Sunday, November 1News That Matters

समाचार

खोटाङका चार स्थानीय तह  कोरोना संक्रमणमुक्त

खोटाङका चार स्थानीय तह कोरोना संक्रमणमुक्त

Banner News 1, समाचार, समाज, स्थानीय
पवन खड्का/०८ असोज, खोटाङ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको खोटाङमा चार स्थानीय कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र वराहपोखरी गाउँपालिका तत्कालका लागि संक्रमणमुक्त भएका हुन् । कोरोनाको दोस्रो लहरयता हालसम्म ३०१ जना संक्रमित देखिएको हलेसी तुवाचुङ नगरपालिका र १२४ जना संक्रमित देखिएको केपिलासगढी गाउँपालिकामा समान १–१ जनाको ज्यान जाँदा बाँकी निको भएका छन् । यस्तै २९५ संक्रमित देखएको दिप्रुङ चुइचुम्मा र ३१ संक्रमित देखएको वराहपोखरी गाउँपालिकामा सबै संक्रमणमुक्त भएका छन् । यी चार पालिकामा केही दिनयता संक्रमण शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । यसैगरी १० स्थानीय तहमध्ये सबैभन्दा बढी ११ सय ५८ संक्रमि...
महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/असोज ०६, खोटाङ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरकाबीच पनि युवाहरू बिदेसिने क्रम बढेको छ । स्वास्थ्यका हिसाबले नेपालबाहिरका मुलुक अति जोखिमयुक्त रहेको भनिए पनि रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्नुको सट्टा बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्यांकअनुसार राहदानी बनाएर बिदेसिने युवाको लहर घटेको छैन । जिल्लामा पछिल्लो पाँच महिनामा ४ सय ८७ जनाले राहदानी लिएका छन् । चालु वर्षको वैशाखदेख भदौ मसान्तसम्म जिल्लाभित्रबाट सिफारिस भई आएका र जिल्ला प्रशासनबाट सिफारिस लिएर द्रूूत सेवामार्फत राजधानी पुुगेर १३२ महिला र ३५५ पुुरुषले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार कोरोना कहरकाबीच पनि रोजगारीका लागि बिदेसिने बाध्यताले राहदानी बनाएको सेवाग्राह...
जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

जनगणना २०७८ : खोटाङमा २० प्रतिशत घरपरिवारको सूचीकरण सकियो

Banner News 2, समाचार, समाज, स्थानीय
असोज ०६, खोटाङ।  १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक चरणको तथ्यांक संकलन गर्न खोटाङमा घरघरमा सुुपरीवेक्षक परिचालन भएका छन् । भदौ अन्तिम साता दुुई दिने पुुनर्ताजगी तालिम दिएर खटाइएका ७१ जना सुुपरीवेक्षकले हालसम्म करिब २० प्रतिशत घर तथा घरपरिवारको सूचीकरण गरिसकेको जिल्ला जनगणा कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुुसार भदौ ३० गतेदेखि परिचालन गरिएका सुुपरीवेक्षकले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम गर्ने छन् । असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या गणना गर्ने काम भइरहेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइराला (जेबी) ले जानकारी दिनुुभयो । यसका साथै घरको विवरण, घरमूूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नसमेत सुपरीवेक्षकले सोध्ने गरेका छन् । सुपरीवेक्षकले संकल...
संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज ३ : संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट चार कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा चार पुरुष कैद मिनाहा भएको कारागार शाखा प्रमुख कृष्ण आचार्यले जानकारी दिनुुभयो । आचार्यका अनुसार रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका दुुई जना, नकवजनी चोरी मुद्दाका एक जना र सवारी ज्यान मुुद्दामा कैद भुक्तान गरिहेका एक जना छन् । हाल जिल्ला कारागारमा तीन महिला र १३४ पुरुष गरी जम्मा १३७ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २ गते : खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि भएको छ । एक हप्ताको अवधिमा जिल्लाको तीन स्थानीय तहका आठ जनामा डेंगु रोग पुष्टि भएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिनुभयो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोहि नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको उहाँले बताउँनु भयो । डेंगु रोग लागेको पुष्टि भएका ६ जनालाई शरीरमा रगत कम भएकाले जिल्ला अस्पताल खोटाङले रेफर गरेको छ । बाकी दुई जनाको घरमै उपचार भईरहेको छ । यो सिजनमा खोटाङमा विगतका वर्षमा पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।...
हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले संविधान दिवस २०७८ लाई लगातार तीन दिन मनाउने निर्णय गरेको छ । नगर प्रमुख इवन राईको अध्यक्षतामा भदौ ३० गते बसेको नगरकार्यपालिकाको बैठकले यो बर्षको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई नेपालमा संविधान दिवस मनाउने गरिन्छ । सोहि अवसरमा यो बर्षको संविधान दिवस हलेसी तुवाचुङ नगरपालिकाले असोज २,३ र ४ गते लगातार तिन दिन मनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी रवि किरण आचर्यले जानकारी दिनुभयो । नगरपालिका भीत्रका वडा कार्यलय, स्वास्थ्य संघसंस्थाहरु, सामुदायिक तथा संस्थागत बिद्यालयहरु, सरकारी तथा गैरसरकारी निकायहरु, वित्तिय तथा सहकारी संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्यलयमा ३ दिन दिप प्रज्ज्वलन गरेर संविधान दिवस भब...
आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

आत्महत्या रोकथामको लागि स्थानीय तहले बार्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ-मानव अधिकार आयोग खोटाङ

Banner News 2, ताजा अपडेट, विचार, समाचार, समाज, स्थानीय
खोटाङ भदौ ३१ गते : खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटना रोकथाम एवं न्युनिकरणको लागि स्थानीय तहले बिशेष भुमिका खेल्नु पर्ने मानव अधिकार आयोगले जनाएको छ । आत्महत्या रोकथामाको लागि स्थानीय तहले बार्षिक निति तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको ठहर गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. १ शाखा कार्यालय दिक्तेलले पत्रचार गरेको कार्यलय प्रमुख श्यामबाबु काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेको भनाई अनुसार जिल्ला समन्वय समिति खोटाङ मार्फत स्थानीय तहहरू, जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य संघसंस्थाहरू, शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षण संघसंस्थाहरू, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई पत्राचार गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भदौ २५ गते दिक्तेलमा आ...
सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २९ गते : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन । वडा कार्यलयको भवन अपायक पर्ने ठाउँमा निर्माण गरेको भन्दै स्थानीयले ताला लगाएका हुन । जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा सोमबार गएका स्थानीयले कर्मचारीलाई वडा कार्यलय बाहिर निकालेर ताला लगाएको बताईएको छ । वडा कार्यलय अपायक पर्ने ठाउँमा निर्माण गरेको, एउटा प्लट जग्गा वडाको नाममा देखाएर अन्य दुई ठाउँको जग्गा वडा कार्यलयको नाममा पास गरेको लगाएतका बिषयमा नागरिकलाई सधै ढाँट्ने काम भएको कारण ताला लगाउँन बाध्य भएको जिल्ला सदस्य नछुङले बताउनु भयो । सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको न...
साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

साडे चार महिनादेखि बन्द रहेको हलेसी मन्दिर खुला

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङ भदौ २८ : पुर्वको पशुपती नामले परिचित त्रि–धार्मिकस्थल हलेसी मन्दिर लामो समय पछि खुला भएको छ । कोरोना भाईरस कोभिड—१९को दोस्रो लहरको कारण बैशाख १५ गतेबाट बन्द रहेको मन्दिर साडे चार महिना पछि सोमबार बाट खुला गरिएको हलेसी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । जिल्लामा कोभिड—१९को संक्रमण दर कम भएको भन्दै भदौ २७ गते बसेको (डिसिसिएमसी) को बैठकले जिल्ला भित्रका सबै धार्मिक स्थलहरु खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउँनु भयो । सोहि अनुसार हलेसी मन्दिरमा सोमबारबाट पुजाआजा सुरु गरिएको मन्दिरका ब्यवस्थापन समितिका अध्यक्ष राईले बताउँनु भयो । अध्यक्ष राईका अनुसार हप्ताको दुई दिन सोमबार र शनिबार मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । पुजाआजा खुला भएपनि कोरोना भाईरसको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना ...