सेवा समाजले रु २० हजार नगद सहयोग गरेको समाजका सदस्य गजेन्द्र राईले जानकारी दिनुभयो । खड्काको नाममा कतार सेवा समाजले कतारबाट बैंकमा नगद पठाएको हो । यस्तै मलेसियाबाट पनि आर्थीक सहयोग प्राप्त भएको छ । रोजगारीको लागि मलेसिया बस्दै आएका सोहि गाउँका रामचन्द्र खड्का, रुद्र श्रेष्ठ, सिमोन श्रेष्ठ, नविन कार्की, राम बस्नेत, मुमेश श्रेष्ठ र सबिन श्रेष्ठले रु ४५ हजार पीडित खड्काको नाममा नगद पठाएको बताइएको छ । यस्तै सोहि गाउँका टिकाराम राईले रु ४ हजार, संगम कार्कीले रु १० हजार ३ सय ३३, दिल कुमार श्रेष्ठले रु ५ हजार, चिरन कार्कीले रु ३ हजार रकम सहयोग गर्नु भएको सहयोग संकलनका संयोजक शुक्र बहादुर श्रेष्ठले बताउनु भयो । यसअघि गाउँपालिकाले १२० केजि चामल, १० लिटर खानेतेल, ५ क...
पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन

पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकामा एकै दिन एउटै विद्यालयका दुई वटा भवन उद्घाटन भएको छ । पाथेका स्थित सरस्वती माध्यमिक बिद्यालयको २ तले ४ कोठे भवन र ३ कोठे पक्की भवनको बुधबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर दिप नारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको मेयर रिजालका राजनितिक सल्लाहकार कमल ढकालले जानकारी दिनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कार्यलय खोटाङको रु ७० लाख ४० हजारमा २ तले ४ कोठे विद्यालयको भवन र रु १५ लाखमा शौचालय निर्माण भएको हो । यस्तै उद्घाटन भएको अर्को ३ कोठे भवन नगरपालिकाको रु ३५ लाख लागतमा निर्माण भएको हो भने सोहि रकमबाट विद्यालयको परिसरमा तारजालीको घेराबारसमेत लागाइएको ढकालले बताउनु भयो । वि.सं. २०१७ सालदेखि सञ्चालनमा आएर कक्षा १० सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा यतिबेला ४१४ जना विद्यार्थीले...
रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

रावाबेसीमा ४ करोड ५० लाखको सिँचाइ आयोजना शिलान्यास

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ७  । खोटाङको रावाबेसी गाउँपालिका–५ दुबेकोलमा ४ करोड ५० लाख रुपैयाँको सिँचाइ आयोजना शिलान्यस भएको छ । खाडो नदी नियन्त्रण आयोजना कार्यालय राजविराजबाट कार्यान्वयन हुने एकीकृत उर्जा तथा सिँचाइ विशेष आयोजना अन्तर्गत स्वीकृत बजेटबाट दुबेकोल लिफ्ट इरिगेसन आयोजना शिलान्यस भएको हो । आयोजनाको बुधबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शिलान्यास गर्नुभएको छ । जलस्रोत तथा सिँचाइ विभागका सीडीई विजयकुमार रेग्मी , बैंक अफ काठमाडौँका सञ्चालक गोविन्दप्रसाद शर्मा रेग्मी र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको संयुक्त पहलमा दुबेकोलेमा उक्त योजना ल्याइएको हो । आयोजना आगामी वर्ष २०७९ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी रौताहा भिमेश्वर एआरके जेभीले ठेक्का पाएको छ । रावाखोलाबाट पानी लिफ्टिङ गरेर दुवेकोलको रेग्मीगाउँमा पु-याईने उक्त योजना सम्पन्न पश्चात करिब २२ हेक्टर क्षेत...
दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारमा आर्थिक अभाव, परिवारद्वारा सहयोगको अपिल

दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारमा आर्थिक अभाव, परिवारद्वारा सहयोगको अपिल

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ७ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि परिवारले सहयोगको याचाना गरेका छन् । दुवै मिर्गौला फेल भएर गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा भर्ना गरिएकी कविताको अहिले पेडियाट्रिक विभागका डा. सीताराम न्यौपाने नेतृत्वको चिकित्सकको टोलीले मिर्गौलाको डायलासिस गरिरहेको छ । उपचारका क्रममा डाक्टरबाट होमोडायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुुझाव आएकाले थप आर्थिक समस्या भएको कविताको उपचारका लागि अस्पतालमा सँगै रहनुभएका उहाँका काका चन्द्रबहादुर विश्वकर्माले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परिवारले इच्छुकलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् । सहयोग गर्न चाहने व्यक्तिले बिरामी बालिका कविताका बुुबा श्यामकुमार विश्वकर्मालाई ९८६०५५४४२४ मा सम्पर्क गर्न वा ...
खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

खोटाङमा आफैले ढालेको रुखले किचेर एक जनाको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ६ । जिल्लाको रावाबेसी गाउँपालिका–३, तीनतिर्पामा रुख काट्ने क्रममा एक जनाको ज्यान गएको छ । स्थानीय नरबहादुर केप्छाकी मगरको आज करिब मध्यान्ह १२ बजेतिर घर नजिकै रहेको सल्लाको रुख काट्ने क्रममा सोही रुखले ढलेर थिच्दा ज्यान गएको स्थानीय सुनिल खतिवडाले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाएको बताइएको छ । मृतकको शव पोष्टमाार्टका लागि जिल्ला सदरमुकाम दिक्तेल लैजाने तयारी भइरहेको छ ।...
आमाको मृत्यु भयो, वुबाले वास्ता गरेनन्, सुसन ९ बर्ष सम्म जन्मदर्ता विहिन बने

आमाको मृत्यु भयो, वुबाले वास्ता गरेनन्, सुसन ९ बर्ष सम्म जन्मदर्ता विहिन बने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाका सुसन श्रेष्ठले ९ बर्षको उमेरमा जन्मदर्ता प्रमाणपत्र पाएका छन । सुसन आमाको मृत्यु पश्चात हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा मामाघरमा बस्दै आएका छन । ९ बर्ष पुग्दा समेत जन्मदर्ता नभएपछि विद्यालयमा अध्यान गर्न समेत उनलाई समस्या भएको थियो । नाताले सुसनको क्षमा (सानीआमा) पर्ने नम्रता राईले चन्द्र सुर्य साझा बाल मञ्चलाई आग्रह गरेपछि बालमञ्चको पहलमा सुसनले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेका छन । सुसनकी आमा र सुसनको बुवाले भागेर अन्तरजातिय बिहे गरेका थिए । आमाको मृत्यु पश्चात वुबाले वास्ता नगरेपछि सुसन मामाघरमा बस्दै आएका छन । जन्मदर्ताको लागि पटक पटक सुसनको वुबा गोबिन्द श्रेष्ठलाई आग्रह गरिएपनि व्यवास्ता गरेपछि सुसनकि कोकु (हजुरआमा) कृष्ण कुमारी श्रेष्ठको सहयोगमा वडाकार्यलयले सुसनलाई जन्मदर्ताको प्रमाणपत्र प्रदान गरेको बाल मञ्...
हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई(सरगम) खोटाङ, पुस ६ गते । खोटाङको रावाबेसी गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डे, हरम्टारमा राष्ट्रिय वाणिज्य बैंकको पाँचौ शाखा विस्तार भएको हो । शाखाको आज (मंगलवार) एक कार्यक्रमका बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हाम्रा पालिका सहकर्मी युवराज भट्टराईले जानकारी दिनुभयो । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा पनि रावाबेसीमा भने यस अघिसम्म कुनै पनि बैंकको शाखा पुगेको थिएन । लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो । बैंकको लागि भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच गत मंसिर ९ गत...