Monday, April 20News That Matters

समाचार

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १७ : खोटाङमा थप एक जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पामा हिजो बुधबार साँझ २० महिनाको बालिकाको ज्यान गएको स्वास्थ्य चौकि खार्पाले जनाएको छ । ४ दिन अगाडि मृतक बालीकाको बावु आमामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बालीकाको मृत्यु भए पश्चात कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य चौकी खार्पाका प्रमुख अमिर बिश्वकर्माले जानकारी दिनुभयो । यो सहित जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउँनेको सङ्ख्या १३ पुगेको छ ।...
वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

वैदेशिक रोजगारी : एक वर्षमा १५ जना खोटाङका नागरिकको ज्यान गयो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
वैदेशिक रोजगारीमा गएका मध्ये गएको वर्षमा खोटाङका १५ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै मोरङका युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार आर्थिक वर्ष २०७७\७८ मात्रै मोरङका ५८ जनाले विदेशमै ज्यान गुमाएका छन् । मोरङपछि ज्यान गुमाउनेको सङ्ख्या सिराहा र धनुषाको धेरै छ । सिराहाका ५७ र धनुषाका पनि ५७ जनाको नै गएको वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । यस्तै महोत्तरीका ५५ जनाको, झापाका ५३ जनाको, स्याङ्जाका ४४ जनाको, सप्तरीका ४४ जनाको, सुनसरीका ४४ जनाको, नवलपरासी पश्चिमका ४० जनाको विदेशमा ज्यान गएको छ । गएको वर्ष ६७ जिल्लाका १२ सय ४२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ । साउदी अरबमा मात्रै ३६२ जना नेपाली श्रमिकले रोजगारीकै क्रममा ज्यान गुमाएका छन् । साउदीपछि कतारमा २३९ जना र मलेसियामा २८० जनाको ज्यान गएको बोर्डले जनाएको छ ।...
रावाबेसीमा राधाकृष्ण मन्दिरको शिलान्यास

रावाबेसीमा राधाकृष्ण मन्दिरको शिलान्यास

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
रावाबेसी गाउँपालिका ६ हौँचुरमा राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको छ । आज सोमबार श्रीकृष्ण जन्मअष्टमिको अबसरमा गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले मन्दिरको शिलान्यास गर्नु भएको स्थानीय प्रेम श्रेष्ठले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा सोहि वडाका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, नेकपा एमालेका प्रदेश कमिटि सदस्य हरी पोखरेल, जिल्ला कमिटी सदस्य दिपक ठटाल लगाएतको उपस्थित रहेको थियो । मन्दीर निर्माणको लागि स्थानीय रघुबिर नेपालले ४ आना जग्गा निशुल्क प्रदान गर्नु भएको श्रेष्ठले बताउँनु भयो ।...
हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

हलेसी तुवाचुङमा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
हलेसी तुवाचुङ नगरपालिकामा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर इवन राईले कार्यलयको उद्धघाटन गर्नु भएको शिक्षक संघ नगर कमिटीका अर्थसचिब यकराज बुढाथोकिले जानकारी दिनुभयो । अर्थसचिव बुढाथोकीका अनुसार नगरपालिकाको वडा नम्बर ५ दुर्छिम स्थीत जितमान राउतको घरको एउटा कोठा भाडामा लिएर कार्यलय स्थापनासँगै उद्धघाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाको उपमेयर बिमला राई, नेपाली कांग्रेसका जिल्ला कार्य समिती सदस्य चक्र कुमार राई, नगरपालिकाका भित्रका करीब ५० जना शिक्षक लगाएतकोे उपस्थित रहेको उहाँले बताउँनु भयो ।...
जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको स्थानीयले गुनासो गरेका छन । करीब १५ दिन अगाडि देखि नेटवर्कमा समस्या आउँदा फोनमा दोहोरो कुराकानी हुन नसकेको उनिहरुको दुखेसो छ । हतपत फोन नलाग्ने यदि लागिहाले पनि आवाज नबुझीने भएको कारण १५ दिन देखि कसैसँग सम्पर्क हुन नसकेको जन्तेढुंगा गाउँपालिका चिसापानीका टिका रेक्मी र खेम श्रेष्ठले बताउँनु भयो । यस्तै नेटवर्कमा समस्या हुँदा अनलाई कक्षा समेत प्रभाबित बनेको शिक्षक कपिल शर्माको भनाई छ । नेपाल टेलीकम शाखा कार्यलय दिक्तेललाई समस्या सुनाउँदा ट्रान्सफर्ममा समस्या आएकाले केहि दिनमा समाधान गर्ने बताएपनि समाधान नभएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगा हेर्दै आएको नेपाल टेलीकम शाखा कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थी ले नयाँ ट्रान्सफर्म हुँदा पनि समस्या आएक...
खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङमा एक युवाले गरे आत्महत्या

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो । मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।...
हलेसी तुवाचुङ नगरपालिकामा अनलाईन कक्षा सुरु

हलेसी तुवाचुङ नगरपालिकामा अनलाईन कक्षा सुरु

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अनलाई कक्षा सुरु गरेको छ । कोरोना संक्रमणको कारण भौतिक उपस्थितमा पठनपाठन गर्न नसकिने भएको हुँदा बिद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाले जनाएको छ । १२ वटा माध्यमिक र ७७ वटा आधाभुत गरी ८९ वटा बिद्यालय रहेको नगरपालिकामा हाल दुर्छिम, महेन्द्रद्धोय र सरस्वती माध्यमिक बिद्यालयबाट अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । अन्य ९ वटा माध्यमिक बिद्यालयबाट पनि यहि हप्ता भित्रमा अनलाईन कक्षा सुरु गर्ने उहाँको भनाई छ । नगरपालिका भित्रका माध्यमिक बिद्यालयमा अनलाईन कक्षा सञ्चालन हुने र उक्त वडाका सबै बिद्यार्थीले सोहि बिद्यालयको जुममा जोडिने ब्यवस्था मिलाएको उहाँले बताउँनु भयो । यस्तै अन्य आधारभुत बिद्यालयका शिक्षकहरुले गाउँका बिद्यार्थीलाई अनलाईन कक्षामा जोड्नको लागि आवश्यक सहयोगसँगै निरिक...
दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सकियो

दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सकियो

ताजा अपडेट, समाचार, स्थानीय
दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । ९ महिनामा निर्माण सम्पन्न गर्ने गरी बि.स २०७७ असार मसान्तमा रबिना अभिसा जेभि कोटेश्वर काठमाण्डौ निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको थियो । तर सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि ६ महिनाको म्याद थपिएको गाउँपालिकाले जनाएको छ । हाल भवन निर्माणको काम तिव्र गतिमा भईरहेको भएपनि थपिएको म्याद भदौ १५ गते सकिदैछ । तर निर्माणको काम ६० प्रतिशत मात्र पुरा भएको गाउँपालिकाका सूचना प्रबिधि अधीकृत इद्र मणीचद्र राइले बताउनुुुुुुुुु भयो । सम्झौताको समयमा सुनकोसी नदिमा बेलिबृज नहुँदा सामान ल्याउन समस्या भएको कारण भवन निर्माणमा ढिला भएको निर्माण कम्पनीले जनाएको छ । अबको ६ महिना भित्रमा भवन फिनिसिङ गरिसक्ने उसको भनाई छ । लिफ्ट सहितको अपांग मैत्रि ३३ कोठाको साडै ४ तले सुबिधा सम्पन्न भवन निर्माणको लागि ४० प्रतीशत ग...
ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको ऐसेलुखर्क गाउपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्राबिधिक बाबुराम राउतले जानकारी दिनुभयो । ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन । चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौल...
खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...