साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला
खोटाङ भदौ २८ : पुर्वको पशुपती नामले परिचित त्रि–धार्मिकस्थल हलेसी मन्दिर लामो समय पछि खुला भएको छ । कोरोना भाईरस कोभिड—१९को दोस्रो लहरको कारण बैशाख १५ गतेबाट बन्द रहेको मन्दिर साडे चार महिना पछि सोमबार बाट खुला गरिएको हलेसी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो ।
जिल्लामा कोभिड—१९को संक्रमण दर कम भएको भन्दै भदौ २७ गते बसेको (डिसिसिएमसी) को बैठकले जिल्ला भित्रका सबै धार्मिक स्थलहरु खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउँनु भयो । सोहि अनुसार हलेसी मन्दिरमा सोमबारबाट पुजाआजा सुरु गरिएको मन्दिरका ब्यवस्थापन समितिका अध्यक्ष राईले बताउँनु भयो ।
अध्यक्ष राईका अनुसार हप्ताको दुई दिन सोमबार र शनिबार मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । पुजाआजा खुला भएपनि कोरोना भाईरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना ...








