Sunday, October 25News That Matters

समाज

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

विपन्न र दीर्घरोगीको साहारा बन्दै जनप्रतिनिधि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ९ : जिल्लाको बराहपोखरी गाउँपालिका–३ साउनेचौरका जनप्रतिनिधि विपन्न र दीर्घरोगीको साहारा बनेका छन । उनिहरुले वडा कार्यलयबाट बजेट बिनियोजन गरेर वडा भित्रका विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिदिएका छन । आर्थीक बर्ष २०७६\७७ बाट सुरु भएको उक्त कार्यक्रमबाट अहिलेसम्म वडा भित्रका ६७ जना विपन्न परिवार र दीर्घरोगीको निशुल्क स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष शम्भु निरौलाले जानकारी दिनुभयो । यस्तै वडा क्षेत्रमा कार्यरत १५ जना स्वयंसेविकाको पनि वडा कार्यालयले ५० प्रतिशत रकम बेहोरेर स्वास्थ्य बीमा गराएको उहाँको भनाई छ । वडाध्यक्ष निरौलाले भन्नु भयो, “२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावबाट वडाको नेतृत्व गर्न नागरिकले हामीलाई जिताएर पठाए, त्यसबेला हामीले जितेका मात्र थिएनौँ कि हाम्रो काधमा ठुलो जिम्मेवारी पनि आएको थियो” । सोहि अनुसार वडाको बिभिन्न क्षेत्रमा निरन्तर विकास ग...
जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

जिल्ला अदालत खोटाङबाट चार महिनामा ५१ वटा मुद्दाको फैसला

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
०८ मंसिर, खोटाङ । जिल्ला अदालत खोटाङले चालु आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा ५१ वटा मुद्दाको फैसला गरेको छ । एक आर्थिक वर्षभित्र २४१ वटा मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएको अदालतले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म विभिन्न प्रकृतिका ५१ मुद्दा किनारा लगाएको हो । अदालतका नायब सुब्बा बाबुराम बस्नेतका अनुसार एक आर्थिक वर्षभित्र २८८ वटा मुद्दा दर्ता हुने अनुमान गरिएकोमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १२९ वटा र नयाँ ९३ वटा गरी यस अवधिमा २२२ वटा मुद्दा दर्ता भएका छन् । दुनियावादी देवानी १२० मध्ये ३५ वटा, सरकारवादी फौजदारी ८८ मध्ये १४ वटा र दुनियावादी फौजदारी १४ मध्ये २ वटा मुद्दाको फैसला भएको र बाँकी प्रक्रियामा रहेको नासु बस्नेतले जानकारी दिनुभयो । अदालतले हालसम्म वार्षिक लक्ष्यको २१ दशलमव १६ प्रतिशत मुद्दा फस्र्यौट गरिसकेको छ । १७१ वटा मुद्दा चालुु अवस्थामा रहेको अदालतले जना...
मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

मलेसीया जेलमा रहेका राईलाई नेपाल फर्काउन सहयोगको अपिल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ मंसिर ५ : मलेसीयाको एक जेलमा रहेका खोटाङका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन सहयोगको अपिल गरिएको छ । जिल्लाको केपीलासगढी गाउँपालिका ७ सुङदेलका राई बिगत चार बर्ष अघि बैदेसिक रोजगारीको शिलसिलामा मलेसीया पुग्नु भएको हो । मलेसीयाको एक सेकुरेटी कम्पनीमा काम गर्दै आउनु भएका राईको मानसिक सन्तुलन मन्द भएपछि करीब ३ महिना अघि देखि सुंगोगाई ब्लु जेलमा रहनु भएको पारीवारिक श्रोतले बताएको छ । परिवारको आर्थीक अवस्था न्युन रहेको कारण मलेसीया जेलमा रहनु भएका पुर्ण बहादुरलाई नेपाल फर्काउन परिवारले अनुरोध गरेको छ । राईको परिवारमा श्रीमती सहित एक छोरा र एक छोरी रहेका छन । सहयोग गर्न चाहानेले राईकी श्रीमती ममता राईलाई लाई ९७४२४२५७७१ मा सम्पर्क गर्न सकिने छ । ...
खोटाङमा मंसिर ६ र ७ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

खोटाङमा मंसिर ६ र ७ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ कार्तिक ५ : खोटाङमा मंसिर ६ र ७ गते कोरोना भाईरस बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दश वटै स्थानीय तहको खोप केन्द्रमा दुई दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाईने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । यस अघि जिल्लामा असोज १५ र १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाईएको थियो । पहिलो मात्रा लगाएका जुन सुकै उमेरका व्यक्तिले खोपकार्डको आधारमा दोस्रो मात्रा खोप लगाउन सकिने स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो । जिल्लामा अहिले सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ४० हजार ९ सय ७९ जनाले दोस्रो मात्रा कोरोना बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङको तथ्याङ्कमा उल्लेख छ ।...
खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ५ : खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला परेका छन । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई हराइरहेको ६ दिन पछि मृत फेला परेका हुन । मादक पदार्थ अत्याधिक सेवन गरी केहि समय अगाडि लडेर अनुहार र टाउकोको भित्री भागमा गम्भीर चोटका कारण राईको मानसिक सन्तुलन गुमेको थियो । जिल्ला अस्पताल उदयपुरमा उपचार गराएर घर ल्याउदै गर्दा राती पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएका राई उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत कार्तिक २९ गतेदेखि सम्पर्क विहिन बनेका थिए । सम्पर्क बिहिन बनेका राईलाई आफन्तले लगातार ५ दिन खोजि गर्दा पनि फेला पार्न नसकेर घर फर्किएका थिए । बेपत्ता बनेका राईलाई शनिबार हुरहुरे भन्ने ठाउँमा स्थानीयले घाँस काट्न जादा देखेपछि सोहि ठाउँका जनप्रतिनिधि र मृतकका आफन्त मिलेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको दिप्र...
खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

खोटाङमा महसुल नतिर्ने १३ ग्राहकको विद्युत काटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर ३ : खोटाङमा लामो समय विद्युत महसुुल नतिर्ने १३ ग्राहकको विद्युत लाइन काटिएको छ । विद्युत महसुल तिर्न बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि १३ ग्राहकको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विजयराज रेग्मीका अनुसार खोटाङमा चार सय बढी उपभोक्ताले पाँच महिनासम्म विद्युत महसुल तिरेका छैनन् । मिटर रिडिङ भएको बढीमा ६० दिनभित्र महसुल बुझाउनुपर्ने भए पनि ती उपभोक्ताले हालसम्म महसुुल नबुझाएको उहाँको भनाइ छ । जिल्लामा चार सय १३ उपभोक्ताले पाँच हजार बढी बक्यौता र पाँच महिनाभन्दा बढी समय नाघिसक्दा पनि महसुल नतिरेका हुन् । ती उपभोक्ताबाट ६० लाख बढी बक्यौता उठ्न बाँकी छ । महसुल नतिर्नेमा सामुदायियक विद्युत संस्था, औद्योगिक ग्राहकहरू, स्थानीय वडा कार्यालयहरू, स्वास्थ्य चौकिहरू, विद्यालय र सर्वसाधारण ग्राहक रहेका केन्द्रले जनाएको ...
इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

इलाका प्रहरी कार्यलय हलेसीद्धारा एक साता भित्र हजार बढी गाँजाका बोट नष्ट

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ : इलाका प्रहरी कार्यलय हलेसी तुवाचुङले लागु औषध (गाँजा) फडानी कार्यलाई तिव्रता दिएको छ । गाँजा फडानी कार्यलाई तिव्रता दिने क्रममा आज (बिहिबार) हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्क स्थीत खेतबारीमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको कार्यलयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले बिहान ११ बजे उक्त गाउँका ३ रोपनी जग्गा क्षेत्रफलमा उम्रीएका करीब ५०० गाँजाका बोटहरु फडानी गरेको हो । फडानी गरिएका गाँजाका बोटहरु सोहि स्थानमा जलाएर नष्ट गरिएको कार्यलयले जनाएको छ । सामाजिक अपराधलाई निस्तेज पार्न, लागू औषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गाँजा फडानी कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । प्रमुख टोलीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पनि हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम...
खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

खोटाङ : कार्तिक महिनामा ट्राफिक नियम विपरीत सवारी चलाउने झण्डै दोब्बरले बढे

ताजा अपडेट, समाचार, समाज, स्थानीय
३० कात्तिक, खोटाङ । खोटाङमा पछिल्लो एक महिनामा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या झण्डै दोब्बरले बढेको छ । जिल्लामा कात्तिक महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी चलाइएका ९ सय ५ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ । ती सवारी साधन कारबाहाीबाट ६ लाख ५३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले जानकारी दिनुभयो । अघिल्लो महिना असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७० हजार राजश्व उठेको थियो । यो महिनामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेको र सो समयमा सवारी आवागमन बढेकाले कारबाहीको संख्या पनि बढेको खत्रीको भनाइ छ । उहाँका अनुसार जिल्लामा यो महिना सबैभन्दा बढी कार–जीप–भ्यान कारबाहीमा परेका छन् । कात्तिक महिनामा मात्र ३ सय ७४ वटा कार–जीप–भ्यान कारबाहीमा परेका हुन् । यस्तै मोटरसाइकल ३ सय ५६, ट्रक ८६, ट्या...
खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

खोटाङमा बन्दको प्रभाव : काठमाण्डौको लागि छुटेनन् बस, पसलहरु फाट्टफुट्ट खुले

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ । बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन । यता खोटाङमा पनि बन्दको प्रभाव परेको छ । जिल्लाबाट राजधानी काठमाण्डौ लगाएत तराईका लागी छुट्ने बस बन्दको कारण आज नछुटेको जिल्ला ट्राफिक इन्चार्ज दिल बहादुर खत्रीले जानकारी दिनुभयो । यद्यपी बाहिरबाट आएका रात्रीबसहरु भने जिल्ला प्रवेश गरेका छन । बाहिरबाट प्रवेश गरेका सवारी साधनहरुलाई गन्तव्य सम्म पु¥याउने काम भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सदरमुकाम दिक्तेल र हलेसी बजारका पसलहरु फट्टफुट्ट खुलेका छन । जिल्लामा बन्दकर्ताहरुको सहभागीता नदेखिएपनि सडकह...
ओखलढुंगामा बोलेरो दुर्घटना, ३ को ज्यान गयो, १३ घाइते

ओखलढुंगामा बोलेरो दुर्घटना, ३ को ज्यान गयो, १३ घाइते

ताजा अपडेट, समाचार, समाज
ओखलढुंगा कार्तिक २९ : ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो । आज बिहानै एकादशी मेला भर्न ककनी जाने तिर्थालु बोकेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ रेफर गने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । ४ जनाको ज्यान भएको भनिएपनि हाल सम्म प्रहरीले ३ जनाको ज्यान गएको प्रारम्भीक पुष्टि गरेको छ । दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।...